लामाचौर तीज महोत्सव: जिएम समाज र ढुङ्गेदेउराली फाइनलमा

पाेखरा | भदौ ९, २०८२

लामाचौर तीज महोत्सव: जिएम समाज र ढुङ्गेदेउराली फाइनलमा

पोखरा: पोखरामा जारी लामाचौर तीज महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिएम समाज र ढुंगेदेउराली क्लब फाइनल प्रवेश गरेका छन् । 


रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जिएम समाज फाइनल पुगेको हो । 


समूह ‘बि’ को उपविजेता नवलपुरको कावासोतीको जिएम समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जिएम समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । 


यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफ समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो । समूह ‘ए’ को उपविजेता ढुंगेदेउराली हो । ढुंगेदेउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जि।एम। समाजसँग फाइनल सुनिश्चित गरेको हो । ढुंगेदेउरालीका लिब्रो राजन दर्माली म्यान अफ दि म्याच घोषित भए । 


६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–२ खेल खेल जितेर सर्वाधिक ६ अंकका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ सेटमा र एपिएफले जि।एम।समाजलाई ३–१ सेटमै हराएको थियो । 


माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिन प्रतिस्पर्धाबाट बाहिरिएका थिए । फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । 


जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ । 


नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो । 


मंगलबारसम्म संचालन हुने महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम भइरहेको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल राखिएको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवको अन्तिम दिन मंगलबार चर्चित कलाकार प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल, कृति गुरुङ लगायत कलाकारको प्रस्तुति हुनेछ ।
 

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा...

थप पढ्नुहोस्

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

थप पढ्नुहोस्

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...

थप पढ्नुहोस्