बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो

पाेखरा | फागुन ७, २०८०

बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (सोमबार) भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्याे ।

 

आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्याे ।

 

यस्तै एलबी आरवाइसी काठमाडौं र केआइइसी बुनबीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं क्वाटरमा प्रवेश गर्याे ।

 

दिव्यज्योती र तारा एफसी ‘बि’ बीच भएको तेस्रो खेल गोलरहित बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ३–२ गोल अन्तरल हराउँदै दिव्यज्योती अन्तिम आठमा प्रवेश गर्याे ।

 

एलसी ब्रदर्श र मेनीमोरबी भएको चौथो खेलपनि   निर्धारित समयमा खेल गोलरहित भएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले एलसी ब्रदर्श विजयी बन्यो । पाँचौ खेलमा एट टु नाइनले डिफेण्डिङ च्याम्पियन गन्नी एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । 

 

छैटौं खेलमा तारा एफसी ‘ए’ ले म्याक्सवेल एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे ।  सातौ खेलमा रामघाटले भिमकाली क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।

 

यस्तै प्रिक्वाटरफाइनलको अन्तिम खेलमा एनटु क्याफे टुंडिखेलले नमस्ते ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । उनका अनुसार मंगलबार क्वाटरफाइनलका खेल सञ्चालन गरिनेछ भने बुधबार सेमिफाइनल खेल र बिहीबार फाइनल खेल सम्पन्न हुनेछ  ।

 

कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्