बागलुङ बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित रानाभाट प्रकाउ
पाेखरा | फागुन ११, २०८०
पोखरा: पोखरामा ५ लाख बढीको अवैध सामानसहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई बागलुङ बसपार्कबाट विल नभएका अवैध सामानसहित बिहीबार प्रकाउ गरेको हो ।
कास्कीको माछापुच्छ«े गाउँपालिका घाचोक भई पोखरा–४ बागलुङ बसपार्कमा घर भाडामा लिएर स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका मालसामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका रानाभाटलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

