पोखरा:  काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम गत दुई वर्ष देखि सञ्चालन गर्दै आए...

काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्।    सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।   घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्।   प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ। 

काठमाडौं:      चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ । नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।

पर्सा: वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।   बालसुधार गृहको छतबाट गएको शुक्रवार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि हिजो छुट्टाछुटै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीमा रहेको सीमा नाकाबाट र यादवलाई सिरहामा रहेको सीमा नाकाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।    फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो।    बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा अहिले दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो ।

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका १७ हिमाली टोल स्थित अनुराधा बरालको घरको कपाण्ड अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।  पार्किङ गरेर राखेको ग ११ प २०४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १७ बस्ने २१ वर्षीय कृष्ण सुनार र १९ वर्षीय सुजल तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रकाउ परेका दुवै जनालाई चोरी तथा डाँका मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । पोखरामा सोमबार हुने प्रथम अधिवेशनको तयारी पूरा भएको प्रदेश अध्यक्ष नवराज शर्माले बताए ।  उनले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत बताए ।‘अहिले सातै प्रदेशको प्रथम अधिवेशनमा पार्टी लागिरहेको छ, केही प्रदेशमा सम्पन्न भएको छ, केहि प्रदेशमा बाँकी छ, शर्माले भने, ‘गण्डकीको प्रदेशको प्रथम अधिवेशन पोखरामा भोलि सञ्चालन हुँदै छ, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’   यस्तै प्रचारप्रसार उपसिमितिका संयोजक तथा गण्डकी उपसचिव रश्मि आचार्यले अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको बताए । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ ।  नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले जानकारी दिए । आचार्यले इलेक्ट्रिक मेसिनको प्रयोगमा मतदान गर्ने तयारी गरिएको बताउदै अधिवेशन सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान गरिएको बताए ।  नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनबाट सर्वसहमतिबाटै नेतृत्व चयन गर्ने प्रयन्त्र गरिरहेको बताए । ‘पार्टी भित्र हामीले लोकतन्त्रको अभ्यासपनि चलाइरहेका छौं, सके सम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न गरेका छौं’, विष्टले भने, ‘प्यानल बनाएर उम्मेदवारी दर्ता गर्न दिदैंनौ, यसले पार्टीलाई कमजोर बनाउँछ, सकेसम्म सहमतिमै नेतृत्व चयन गछौं ।’

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ ।   आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहनुभएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उहाँको आग्रह छ । तर रास्वपाका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिनुभएको छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।    आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको पनि स्पष्ट पार्नुभयो ।    उहाँले अटोप्राईसमा जाने निगमको निर्णय जनताको पीरमर्का, भावना र आवश्यकता विपरीत रहेकाले आफूले सो निर्णयलाई फिर्ता गरएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले उसले सरकारको निर्देशन अनुसार काम गर्ने पनि बताउनु भयो ।   प्रधानमन्त्रीले भन्नुभयो, ‘आजै बसेको मन्त्रीपरिषद बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश श्री डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सहकुलबहादुर थापा, पूर्व सहसचिव श्री किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।’’   बैठकमा प्रधानमन्त्री दाहालले सुन तस्करीबारे छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । केहीबेर अघि बसेको मन्त्रीपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरीअतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । 

काठमाण्डौ:  सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।   आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।   निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ ।