प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दैछन्। मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण बुझ्ने र त्यसपछि कार्यसम्पादन सम्झौता गर्ने कार्यतालिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको छ। यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहतका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए। प्रधानमन्त्रीले मन्त्री र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने र तोकिएका कामका आधारमा नम्बर दिने परम्परा ओलीका पालामा सुरू भएको थियो। अहिले प्रधामन्त्री प्रचण्डले पनि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन्।
काठमाण्डौ: बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ ९जीएआरसी० बाट सम्मानित हुनु भएको छ । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गर्नु भएको हो । एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उहाँले नेपालमा सीमान्तकृत जाति, अपाङ्गता भएका र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको भन्दै यो अवार्ड दिइएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै नेपाली दूतावासले जनाएको छ । सरस्वती नेपालीको प्रयासले नेपालको पश्चिमी जिल्लाका ग्रामीण क्षेत्रका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको खबरमा उल्लेख छ । उहाँले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा जातीय भेदभाव विरुद्धको मुद्दा जितेको पनि दूतावासले जनाएको छ । उहाँसहित ट्युनिसिया, बङ्लादेश, ब्राजिल, मोल्डोभो र पेरुका एकरएक जना सामाजिक अभियन्तालाई पनि यो अवार्डबाट सम्मान गरिएको छ ।
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दसरदस लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए। ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ। त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हुने मन्त्री समिमले बताए। राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेसमा जनजीवन प्रभावित भएको छ।
बाढी- पहिरोका कारण दुई वटा राजमार्ग दुई स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ। पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ सडक भने अहिले दुवैतर्फ सञ्चालनमा रहेको छ। विभागले वेबबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार धनगढी,सहजपुर,वुडर,स्याउले, सतबाँझ,थाकतोली,दार्चुला,टिङ्कर जोड्ने सडक कैलालीको बुढीतोलामा अवरूद्ध छ। यस्तै तमोर कोरिडोर अन्तर्गत चतरा,मुलघाट,माझीटार,अमरापुरडाँडा,गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ। विभागले जानकारी दिएअनुसार मनसुन सुरू भएयता विभिन्न राजमार्गहरू १७३ स्थानमा अवरूद्ध भएका थिए। अहिले १३८ स्थानमा दुवैतर्फ सञ्चालनमा आइसकेका छन्। विभागले उल्लेख गरेअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सडक भत्कँदा १ अर्ब २६ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको छ। पुलपुलेसा, कल्भर्ट बगाउँदा २५ करोड रूपैयाँ बराब क्षति हुन पुगेको विभागको आकलन छ।
पोखराः काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित एक महिला पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको पुष्टि गरे । झापाको बिर्तामोड घर भएका गुरुङ काठमाडौं बस्दै आएको र आज बिहान काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा उनी सुन जस्तो देखिने पहेलो धातुसहित प्रकाउ परेकी हुन् । पक्राउ परेका गुरुङका साथबाट बरामत भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको डिएसपी जोशीले बताए । प्रहरीले भने पक्राउ परेकी महिलाको साथबाट बरामत गरिएको सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको जनाएको छ ।
बागलुङ: बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशको पोखरा लगायत आठ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को आय–ब्यय सार्वजनिक गरेको छ । नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो । प्राविधिक र प्रक्रियागत कारणले खर्च सार्वजनिक गर्न केही समय ढिला भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । ‘‘प्रतियोगिता दशैं र तिहारको बीचमा भयो । लगत्यै मंसिरमा भएको निर्वाचनमा राखेप कर्मचारी खटिनुपर्ने अवस्था आयो । विभिन्न शीर्षकको रकम रकमान्तरको प्रक्रिया पूरा गर्न २०८० को असार मसान्तको पहिलो सातासम्म लाग्यो । त्यसपछि खर्चको एकिन विवरण सार्वजनिक गर्न सकिएको हो,’’ सदस्य सचिव घिसिङले भन्नुभयो । घिसिङले नवौं प्रतियोगिता आठौंभन्दा भिन्न हिसावले भएको र कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता थप ब्यवस्थित र संघीयताको मर्मअनुसार आयोजना गरिने दावी पनि गर्नुभयो । ‘‘१०औं को मोडालिटी पूर्ण परिवर्तन हुनेछ । पूर्वाधार निर्माण, खेलाडीको खेल पोशाक, किट्स, बसोबास, खेल स्थलको ब्यवस्थापन जस्ता विषयलाई प्रदेशकै जिम्मा लगाईने छ । यसको विषयमा राखेपले थप अध्ययन गर्नेछ,’’ घिसिङले भन्नुभयो । नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि नेपाल सरकारले ६० करोड १० लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । त्यससँगै राखेपले प्रायोजक, टिकट विक्री र बीमा संस्थानबाट ५१ लाख ५२ हजार सात सय रुपियाँ प्राप्त गरेको थियो । सरकार र प्रायोजक लगायतबाट कूल ६० करोड ६१ लाख ५२ हजार ७०० रुपियाँ प्राप्त गरेको राखेपले प्रतियोगिता सम्पन्न गर्न ५३ करोड ७९ लाख ४ हजार २३९ रुपियाँ खर्च गरेको उल्लेख गरेको छ । ६ करोड ८२ लाख बचत प्रतियोगिता आयोजना खर्च कटाएर ६ करोड ८२ लाख ४८ हजार ४६० रुपियाँ बचत गरेको पनि राखेपले जनाएको छ । राखेपले नवौंमा सहभागी खेलाडीले पाउने रकम सम्बिन्धित खेलाडीको खातामा पठाएको जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला गरी कूल ६ हजार १२७ खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्यसहित कूल एक हजार ३४७ पदका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सात प्रदेश, विभागीय तीन र एनआरएनए गरी ११ टिमले भाग लिएका थिए । जसमा विभागीय टोली त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको थियो । राखेपले पहिलो पटक टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँको छुट्टै च्याम्पियन ट्रफी पुरस्कारको समेत ब्यवस्था गरेको थियो ।
पोखरा: आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले परम्परागत सीप, ज्ञान पुस्तान्तरण नहुँदा अहिले युवाहर बेरोजगार भएको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आयोजना गरेको २९ औं विश्व आदिवासी दिवसको उद्घाटनपछि बोल्दै अध्यक्ष थापामगरले यस्तो बताएका हुन् । संयुक्त राष्ट्रसंघले अहिले दिवस मनाउन, ‘आत्मनिर्माणको लागि परिवर्तनको सम्भाहक आदिवासी युवा’ मुख्य नारा अगाडि सारेको बताउँदै उनले यो नारालाई आदिवासी युवाहरु गलिे गम्भिर भए लिन आवश्यक रहेको बताए । ‘संयुक्त राष्ट्र संघको घोषणापत्रमा पनि आत्मनिर्णयको अधिकार आदिवासी जनजातिमा छ, त्यो अधिकारलाई प्रयोग गरेर आदिवासी जनजातिहरुले सामाजिक सांस्कृतिक,राजनीतिक निर्णयहरु गर्न पाउने उल्लेख गरेको छ’, अध्यक्ष थापामगरले भने । उनले यो अधिकारलाई नेपालको संविधानले पनि व्यवस्था गरेकाले आदिवासी जनजातिहरु सामाजिक, सांस्कृतिक र राजनीतिक निर्णयहरु गर्न पाउने अधिकार रहेको पुनः दोहो¥याए । संयुक्त राष्ट्रसंघले अहिले अगाडि सारेको नारामा तीन वटा नारालाई गम्भीर रुपमा अगाडि सारेको उनले बताए । ‘जलवायु परिवर्तनले गरेको असरलाई नारामा समेटिएको छ, इतिहासकै उच्च गर्मी भएको भनेको छ, किन गर्मी भयो त’, उनले भने, ‘वनजंगलहरु मासिदै गए, तपाई हामी सबैलाई थाहा छ, वनजङ्गलसँग आदिवासी जनजातिको सम्बन्ध जोडिएको छ, वनजंगल मासियो भने, आदिवासीको अस्तित्व पनि मासिन्छ ।’ उनले वनजंगल जोगाउन आदिवासी जनजातिले भूमिका खेल्नुपर्छ भन्ने सन्र्दभ जोडिएको बताए । दोस्रो न्यायको लागि गोलबद्ध हुनुपर्छ भन्ने नारालाई अगाडि सारेको छ ।‘अगाडिका वक्ताहरुले धेरै चर्चा गरिसक्नुभएको छ’, उनले भने, ‘एकजना अधिवक्ताको वक्तव्यले गर्दा सारा आदिवासी जनजातिलाई चोट पु¥यायो, यो किन हुन्छ रु, यसको लागि हामी अगाडि बढ्नुपर्छ, संगठित हुनुपर्छ, न्यायका लागि आदिवासी जनजातिहरु गोलबद्ध हुनुपर्छ ।’ यस्तै तेस्रो नारामा पुस्ता हस्तातरणलाई अगाडि सारेको बताए । ‘अहिले धेरै आदिवासी युवाहरु विदेशीनु भएको छ, त्यसको कारण खोज्नु आवश्यक छ’, उनले भने, ‘सरकारले आदिवासी जनजाति युवा मैत्री कार्यक्रम ल्याउनुपर्छ ।’ उनले परम्परागत ज्ञान सीप पुस्ता हस्तान्तरण नहुँदा युवाहरुमा बेरोजगार बढेको बताए । ‘अहिले युवाहरुले परम्परागत ज्ञान सीपलाई घृणा गर्ने द्धेष फैलाउने यो कामले केही हुँदैन भन्दा बेरोजगार बढेको छ’, उनले भने, ‘हामीसँग जुन ज्ञान सीप छ त्यसलाई प्रयोग गर्न जानेनौ भने गरिव हुन्छौं, बेरोजगार हुन्छौं ।’ उनले आदिवासी जनजातिहरुमा भएको ज्ञान सीपलाई पुस्तान्तरण गर्दै व्यवसायीक क्षेत्रमा प्रवेश गर्न सके मात्र अगाडि बढ्न सक्ने बताए । २९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखराको चिप्लेढुङ्गादेखि महेन्द्रपुल, नयाँबजार, लखनचोकहुँदै सभागृहमा कोण सभा गरेको थियो । विश्व आदिवासी दिवसको अवसरमा लामो समयदेखि आदिवासी जनजातिको हक अधिकारका लागि योगदान पु¥याउँदै आएको भन्दै प्राध्यापक ज्योति भट्टचन र समाजसेवी हक पहरे पुनलाई सम्मान गरिएको थियो । आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिहरुले आफ्नो मौलिक पोशाकमा जातिय झाँकी, नृत्य प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको र्यापिड एक्सन टिम (र्याट) लाई सरकारका स्थानीय निकायसँग अनुमति लिएर समन्वयमा काम गर्न निर्देशन दिएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका हुन्। ‘आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु र्यापिड एक्सन टिम गठन गरेको हो। अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्याट जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार र्याट, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ।’ यसअघि आजै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन(नारायणगढ सडकको जाम हटाउन सरकारी संयन्त्रले काम गरिरहेकाले रास्वपाको र्याट नचाहिने बताएको थियो। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए। उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ। ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’ प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीकोरुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए। तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले बताए।