पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

काठमाडौं:  भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ ।   दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।  

काठमाडौँ: विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो ।    राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु(याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ ।    मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, छिरिङका सवारीचालक लोकेन्द्रकुमार पौडेल तथा निमा गुरुङलाई विपक्षी बनाइएको छ । ७३० थान भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा यसअघि पनि मुद्दा दायर भइसकेको थियो ।    मुख्य अभियुक्तलाई छाडेर अन्यलाई मुद्दा चलाइएको भन्दै संसद्मा समेत पटक पटक विरोध भएपछि प्रहरीले पुनः मुद्दा लगेको हो । मुद्दा अनुसन्धानका सिलसिलामा पूर्वसभामुख महरासँग पनि प्रहरीले सोधपुछ गरेकोमा प्रतिवादी भने कायम गरिएको छैन ।    मुद्दामा प्रतिवादी बनाइएका छिरिङ ६१ किलो सुन प्रकरणमा पनि जोडिएका छन् । अदालतको आदेशले छिरिङ पुर्पक्षका लागि थुनामा छन् । चारै जनालाई मुलुकी अपराध संहिताको दफा २५१ ९१० तथा २५२ ९२० तथा भन्सार ऐन र सङ्गठित अपराध निवारण ऐनविपरीतको कसुर आकर्षित गरिएको छ ।    अभियोगपत्रमा छिरिङविरुद्ध मुलुकी अपराध संहिताको व्यवस्था अनुसार आपराधिक विश्वासघातमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिबानाको माग गरिएको छ । यस्तै भन्सार ऐनको दफा ५७ को व्यवस्था अनुसार तीन वर्षदेखि पाँच वर्षसम्म कैदको पनि माग गरिएको छ । यस्तै सङ्गठित अपराध निवारण ऐन २०७४ को दफा ९ को खण्ड (क) बमोजिम कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम हुने सजायमा थप ५० प्रतिशत सजायको दाबी पनि अभियोगपत्रमा गरिएको छ । यस्तै रेशम महरा, लोकेन्द्रकुमार पौडेल र निमा गुरुङको हकमा कसुर तथा दुरुत्साहनमा हुने सजाय दाबी गरिएको छ ।     

काठमाण्डौ: नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।   पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो ।   साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगति अपेक्षित रुपमा हुन सकेको छैन ।   २०७९ साउनमा आयोजनाको म्याद सकिएपछि थप एक वर्षको समय पाएको थियो । काम नसकिएपछि २०८० भदौ ११ गतेदेखि लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ । अहिलेसम्म आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाको पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो ।    नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको उहाँले बताउनुभएको छ । गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।   चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।   सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार शुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

काठमाण्डौ: चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले गैँडा जुधेर मरेको हुनसक्ने बताउनु भएको छ ।    चितवन राष्ट्रिय नकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै पाँच वटा गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ । 

काठमाडौं:    नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधवार शृङ्खलाको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार समूह चरणका खेल मूलापानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ । शृङ्खलाको पहिलो खेल दिउँसो १ बजे र अन्य खेल बिहान ११ बजे शुरु हुने तालिका छ ।   

पोखरा:  कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको  मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ  घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने  धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।   घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए  । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् ।  यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तीको कामना गर्दै विशेष पुजा गरिने भएको हो ।  बडा दशैंको फुलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रीक पुजा गरीने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ ।  दशमीमा  मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा  विर्सजन हुने छ ।   यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने   सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने  मन्दिरका अमाली खिम वहादुर कार्कीले बताए ।   यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।

काठमाण्डौ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।   आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताउनुभएको हो । उहाँले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताउनुभयो । आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेको परिणाम नआउने उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानबाट नै सिर्जना गर्‍यौँ । आयोगलाई अधिकार र जिम्मेवारी पनि दियौँ । तर आयोगबाट अपेक्षाकृत परिणाम आएन । किनकि यसको जरामै समस्या छ । यसको नियुक्तिमै समस्या छ । यसको नियुक्तिमा धेरै दलगत हस्तक्षेप र भागबन्डा भएको छ, पछिल्लो समय अदालत पनि तानिएको छ, मुछिएको छ । अख्तियारको प्रमुख स्वयंलाई आयोगको दुरुपयोग गरेको, भ्रष्टाचारको मुद्दा लागेको छ, सदस्य सचिवलाई मुद्दा लागेको अवस्था छ । कानुन नै संशोधन गर्नुपर्छ ।’   महामन्त्री थापाले संवैधानिक परिषद्सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताउनुभयो । नीतिगत निर्णय के हो भन्नेबारेमा छुट्टै कानुन बनाइनुपर्ने उहाँको भनाइ छ ।

जोमसोम: मुस्ताङमा लेक लागेर दुई विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युक्रेनी नागरिक र अर्का एक भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। पोखराबाट १० जनाको समूहसहित असोज १९ गते मुस्ताङ भ्रमणका लागि आएकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए  कागबेनी बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेकको समस्या देखिएको सूचना अधिकारी प्रहरी निरीक्षक गौतमले बताए।    युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं उद्धार गरिएको प्रहरीले बताएको छ।   त्यसैगरी भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि आउँदै गरेकी भारतीय पर्यटक वर्ष ६४ वर्षीया रेवतीको लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। उनको उपचारको क्रममा मृत्यु भएको थियो। भारतदेखि १०३ जना भारतीय दर्शनार्थी टोली पोखराबाटबेनी(जोमसोम सडक हुँदै थासाङ गाउँपालिकाको लेते आइपुगेको थियो।    मुक्तिनाथ दर्शन गर्न उद्देश्यले मुस्ताङ आएकी उनलाई लेते आउँदा लेक लागेको थियो। थासाङको लेते प्राथमिक स्वास्थ्य उपचारकेन्द्रमा उपचार लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। उनी यसअघि पनि विभिन्न रोगबाट ग्रस्त थिइन्।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृतक भारतीय महिलाको शव पोस्टमार्टमका लागि एम्बुलेन्समार्फत् पोखरा लगिएको छ। होचो स्थानबाट एक्कासी स्वास्थ्य परीक्षण नगरी मुस्ताङ आउने प्रचलन र कुनै होल्डिङ सेन्टरमा विश्राम नगरी अग्लो स्थानमा आइपुग्दा लेकको समस्या हुने गरेको प्रहरी निरीक्षक गौतमले बताए। मुस्ताङ समुन्द्री सतहको २७ देखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ। गत वर्ष मुस्ताङ भ्रमणका लागि आएका १० जना आन्तरिक तथा बाह्य पर्यटको लेक लागेर मृत्यु भएको थियो। 

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी लिनुभएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आजै  जहाज पठाउन निर्देशन गर्नुभएको हो । आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ । जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभएको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।