बेलायतका विकासमन्त्री दैलेखको दुर्गम गाउँ नौमूलेमा
दैलेख | फागुन १०, २०८०
दैलेख: बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ ।
काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका–१ तोलिको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी जानकारी लिएको हो ।
त्यस अवसरमा मन्त्री मिचेलले नौमूलेमा बालिका शिक्षा, सुशासन, समावेशितासँगै जलवायु अनुकूलनका थप कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो ।
जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको कार्यक्रममार्फत सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन सम्पन्न भएको नौमूले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले राससलाई जानकारी दिनुभयो ।
जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न सिँचाइ कुलोलगायत संरचनाबाट स्थानीय बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका र चालू आर्थिक वर्षभित्र कार्यक्रमका बाँकी काम पूरा गर्ने, जनताले पाएका सुविधा र थप कार्यक्रम कसरी लागू गर्ने भन्ने विषयमा छलफल भएको अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

