पुलिसलाई पराजित गर्दै गण्डकीको तेस्रो जित
पाेखरा | जेठ १०, २०८२

पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३–० को सोझो सेटमा पराजित गर्यो ।
गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५–२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुनः २५–२२ को जित निकाल्यो । तेर्सो सेट गण्डकीले २५–२३ को जित निकाल्यो ।
यस जित सगै गण्डकीको तीन खेलमा ९ अङ्क भएको छ । पुलिसको ६ अङ्क छ ।
तेर्सो खेल टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लब भिड्नेछन् । चौथो खेल कोशी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।
यस्तै पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुण्ड क्लुब विरुद्ध उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो ।
त्रिभुवन आर्मी क्लबले पहिलो सेट २०–२५ ले गुमायो । दोस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २७–२५ ले गुमायो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले १५–१० को जित निकाल्यो ।
त्रिभुवन आर्मी क्लबले पहिलो खेल टिपटप हेल्प नेपाल र दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो ।
यस्तै मणिमुकुण्ड भलिबल क्लब पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ ।
यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो ।
यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
न्यु डायमन्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमन्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो ।
एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ ।
यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ ।
यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाक...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।...