पोखरा:  काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम गत दुई वर्ष देखि सञ्चालन गर्दै आए...

पोखरा:  प्रथम इन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ ।    पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो ।    फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो  ।   प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।   त्यस्तै, उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा,, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरे ।   विजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।   समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए ।   उनले साठीको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

पोखरा:  बागलुङदेखि पोखरा आउँदै गरेको जीप पर्वतमा खोलाले बगाउँदा जीपसहित तीन जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा पर्ने मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो बगाउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए । प्रनाउ भुषालले जीपमा सवार यात्रुहरुको नामावली नखुलेको बताए । एक्कासी आएको बाढीको अवस्था बुझन सवारी चालक जीपबाट झरेको बेलामा एक्कासी आएको बाढीले सवारी सधान बगाएको प्रनाउ भुषालले बताए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता जीप र यात्रुहरुको खोजी भइरहेको प्रनाउ भुषालले जानकारी दिए ।  

पोखरा: मणिपाल अस्पताल प्रकरणमा चिकित्सक र मृतक परिवारबीच सहमति भएपनि घटनालाई उग्र बनाउन संलग्न भएका युवाहरुलाई कास्की प्रहरीले खोजतलास गरेको छ ।     चिकित्सक र मृतक परिवार दुवै पक्षलाई वार्तामार्फत ६ बुँदें सहमतिसँगै विवाद साम्य पार्न खोजिएपनि मृतक पक्षका युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ विरुद्ध भएकाले कानूनी उपचारका लागि प्रहरीले खोजी गरेको हो ।    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले मणिपाल अस्पताल तोडफोडमा संलग्न युवाहरुलाई तिब्रताकासाथ खोजी गरिरहेको बताए । उनका अनुसार ति युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ ।     यो पनि पढ्नुहोस   डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन: मुख्यमन्त्री पाण्डे घटना भएको (गत ८ गते) बेलुकी नै मणिपाल शिक्षण अस्पतालले विनय गुरुङसहित करिब (२०/२५ जना) समूहविरुद्ध जाहेरी दिएको थियो ।   सोही जाहेरीका आधारमा हिजो (शुक्रबार) सम्साँझै न्यूरोडबाट ७ जनालाई पक्राउ गरिएको एसपी थापाले बताए । पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का २ युवा रहेका छन् ।   ‘हिजो राती ७ जनालाई नियन्त्रणमा लिएका छौं । बाँकी अरुको खोजी तिब्र पारेका छौं, एसपी थापाले भने, ‘संवेदनशील क्षेत्र मानिने अस्पतालमा तोडफोड गरेको कसुरमा उनीहरुलाई पक्राउ गरेका हौं । उनीहरु विरुद्ध घटना भएको बेलुकी नै विनय गुरुङ लगायत २०/२५ जनाको समूह विरुद्ध जाहेरी परेको थियो ।’    एसपी थापाले जाहेरी परेपनि घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न समय लागेकाले ति युवाहरुलाई पक्राउ गर्न केही दिन समय लागेको सुनाए ।   ‘जाहेरी परेपनि त्यो क्रियाकलापमा संलग्नहरुलाई आइडेन्टिफाई गर्न समय लाग्यो । अस्पतालले दिएको सिसिटिभी फुटेजको आधारमा उनीहरुको खोजी गरिरहेका छौं । कसैलेपनि स्वास्थ्य संस्थामा तोडफोड, बाधा ब्यबधान गर्न पाइदैन । त्यसैले उनीहरुको कसुर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ । केही समय लागेपनि संलग्न सबैलाई पक्राउ गर्छौं,’ एसपी थापाले भने ।    ७ जनालाई गएराती पक्राउ गरिएपनि घटना भएकै दिन पक्राउ परेका मालेपाटनका विनय गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ । उनी घटना भएकै दिन चिकित्सकलाई हातपात गरेको आरोपमा पक्राउ परेका थिए ।    लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि विवाद सुरु भएको थियो ।    त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित अनिश्चितकालिन आन्दोलनमा थिए ।   तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाएको थियो ।    जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक परिवार पक्षलाई वार्तामार्फत ६ बुँदें सहमति गराएपनि मृतक सुकमाया दुराको शव अझै नउठेको बताइएको छ ।   यो पनि पढ्नुहोस     प्रहरीले पुन: खोतल्यो मणिपाल काण्ड: सम्साँझै न्यूरोडबाट ६ जना पक्राउ        

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति  पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिवार आज रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने छ ।   भारतको विद्युत् मन्त्रालयले १५ साउनमा  विद्युत् आयातरनिर्यात ९क्रस बोर्डर० स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत् छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९ दशमलव ४ मेगावाटको तल्लो मोदी र २४ दशमलव २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति शनिवार सकिँदै थियो । डे अहेडको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताउनुभयो । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गर्नुभयो । ‘यसअघि प्रतिस्पर्धी बजारबाट विद्युत् आयात निर्यातका लागि एक दिन पर्खनु पर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौँ, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद बिक्री गर्न सक्ने अवस्था निर्माण भएको छ’ अधिकारीले भन्नुभयो । ‘डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रो लागि नयाँ अनुभव र उपलब्धि हो, यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुकासाथै दुई देशबीचको विद्युत् व्यापारमा नयाँ इँटा थपिएको छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले यो विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष आव-२०८०/८१ को साउन र भदौमा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

ढोरपाटन:   बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो ।  धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९(८० मा रु १० करोड बजेट विनियोजन गरको थियो ।  धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप(प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक औसतमा पाँच सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरे ।  प्रदेश सरकारले गोरखा र बागलुङको अस्पताललाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।

गोरखा:     गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् ।  शनिबार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभुती सद्भाव केही पनि रहँदैन ।’ त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग हुँदैन’ उनले थपे ‘यो संवेदनशिल विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ ।’  ‘हाम्रो एउटा मान्यता छ, बचायो भने भगवानले बचाउँछन् भन्छन्, डाक्टर भगवान होईनन्’ उनले भने ‘ मलाई लाग्दैन की कुनैपनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नुपनि हुन्न ।’    पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका बिभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतीपूर्ती दिने प्रथा पनि हो’ उनले भने ‘हुलदंगा ग¥यो क्षतीपुर्ती बढी पाउने, नपाउनेलेपनि पनि पाउने । त्यस्तो प्रवृत्तीलेपनि  चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’ चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने उनले बताए ।  समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृंखल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकहले काम नै गर्न नसक्ने भयौँ भनेर बस्न नहुने उनले बताए । ‘डाक्टरहरुलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ तर काम सबै रोकेर बस्नु भएन ।’ गोरखा अस्पतालको सेवा सुविधा बिस्तारकालागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामकोलागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए ।   

काठमाडौं:     संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले स्वागत गरेका हुन् ।  उहाँलाई चीनको सिचुवान प्रान्तका उपगभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीले छेन्दु विमानस्थलमा बिदाइ गर्नुभयो ।  उहाँ आठ दिने चीन भ्रमणका लागि न्युयोर्कबाट सिधै चीन जानुभएको थियो । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको हो । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो । न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता  गर्नुभयो । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कञ्चनपुर:      क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गरिरहेका छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो,’ वीरभान भन्छन्, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ। ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै,’ उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हामीले हाम्रो दुःख बिर्सियौं।’ महेन्द्रनगरमा ऋण लिएर ६ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५र२० लाख ऋणमा डुबे,’ उनले भने, ‘९र१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍यौं।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन्। थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्। ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायो,’ उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा ९एसएलसी० सनराइज उच्च माध्यमिक विद्यालयबाट गरे। ‘सनराइजबाट भीम क्रिकेटमा राइज भयो,’ वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ। घरको ऋणपानदेखि घरखर्च भीमले नै हेरिरहेका छन्। ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो,’वीरभानले भने। भीमलाई क्रिकेट मैदानमा ल्याउन त्यो बेलाका क्रिकेटर चन्द्र साउँदको प्रमुख भूमिका रहेको पनि उनी बताउँछन्। क्रिकेट हेर्न गएका बेला भीम मैदानबाहिर पुगेका बल टिपेर ल्याउँथे। मैदानबाहिर बस्ने र बल टिप्ने गरेको दैनिक देखेपछि चन्द्र साउदले नै भीमलाई क्रिकेट खेल्न आउन भनेका थिए। त्यसपछि उनी मैदानमा उत्रिएका थिए।   त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो,’ उनले भने, ‘कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ।’ यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो,’ उनले भने, ‘अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो।’ बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ। दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ। ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै,’ उनले भने, ‘खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्।’ पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ। ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्,’ उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले सम्साँझै न्यूरोडबाट ६ जना युवालाई पक्राउ गर्दै मणिपाल काण्ड फेरि खोतलेको छ ।   लम्जुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि तक्राव सुरु भएको थियो ।    त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउदै अनिश्चितकालिन आन्दोलनमा थिए ।    यो पनि पढ्नुहोस   छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ? तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाइसकेको थियो । फेरी आज बेलुकी करिब ८ बजे न्यूरोडदेखि मृतक पक्षका ६ जना युवालाई प्रक्राउ गर्दै मणिपाल काण्डलाई ब्युताएको हो ।    सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतका अनुसार पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का एक युवा रहेका छन् ।   यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई मणिपालको चिकित्सकमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।    विनय गुरुङ विरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने सहमति भएको थियो ।   तर फेरि युवाहरुलाई पक्राउ गरेसँगै मणिपाल घटना सेलाउन नपाउने देखिएको छ । उक्त विषयमा बुझ्नका लागि कास्कीका प्रहरी उपरीक्षक मोहन थापा र प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकलाई बारम्बार फोन सम्पर्क गर्दासमेत उठ्न सकेन ।    यस्ता छन् सहमति:   मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।  यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।    विनय गुरुङविरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने बताइएको छ ।   यो पनि पढ्नुहोस   मणिपाल काण्ड: ६ बुँदे सहमतिपछि शव उठाउने तयारी