पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

सिन्धुली:  सिन्धुली कारागार कार्यालयमा एक कैदी बन्दीको मृत्यु भएको छ।   मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा छन्।   सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका थिए।   उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।   विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।   विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।    

काठमाडौं:   भारत आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो । जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन वनाएपनी टोलीलाई जिताउन सकेनन् । केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भए । केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए । भारतलाई सुरुवातमा मोहम्मद शामीले दुबै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दुबै ओपनर रचिन रबिन्द्र र डेभन कन्वे एज लागेर विकेटकिपर लोकेश राहुलबाट समान १३ रनमा क्याच आउट भएका थिए । ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो गर्न सकेनन् । शामीको ३३ औं ओभरको दोस्रो बलमा विलियम्सन सुर्यकुमार यादव बाट क्याच भएपछि जितको सम्भावना टाढिएको थियो । भारतका मोहम्मद शामीले ९।५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो । भारतको जितमा युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए । विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । कोहलीको यो ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् । भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए । पहिलो विकेटका लगि रोहित र गिलले ९।२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि गिल र कोहलीले ९३ रनको साझेदारी गरेका थिए । त्यसपछि कोहली र ऎरले १ सय २८ बलमा १ सय ६३ रनको सानदार शतकिय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । युवा ब्याटर शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहे । गिल ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। लोकेश राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहे ।   न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।   दोस्रो सेमिफाइनल बिहिबार हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

पोखरा:   होटल संघ पोखराले पोखरामा १६ औं भाइटिका महोत्सव मनाएको छ ।   दिदिभाइको सम्बन्धको महत्व प्रष्ट्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भाइटिका महोत्सव मनाएको हो ।    संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार १५ राष्ट्रका ६८ पर्यटकले भाइटिका ग्रहण गरेका थिए ।    उनले अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायत देशका नागरिकहरु महोत्सवमा टिका लगाएको जानकारी दिए ।     भाइटिका र ट्रेकिङ जाने समय एउटै सिजनमा हुने भएकाले यसपटक पर्यटकको सँख्या वृद्धि भएको सुवेदीले बताए  ।   उनका अनुसार ति पर्यटकहरुलाई रेन्वो चिल्ड्रन होमका बालिकाहरुले टिका लगाइदिएका थिए ।    पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई उपहार स्वरुप दक्षिणा दिएका थिए ।    हेर्नुहोस् तस्बिर:                

पाेखरा:  गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ ।   स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर मंगलबार राती ११ बजेको आसपासमा मोटरसाइलमा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटना भएकाे थियाे ।    उपचारकाे क्रममा २२ वर्षीय थापामगरको मृत्यु भएको बताइएको छ ।   सन्तोषले गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोषका,बुवा, आमा र श्रीमती छन् ।

पोखरा:  पोखरा महानगरपालिका १ बगरमा सक्रिय रहेको भीमकाली क्लबले संस्कृति जोगाउने उद्देश्यसहित देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।   भाइटीकाको पूर्वसन्ध्यामा ट्याक्सीचोकमा विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्दै तेस्रो भीमकाली साँझ सम्पन्न गरेको हो ।   उक्त कार्यक्रमको उद्घाटन पोखरा महागरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे ।   सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लब सक्रिय रहेको बताउदै अन्य क्लबले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।   उनले भीमकाली क्लबको कार्यले समाज रुपान्तरण गर्न भूमिका खेल्ने बताउदै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।    यस्तै कार्यक्रम संयोजक अनिश गुरुङले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि संस्कृति संरक्षणको उद्देश्यसहित सांस्कृति साँझको आयोजना गरिएको बताए ।    उनका अनुसार गुरुङ, मगर, थकाली, तामाङ, राई लगायतका समुदायमा प्रचलित नृत्यहरु सो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।  ‘हामीले हरेक वर्ष भीमकाली साँझ  आयोजना गर्छाैं, उनले भने, ‘यसको उद्देश्य भनेको विभिन्न जाति तथा समुदायको नृत्यहरुलाई उजागर गर्ने हो । यस कार्यक्रमले धेरै थोरै भएपनि संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास छ ।’   उनका अनुसार भीमकाली क्लब सांस्कृतिक क्षेत्रमा मात्रै नभएर खेलकुद र सामाजिक क्षेत्रमा समेत सक्रिय रहदैं आएको छ ।    

काठमाडौँ:  हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ ।   नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।    टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।    नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे ।   ब्याटिङतर्फ कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन् ।   सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन् । उक्त खेलमा दुबै टोलीका अन्य कुनै ब्याट्रले छक्का प्रहार गर्न सकेनन् । यसदेखि वाहेक नेपालका लागि कप्तान इन्दू बर्माले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् ।    इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन् । नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन् । इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन् । उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन् । खुसी डंगोल शून्य रनमा अविजित रहिन् ।    तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन् । निमा पियुषले दुई विकेट हात पारिन् ।   आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक—एक विकेट लिए । नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ । सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ ।

पोखरा:  पोखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गर्ने युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ बिरौटास्थि गोधुली संसार पथ बस्ने २२ वर्षीया रविन क्षेत्री रहेका छन् ।   कास्की प्रहरीका अनुसार रविनले हिजो २८ गते करिब १२ बजे ५२ बर्षीय रामु क्षेत्रीलाई खुर्पा (हतियार) प्रहार गरी फरार थिए ।   घाइते भएका राजुलाई उपचारका लागि चरक मेमोरीयल अस्पतालमा पठाइएको थियो । त्यसपछि करिब ५ बजे चिकित्सक टालीले मृत्यु घोषणा गरेको थियो ।    खुर्पा प्रहार गर्ने व्यक्ति फरार भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत तथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटोसहितको खोजतलासको लागि प्रहरी परिचालन गरेको थियो ।   त्यसैको आधारमा  जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरि कास्की पठाएको छ ।   हाल कास्की प्रहरीको नियन्त्रण रहेका रविनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।  

काठमाडौँ:  नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।   हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।   ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।    पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् । यो खबर राटोपाटीमा प्रकाशन भएको छ ।

जनकपुरधा:  महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् ।   घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।   दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।   उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।   उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो ।   महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको डिएसपी गिरीले बताए ।