विवादित मन्त्री र विपक्षीका प्रश्नको सरकारले फागुन १८ मा जवाफ दिने

काठमाडाैं | फागुन १४, २०८०

विवादित मन्त्री र विपक्षीका प्रश्नको सरकारले फागुन १८ मा जवाफ दिने तस्बिर फाइल

काठमाडौं:     प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ । 


प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको थियो ।


१५ मिनेट प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी थिए ।


सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आगामी बैठकमा दलहरूले उठाएका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका थिए ।


प्रतिनिधिसभाको सोमबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने रहेको छ ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्