माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
काठमाडाैं | फागुन ११, २०८०
तस्बिर फाइल
काठमाडौं: नेकपा माओवादी केन्द्रको बिहीबारदेखि सुरु स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार बसेर शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए ।
रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । सापकोटाले स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने जानकारी दिए ।
आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । हिजो बसेको बैठकले तीन महिने रुपान्तरण अभियानका क्रममा उत्कृष्ट काम गर्ने र नगर्ने तीन तीन जनाको नाम पठाउनका दशवटै प्रदेशका इन्चार्जलाई निर्देशन दिएको थियो । आज उक्त सूची पेस गर्ने कार्यसूची थियो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

