पोखरा:   मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई...

पोखरा:  पोखरा महानगरपालिका १७ पार्दीपुलचोकस्थित फेवा सिंचाई नहरको पूरानो पुल भासिदा आवागमन बन्द भएको छ ।  फेवा सिंचाई नहरको ६०/६५ वर्ष पूरानो पुलचोक पुल आज दिउँसो लोडसहित टिप्परसहित भासिएको थियो ।   पुलचोकको पुल भासिएपछि सोही स्थानबाट सवारी आगमन बन्द गरिएको पोखरा महानगरपालिका १७ का कर्मचारी प्रजापति बरालबताए ।  पुल निर्माण गर्न बजेट बिनियोजित भएकाले सडक डिभिजनसँग पुल निर्माण गर्न वडा कार्यालयलले समन्वय अगाडि बढाएको बरालले जानकारी दिए ।   

पोखराः के तपाइले सातु खानुभएको/पिउनुभएको छ ? वा, सातु भनेको थाहा छ ? यस्तो प्रश्न जो कोहीलाई सोधेपनि उत्तर ‘छ’ भन्ने आउँछ ।   नआओस् पनि कसरी नेपालको कुनैपनि भूगोलमा बस्ने वा कुनैपनि उमेर समूहकाले सातुको उपभोग पक्कै गरेका छन् ।    सामान्यतयः आफ्नै परिवेशमा फलाइएको वा उपलब्ध भएको अन्नको सम्मीश्रणबाट सातु बनाइन्छ ।   ठ्याक्कै भन्नुपर्दा भूगोल अनुसार मकै–भटमास, गहुँ, जौ, उवालाई भुटेर जाँतोमा पिसेपछि त्यसको पिठोलाई पानीमा सर्वतजस्तो बनाएर पिउने पुरानो चलन हो । त्यस्तै, कतै लामो पैदलयात्रा गर्दा ‘सातु, सामल कस्ने’ चलनै छ ।    सातु केवल पेट भर्ने वा भोक टार्ने बहानामात्र होइन, यो पोषिलो र अडिलो पनि हुन्छ । अझ भनौं, सातु ‘गुनिलो’ छ । यही पोषिलो, अडिलो र गुनिलो सातुको खाजा घरमा आमाले खुवाएको सम्झनाले पोखराका २५ वर्षे ठिटोलाई बेचैन बनायो । विदेशमा व्यवस्थापन अध्ययन गरेका उनै ठिटो पृथ्वीकल्याण पराजुली अहिले होमटाउन पोखराबाट सातुलाई ब्राण्डिङ् गर्न दिनरात कस्सिएका छन् ।    पराजुलीसँगको सातु–संवादमा उनले सुरुमै सुनाए ‘सातुको महिमा अपरम्पार छ ।’ विद्यालयबाट घर फर्केपछि घरमा खाइने खाजा सातुले कहिलेकाही बेलुका भातै खान नपर्ने उनको अनुभव छ । त्यसमाथि विदेशमा रैथाने खानालाई दिइएको प्राथमिकता र बजारीकरणबाट उनी परिचित नै थिए ।   विदेशमा रैथाने खाना प्रवद्र्धन गरेको देखेर चकित भइरहेका पराजुली पोखरा फर्किएपछि जंकफुडले साम्राज्य जमाइरहेको देखेर पिरोलिए । उनको चिन्ता थियो, अब गाउँ, टोल, समाज रोगी बन्दैछ ।   देशमै केही गर्ने हुटहुटी बोकेका पराजुली ‘के गर्ने !’ भन्ने सोंच बनाइरहेकाबेला विश्वलाई कोरोनाले गाँज्यो । एकाएक उनीपनि घरको चारघेरामा थन्किए । कोरोना कहरसँग जुझ्न पोसिलो खानाको आवश्यकताबारे प्रचार हुन थाल्यो । रोगसँग लड्नसक्ने बलियो खाना त्यही सातु थियो । र, त्यहीबेला उनको दिमागमा बस्यो ब्राण्ड ‘पोषिलो’, उत्पादन ‘सातु ।’   उनको योजनाले आजभन्दा डेढ वर्षअघि जरा हाल्यो । उक्त जरामा उनको १ करोड रुपैयाँ बढी लगानी भएको छ । यही जरामार्फत उनी उद्यममा जोडिए । ‘सातुले मलाई देशभरका किसान, बजार र उपभोक्तासँग जोडेको छ’   पराजुली भन्छन् ‘अझ मलाई यहाँको जीवनशैली र स्वस्थ समाजसँग जोडेको छ ।’ उनका अनुसार देशका विभिन्न क्षेत्रबाट सातुका सामग्री ल्याइन्छ । ‘मैले नटेकेको देशको भूगोल सातुकै कारण टेकेको छु, आवश्यक अन्नको गूणस्तर छनौट गर्न र मूल्य निर्धारण गर्न सम्भव भएसम्म म आफै पुग्ने गरेको छु’ पराजुलीले सुनाए ।   बजारमा उत्पादन बेच्ने र नाफा आर्जन गर्ने व्यापारिक पाटो भएपनि उत्पादनको गुणस्तर र सुनिश्चितता उपलब्ध गराउने आफ्नो ‘प्रोफेस्नलिज्म’बारे उनी स्पष्ट पार्छन् । अघिल्लो आर्थिक वर्षको मध्यदेखि उनले बजारमा सातु पठाए । सोही आर्थिक वर्ष सातुले गण्डकीको सिमाना नाघेर पूर्वका प्रमुख सहरमा प्रवेश ग¥यो ।      यथेष्ठ बजार अध्ययन गरी तयार पारिएको मौलिक र रैथाने सातु जसै बजारमा आयो, प्रायःले मन पराए । यसअघि बजारमा उपलब्ध सातु केवल प्लाष्टिकमा पोका पारिएर बेच्ने गरिएको हुन्थो । तर पोषिलो ब्राण्डले पोषणवीद्को राय अनुसार सातुमा आवश्यक सम्पूर्ण पदार्थ समेटेको थियो । जसको समयावधि नै १ वर्ष राखिएको छ । ‘हामीसँग सातुमा प्रयोग हुने अन्नको ग्रेडिङ् हेर्ने, गुणस्तर र मात्रा हेर्ने, प्याकेजिङ र स्टोरेज हेर्ने छुट्टै टिम छ’ पराजुलीले भने   ‘बजारमा पाइने विदेशका म्युस्ली, सिरियलजस्तै सातुले पनि स्टान्डर्ड मेन्टेन गरेको छ ।’   उनका अनुसार हाल बजारमा ‘मल्टीग्रेन’, प्रोटिन प्लस’ र ‘नट्टी डिलाइट’ गरी ३ प्रकार उपलब्ध छ । जसमध्ये मल्टीग्रेन जुनसुकै उमेर समूहलाई उपभोग गर्न मिल्ने बनाइएको छ भने प्रोटीन प्लस स्पोर्ट र फिटनेशमा लाग्ने समूहप्रति लक्षित छ । त्यस्तै, बालबालिकालाई नट्टी डिलाइट उपयुक्त हुन्छ ।   सातुको नामसँगै दाम पनि फरक छ । मल्टिग्रेनको ३ सय, प्र्रोटिनप्लसका ४ सय ८० र नट्टी डिलाइटको ४ सय ४० रुपैयाँ रहेको छ । जसको तौल ८ सय ग्राम रहेको पराजुलीले बताए । त्यस्तै २ किलोको मूल्य उल्लेखित रकमको दुगुना रहेको छ ।   सातु हाल नेपालका चलनचल्तीमा रहेका डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएपनि भाटभटेनीमा भने नपाइने उनले जनाए । ‘भाटभटेनीमा राख्ने प्रयास भइरहेको छ, सम्भवतः त्यहाँपनि छिट्टै उपलब्ध हुनेछ । पोखराको पूर्वमा राम्रै बजार लिएको सातु अब पश्चिममा बिस्तार गर्ने उनले बताए ।   अब बिहान होस् वा बेलुका सातु उपभोग गर्ने चलन बढ्दै गएको बताउँदै उनले यसलाई नेपालको पपुलर ब्राण्ड बनाइछाड्ने उल्लेख गरे । साथै, सातुको ब्राण्ड एम्बेसडरमा नेपालका नामुद फिटनेश कोच सुकदेव कार्की रहेका छन् ।   उनै कार्कीको प्रेरणास्वरुप स्पोर्टसका विभिन्न विधामा रहेका खेलाडीहरुको डाइटमा सातु पनि समेटिएको छ ।  ‘बिरामी होस् वा खेलाडी, बच्चा होस् वा वृद्ध, सातु सबैकालागि हो’ पराजुली भन्छन् ‘न सातुमा कुनै केमिकल हुन्छ नत यसको कुनैै साइड इफेक्ट ।’ 

बझाङ:    बझाङको भट्टेखोला नजिकै केन्द्रबिन्दु  भएर भूकम्प गएको छ । आज (मंगलबार) दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पपछि स्थानीयहरू घर बाहिर निस्किएका थिए। भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।   मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनुभयो ।   उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको जिकिर गर्नुभयो । ओलीले यो देशमा न्याय छैन की यही हो न्याय रु भन्दै प्रश्न समेत गर्नुभयो ।   ‘‘आज चार वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । तर सरकारले एसिड आक्रमणलाई छोडिसक्यो । सरकारले उनको उपचार गराइरहेको छैन ।,’’ अध्यक्ष ओलीले भन्नुभयो, ‘‘एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानुन ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभूति गरेका थिए । उनीहरुलाई सरकारले छोडिदियो ।’’   अध्यक्ष ओलीले कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ  भन्दै प्रश्न गर्नुभयो ।

इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक किशोरको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको हत्या भएको थियो। उनको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।    उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरीका १९ वर्षीय अर्विन्द ठकुरीलाई पक्राउ गरेको हो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका सनीलाई उपचारको लागि ट्रमा सेन्टरमा रिफर गरिएको थियो। पछि मनमोहन अस्पतालमा पुर्‍याउँदा ११:५८ मृत्यु भएको थियो।

पर्सा: पर्सामा नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ ।   वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।   पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।    दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् । प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उहाँले नै जानकारी दिने जनाएको छ ।    महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिनुभयो । उहाँले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताउनुभयो । 

पोखरा:    पोखरामा सोमबारदेखि सुरु भएको नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको निर्वाचन तालिका आज (मंगलबार) सार्वजनिक भएको छ । अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना नामावली प्रकाशन गरिसकेको छ ।   अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने छ । ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् । साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७स्३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७:३० देखि ८:३० सम्म गर्नेछ । राति ८:३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ ।   बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ । बुधबार १० बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । सोमबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र हाल पोखरा सभागृहमा चलिरहेको छ । प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिइरहेका छन् ।  

पोखरा:   मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा शनिबार साँझ​ एक्कासी आएको बाढीमा बेपत्ता भएका कास्कीको माधव पौडेललेको शव स्याङ्जामा भेटिएको छ । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासीआएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए ।  बाढीमा बेपत्ता भएका कास्कीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका विजय भनिने माधव पौडेलको शव आज बिहान स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।  ‘कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा शव भेटिएको खवरपछि हामीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएका थियौं’, खनालले भने, ‘पर्वत प्रहरीले परिवारलाई खवर गरेको थियो,परिवारले शव भेटिएको स्थानमा नै आएर सनाखत गर्नुभएको छ, शव पोष्टमार्टमपछि परिवारलाई बुझाउँछौं ।’ मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए ।  बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन्  ।  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव केसीले घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी  र नेपाल आर्मीले खोजी कार्य जारी राखेको बताए । घटनाको भोलि पल्ट बाढीले बगाएको गाडीको केही भाग सुरक्षाकर्मीको टोलीले फेला पारेको थियो ।   

बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।   हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो ।   नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनुपरेको हो ।   नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।