तामाङ बौद्ध सेवा समिति पोखराले मनायो सोनाम ल्होछार
पाेखरा | फागुन ८, २०८०
पोखरा: तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री ल्हो सोनाम ल्होछार मनाएको छ ।
विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्दै सोनाम ल्होछार मनाएको हो ।
कार्यक्रमको उद्घाटन महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले तामाङ जाति आदिवासी जनजाति मध्ये फरक इतिहास र अस्तित्व भएको जाति रहेको धारणा राखे ।
उनले आधुनिकताको नाममा संस्कार र संस्कृति लोप हुने क्रम देखिएको बताउदै संरक्षणको जरुरी देखिएको मेयर आचार्यले बताए ।
उनले भाषा, कला र संस्कृतिको विलयसँगै अस्तित्वनै समाप्त हुने जोखिम हुने बताउदै जातिय संघसस्थाको अगुवाहरुले भूमिका खेल्नुपर्ने सुझाव दिदै महानगरको तर्फबाट सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यकारी समितिका उपाध्यक्ष दिपक वाईबा तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय पुर्व अध्यक्ष तथा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद डुम्जन तामाङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, नेपाल तामाङ युवा घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाल तामाङ घेदुङ केन्द्रीय पूर्व कार्यवहाक अध्यक्ष कुम बहादुर योञ्जन, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त बहादुर डुम्जन तामाङ, नेपाल तामाङ घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा ताम्बा ना.सु. राम प्रसाद सम्देन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिवु ब्लोन तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिन माया तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता तामाङ, तामाङ बौद्ध आमा समूहका अध्यक्ष पुष्पा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा संस्थाका १० जना लामा गुरु, ४ जनाको बोम्बो समूह, उत्कृष्ट म्हेन्दोमाया नाच प्रस्तुत गर्ने २० जना कलाकार साथै संस्थालाई आर्थिक, भौतिक र नैतिक रुपमा योगदान पु¥याउने दर्जनौं दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सन्ध्या न्हेगी, दिलासा वाईबा, प्रिया न्हेगीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने शान्ति थिङ तामाङले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।
संस्थाका अध्यक्ष विष्णु योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शेरजङ वाईबाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन समितिका सचिव पवित्रा थोकर र आमा समुहकी सचिव शान्ति लोप्चनले गरेकी थिइन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

