२ राजमार्ग २ ठाउँमा अवरूद्ध, ३३ ठाउँमा एकतर्फी
काठमाडाैं | साउन २५, २०८०

बाढी- पहिरोका कारण दुई वटा राजमार्ग दुई स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ।
पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ सडक भने अहिले दुवैतर्फ सञ्चालनमा रहेको छ।
विभागले वेबबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार धनगढी,सहजपुर,वुडर,स्याउले, सतबाँझ,थाकतोली,दार्चुला,टिङ्कर जोड्ने सडक कैलालीको बुढीतोलामा अवरूद्ध छ। यस्तै तमोर कोरिडोर अन्तर्गत चतरा,मुलघाट,माझीटार,अमरापुरडाँडा,गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ।
विभागले जानकारी दिएअनुसार मनसुन सुरू भएयता विभिन्न राजमार्गहरू १७३ स्थानमा अवरूद्ध भएका थिए। अहिले १३८ स्थानमा दुवैतर्फ सञ्चालनमा आइसकेका छन्। विभागले उल्लेख गरेअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सडक भत्कँदा १ अर्ब २६ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको छ।
पुलपुलेसा, कल्भर्ट बगाउँदा २५ करोड रूपैयाँ बराब क्षति हुन पुगेको विभागको आकलन छ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...