कोशीलाई हराउँदै पुलिसको दोस्रो जित
गण्डकी र आर्मी आजको तेस्रो खेल खेल्दै
पाेखरा | जेठ ९, २०८२

पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
पहिलो सेट २५–१२ ले सहजै जितेको पुलिसले दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्दा २५–१९ को जित निकाल्यो । यस्तै तेस्रो सेट पुलिसले २५– १५ को जित निकाल्यो ।
यस्तै आजको पहिलो खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
टिपटपले सुदूरपश्चिम प्रदेशलाई २५–१९, २५–१७ र २५–१८ को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
तेस्रो खेल गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चौथो खेल नेपाल एपिएफ क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...