काठमाडौं: विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, र...

डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो।   पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका(३ का हुन्। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज दिउँसो ३ बजे घटनाका सम्बन्धमा जानकारी गराउने बताएको छ।

सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।   श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई  नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।   विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप  छ।   हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।   थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ।  

पोखरा:  गण्डकी प्रदेश सभाले वनलाई नियमन, तथा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।   प्रदेश सभाको चौथो अधिवेशनको ४० औं बैठकले सर्वसम्मतसहित पारित भएको हो ।   नसम्बन्धि बनेको विधेयक , उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले प्रस्तुत गरेका थिए ।   

काठमाण्डौ: सशस्त्र प्रहरी बल नेपालले बाग्मती नदीको पहरोमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।   गएराति काठमाण्डौको दक्षिणकाली नगरपा​लिका–८ कटुवाल दहको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको बाग्मती नदी किनारबाट उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।   पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी पहरोमा बस्नु भएको थियो ।उद्धार पछि लामालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ

डडेल्धुरा:  २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् ।    युवतीले आफुलाई कमल र २ जना १८ वर्षीय किशोरले गत वैशाख ५ गते दिउँसो नानिगाड खोलामा र तपेन्द्र तथा दिपकले गत वैशाख १२ गते साँझ डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् ।   प्रहरीले सोही आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई मंगलबार पक्राउ गरेको हो ।   घटनामा संलग्न एक १८ वर्षीय किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ: नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।   संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा हिजो बुधवार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो ।   अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको छ ।   यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० तारिखदेखि सन् २०२५ को सेप्टेम्बर २० तारिखसम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । 

काठमाण्डौ:  संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधवार हिजो भेटघाट भएको हो ।    प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको छ । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।   प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहनुभएको छ ।  

काठमाडौँ:   शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।    विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।    नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।   नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।   आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

रसुवा: रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।    नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला गाडी, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापत राजस्व वृद्धि भएको हो ।   भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत राजश्व असुली गरिएको हो।    साउन भदौको असुली लक्ष्य एक अर्ब चार करोड ४१ लाख २१ हजार रुपैयाँ भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ।   गएको आव २०७९र८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो ।      व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् । यस्तै, नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाइ काठमाण्डौ लैजाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।