पोखरा:  काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम गत दुई वर्ष देखि सञ्चालन गर्दै आए...

काठमाडौं:  नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।   शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।   कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।   जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।   उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्। 

काठमाडौं:     भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो । 

पोखरा:  मणिपाल अस्पताल प्रकरण तीनदिनपछि ६ बुँदे सहमतिसहित मिलेको छ । गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजारकी सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतक परिवारबीच विवाद सिर्जना भएको थियो  ।  दुराको मृत्युलाई लिएर चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार आन्दोलित थिए । सोही क्रममा डाक्टरमाथि हातपात भएपछि विवादले उग्र रुप लिएको थियो । त्यसैकारण चिकित्सक समूह अनिश्चितकालिन आन्दोलनमा उत्रेका थिए । चिकित्सक पक्ष र मृतक पक्षलाई सँगै राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा  वार्ता भएपनि निष्कर्ष विहिन बनेको थियो । उनीहरुले आ–आफ्नो मागमा अडा राखेपछि टुंगो लाग्न सकेको थिएन । तर बिहीबारको वार्ताबाट टुंगो लागेको छ ।  सहमतिपछि मृतक दुराको शव उठाउने तयारी गरिएको पारिवारिक निकट स्रोतले बताएको छ ।  यस्तो छ, ६ बुँदे सहमति ६ बुँदे सहमतिमा मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।  यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।  यस्तै विनय गुरुङ अन्तर्गत दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार भएका घटनामा यथाशीघ्र कानुनी उपचारको सहजीकरण गर्ने उल्लेख गरिएको छ ।  

काठमाडौं:     सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

काठमाण्डौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।    आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।    ‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उहाँले भन्नुभयो ।   मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका धेरैजसो समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिनुभयो । ‘अहिले देखिएका धेरैजसो समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’   आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।’   आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा आउन बाध्य भएको बताएका छन् । उनीहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग गरेका छन् ।    समितिका धेरैजसो सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनुभएको थियो । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताउनुभयो ।

पोखरा:    पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एस।एस।एल। मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो ।    यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् । शोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ ।   पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री शुभारम्भ गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ । पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेष्ट्र ड्राइभसमेत सुरु भएको एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । सिट्रोन ई–सी ३ को लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।   विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेष्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’ पोखरा क्षेत्रमा सिट्रोन ई–सी३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने । अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ । अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ । कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो । विशेष छुट उपलब्ध सिट्रोनको गाडी खरिदमा विशेष छुट पाउन सकिने भएको छ । कम्पनीले फेस्टिभ स्किम २०८० अन्तर्गत विशेष छुट प्रदान गरेको हो । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।   आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो ।   यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना राखिएका छन् ।   बाल गृहमा कारागार चलान गर्नुपर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्षका व्यक्तिसमेत बाल सुधार गृहमा भेटिएका छन् ।   मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृहजस्तो हुनु, सुधार गृहमा हुनुपर्ने आधारभूत सुविधा नहुनु, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ । गएको भदौदेखि देशका विभिन्न बाल सुधार गृहमा समस्या आइरहेको छ ।