परम्परागत ज्ञान,सीप पुस्तान्तरण नहुँदा युवाहरु बेरोजगार भए: जनजाति आयोग अध्यक्ष थापामगर
पाेखरा | साउन २४, २०८०

पोखरा: आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले परम्परागत सीप, ज्ञान पुस्तान्तरण नहुँदा अहिले युवाहर बेरोजगार भएको बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आयोजना गरेको २९ औं विश्व आदिवासी दिवसको उद्घाटनपछि बोल्दै अध्यक्ष थापामगरले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसंघले अहिले दिवस मनाउन, ‘आत्मनिर्माणको लागि परिवर्तनको सम्भाहक आदिवासी युवा’ मुख्य नारा अगाडि सारेको बताउँदै उनले यो नारालाई आदिवासी युवाहरु गलिे गम्भिर भए लिन आवश्यक रहेको बताए ।
‘संयुक्त राष्ट्र संघको घोषणापत्रमा पनि आत्मनिर्णयको अधिकार आदिवासी जनजातिमा छ, त्यो अधिकारलाई प्रयोग गरेर आदिवासी जनजातिहरुले सामाजिक सांस्कृतिक,राजनीतिक निर्णयहरु गर्न पाउने उल्लेख गरेको छ’, अध्यक्ष थापामगरले भने ।
उनले यो अधिकारलाई नेपालको संविधानले पनि व्यवस्था गरेकाले आदिवासी जनजातिहरु सामाजिक, सांस्कृतिक र राजनीतिक निर्णयहरु गर्न पाउने अधिकार रहेको पुनः दोहो¥याए ।
संयुक्त राष्ट्रसंघले अहिले अगाडि सारेको नारामा तीन वटा नारालाई गम्भीर रुपमा अगाडि सारेको उनले बताए ।
‘जलवायु परिवर्तनले गरेको असरलाई नारामा समेटिएको छ, इतिहासकै उच्च गर्मी भएको भनेको छ, किन गर्मी भयो त’, उनले भने, ‘वनजंगलहरु मासिदै गए, तपाई हामी सबैलाई थाहा छ, वनजङ्गलसँग आदिवासी जनजातिको सम्बन्ध जोडिएको छ, वनजंगल मासियो भने, आदिवासीको अस्तित्व पनि मासिन्छ ।’
उनले वनजंगल जोगाउन आदिवासी जनजातिले भूमिका खेल्नुपर्छ भन्ने सन्र्दभ जोडिएको बताए ।
दोस्रो न्यायको लागि गोलबद्ध हुनुपर्छ भन्ने नारालाई अगाडि सारेको छ ।‘अगाडिका वक्ताहरुले धेरै चर्चा गरिसक्नुभएको छ’, उनले भने, ‘एकजना अधिवक्ताको वक्तव्यले गर्दा सारा आदिवासी जनजातिलाई चोट पु¥यायो, यो किन हुन्छ रु, यसको लागि हामी अगाडि बढ्नुपर्छ, संगठित हुनुपर्छ, न्यायका लागि आदिवासी जनजातिहरु गोलबद्ध हुनुपर्छ ।’
यस्तै तेस्रो नारामा पुस्ता हस्तातरणलाई अगाडि सारेको बताए । ‘अहिले धेरै आदिवासी युवाहरु विदेशीनु भएको छ, त्यसको कारण खोज्नु आवश्यक छ’, उनले भने, ‘सरकारले आदिवासी जनजाति युवा मैत्री कार्यक्रम ल्याउनुपर्छ ।’
उनले परम्परागत ज्ञान सीप पुस्ता हस्तान्तरण नहुँदा युवाहरुमा बेरोजगार बढेको बताए ।
‘अहिले युवाहरुले परम्परागत ज्ञान सीपलाई घृणा गर्ने द्धेष फैलाउने यो कामले केही हुँदैन भन्दा बेरोजगार बढेको छ’, उनले भने, ‘हामीसँग जुन ज्ञान सीप छ त्यसलाई प्रयोग गर्न जानेनौ भने गरिव हुन्छौं, बेरोजगार हुन्छौं ।’
उनले आदिवासी जनजातिहरुमा भएको ज्ञान सीपलाई पुस्तान्तरण गर्दै व्यवसायीक क्षेत्रमा प्रवेश गर्न सके मात्र अगाडि बढ्न सक्ने बताए ।
२९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखराको चिप्लेढुङ्गादेखि महेन्द्रपुल, नयाँबजार, लखनचोकहुँदै सभागृहमा कोण सभा गरेको थियो ।
विश्व आदिवासी दिवसको अवसरमा लामो समयदेखि आदिवासी जनजातिको हक अधिकारका लागि योगदान पु¥याउँदै आएको भन्दै प्राध्यापक ज्योति भट्टचन र समाजसेवी हक पहरे पुनलाई सम्मान गरिएको थियो ।
आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिहरुले आफ्नो मौलिक पोशाकमा जातिय झाँकी, नृत्य प्रस्तुत गरेका थिए ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् ।
चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ...
काठमाडौं: राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्...