काठमाडौँ: नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताउनुभयो । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताउनुभयो । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ । रासस
गोरखा: उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवासस्थित इलाका प्रशासन कार्यालयबाट पास वितरण कार्य थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमबार नै सिर्दिवास पुगेको थियो । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताउनुभयो । उहाँका अनुसार वडा नम्वर ३ बाहेकका अन्य नागरिकलाई पास वितरण गरिने छ । उक्त पासको म्याद एक बर्षको हुने उहाँको भनाइ छ । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उहाँको भनाइ छ । नेपालभरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उदेश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने उहाँले जानकारी दिनुभयो । गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशनपछि पास वितरण कार्य थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । नागरिकता भएको व्यक्तिलाई मात्र पास उपलब्ध गराइने बताइएको छ । पास पाएपछि स्थानीय खुशी छन् । उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र तिब्बत मानिन्छ । खाद्यान्न देखि आवश्यक सबै उपभोग्य वस्तु उनीहरु तिव्वतबाट ल्याउने गर्छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोगको प्रक्रिया तत्काल अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने स्पष्ट पार्नुभयो । बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा गम्भीर छलफल भएको छ । प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको पनि उहाँले बताउनुभयो । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको थियो ।
काठमाडौँ: समाजवादी जागरण अभियान चलाउन सहरबाट गाउँ छिरेको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को शीर्ष नेतृत्व यति बेला स्थानीय पालिकामा पुगेको छ। स्थानीय पालिकामा पार्टीको वास्तविक अवस्था बुझ्दै पार्टीप्रति आकर्षण बढाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका पदाधिकारी स्थानीय पालिकामा पुग्नुभएको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले असोज १४ गतेबाट सुरु भएको अभियान असोज २९ गते सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार १५ दिने जागरण अभियानमा एकीकृत समाजवादीले नौ सय किलोमिटर जागरण जनअभियान यात्रा पूरा गर्ने छ। उहाँले पूर्वको काँकडभिट्टाबाट सुरु भएको पार्टीको अभियान स्थानीय तहमा पुगेर आम सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने गरिएको बताउनुभयो। उहाँले हालसम्म १२३ स्थानमा सभा सम्पन्न भएको जानकारी दिनुभयो।
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । अस्ति मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो । सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
पोखरा: बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आइएसएमटी कलेज पोखराले यस वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका १५ अन्नपूर्णमार्गस्थित सञ्चालनमा रहेको आइएसएमटी कलेजले हस्पिटालिटीको क्षेत्रमा दक्षा जनशक्तिको माग बढिरहेको अवस्थालाई मध्यजजर गर्दै बिएचएमको कार्यक्रम थपेको हो । सन् २०१८ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आइएसएमटी ग्रुप अन्तरगतको आइएसएमटी कलेजले यसअघि बिएससी आइटी र बिबिए अध्यापन गर्दै आएको छ । परिवर्तित समय र पोखरामा हस्पिटालिटीको क्षेत्रमा कामदारको मागलाई मध्यनजर गर्दै दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यले बिएचएम कार्यक्रम थपेको कलेजका एशोसियट अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी दिए । कलेजका अनुसार आइएसएमटीमा अध्ययन गरेपछि विद्यार्थीहरु होटल, पर्यटन क्षेत्र, एयरलाइन्स लगायतका विभिन्न हस्पिटालिटी र कर्पोरेट क्षेत्रमा काम गर्नसक्ने गरी दक्ष भएर निस्कने छन् । आइएसएमटी ग्रुप अन्तरगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा आइएसएमटी कलेजहरु सञ्चालनमा रहेका छन् । हालसम्म यस ग्रुपको कलेजबाट सयौंको सँख्यामा बिएससी आइटी र बिबिएमा दक्ष विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् ।
काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू- १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ । क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो । क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपलले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ । नेपालको टोली : देव खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा । वैकल्पिक खेलाडीहरु : प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।
गोरखा: जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ । सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्ने गरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो । नेपाल सरकारबाट नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ । नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिससहित प्रशासनमा निवेदन दिनुपर्नेछ । त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उहाँले बताउनुभयो । रासस
दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्। चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धानका लागि दोलखा पठाइसकेको छ। गत असोज १० दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो। गत शुक्रबार ९ असोज १२० गते प्रहरीले तीन किलो सुन बरामद गरेको थियो। अनुसन्धानकै क्रममा थप चार किलो सुन आइतबार दोलखाबाटै बरामद भएको हो।