पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट पत्रकार सुष्मा पौडेल सदस्य पदमा निर्वाचित भएकी छिन् । पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा पत्रकार पौडेलले ६ सय ३० मत प्राप्त गर्दै खुला युवा महिला सदस्य सदस्य निर्वाचित भएकी हुन् । निर्वाचित पौडेल प्रेस चौतारी गण्डकी प्रदेशको इन्चार्ज हुन् । युवा महिला पदमा ५ जनाको कोटाभएपनि ८ जनाको उम्मेदवारी परेपछि पौडेलसहित ५ जना निर्वाचित भए । सो पदमा सुरक्षा लामिछाने, सिर्जना केसी, अञ्जु केसी, छविकला पाण्डे निर्वाचित भएकी थिइन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्षमा स्याङ्जाको मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दानबहादुर विक र पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ महिला उपसचिवमा निर्वाचित भएका छन् ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले उक्त आग्रह गर्नुभभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयकमाथिको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्नुभएको थियो । विधेयकलाई जनताको सुझावका लागि प्रचार गरियोस् भनी सांसद गणेश पराजुलीले राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । छलफलका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विधेयकमा सरोकारवालाका धेरै चासो रहेको बताउनुभयो । विद्यार्थीको निःशुल्क र अनिवार्य शिक्षाका सवाल, शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, राहत शिक्षक, बाल विकास शिक्षक, स्थानीय सरकारसँगको समन्वय आदिलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानको मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाका आवाजलाई सम्बोधन गरी सहमतिका आधारमा विधेयक पारित गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा ९एमाले०का सांसद रघुजी पन्तले भन्नुभयो, “सांसदले आफ्नो दृष्टिकोणका आधारमा विधेयक बनाउने हो । प्रस्तुत संविधानका भावनाभन्दा बाहिर जान सकिँदैन । संसद्को कार्यक्षेत्रलाई सरकारले हस्तक्षेप गर्न मिल्दैन ।” नेकपा (माओवादी केन्द्र) सांसद जनार्दन शर्माले विधेयकसँग सम्बन्धित विषयमा सरकारले गरेको सहमतिलाई सरकारले प्रस्तुत गरेपछि त्यसलाई सहमतिका आधारमा ल्याउन आफूहरु तयार हुने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धि र आम सरोकारवालाको चासोलाई सम्बोधन गर्न विधेयकसक्षम हुनुपर्ने बताउनुभयो । जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले स्वार्थ समूहलाई हाबी हुन नदिई नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति अक्षरशः पालना हुनुपर्ने बताउनुभयो ।
गलकोट: बागलुङमा पछिल्लो समय डेङ्गुु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ । साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँले जिल्लामा डेङ्गुु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गर्नुभयो । “एक महिना अघिसम्म डेङ्गुु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई सङ्क्रमण भएर अहिले सङ्क्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा सङ्क्रमण फैलिएको हो”, प्रमुख शर्माले भन्नुभयो, “डेङ्गुुको सङ्क्रमण तीव्र भइरहेकाले सबैजना लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।” बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा परीक्षण गर्दा ९६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ । जिल्लामा डेङ्गुुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र ज्वरो आएका बिरामीको निःशुल्क डेङ्गु परीक्षण भइरहेको अस्पतालले जनाएको छ । धौलागिरि अस्पतालमा डेङ्गु सङ्क्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ । अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिँगटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान ओझेलमा परेकामा रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम थालिएको छ ।
काठमाडौं: चीनमा जारी १९ औं एसियाली खेलकुद ९एसियाड०अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ। हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरकोमा भएको सेमिफाइनलमा भारतसँग ६१/१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ। पहिलो सहभागितामा नै महिला कबड्डी टोली पदक जित्न सफल भएको छ ।
काठमाण्डौ: काठमाण्डौको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजो ज्यान गएको हो । यही असोज १० गते काठमाण्डौ महानगरपालिका–४ पञ्चकन्यामा रहेको आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ । लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहनुभएको छ ।
काठमाडौँ: मङ्गलवार बझाङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले बुधवार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जय पृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गा थली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठुलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो। एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौँको सङ्ख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन बिताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने काँग्रेस नेता महरले बताउनुभयो । महरसँगै प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गा थली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली काँग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै काँग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित रहेका थिए । त्यस्तै काँग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौँ माओवादी केन्द्र इन्चार्ज पदम जोशी, काँग्रेस नेता पुष्कल बहादुर बोहरा, नेकपा एसका नेता दीपक बहादुर बोहरा, काँग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका वीर बहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो। नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागिता रहेको थियो।
मनाङ: हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आज ९शुक्रवार०देखि सुरु हुने भएको छ । अधिवेशनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने भएको छ । आयोजक कमिटीका अध्यक्ष प्रेम पराजुलीका अनुसार एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्यको प्रतिनिधित्वमा अधिवेशन गर्न लागिएको बताउनुभयो ।
काठमाडौं: बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको रेकर्ड छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिए ।