यार्सा संकलन गर्ने समूहको झडप रोक्न डोल्पामा दुई राउण्ड हवाई फायर

काठमाडाैं | जेठ १०, २०८२

यार्सा संकलन गर्ने समूहको झडप रोक्न डोल्पामा दुई राउण्ड हवाई फायर

काठमाडौं:  डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । 


पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो ।


स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । 


झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।

पोखरा:   पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।  पोखरा रंगशालाक...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।...

थप पढ्नुहोस्