गण्डकी ढुवानीको नयाँ कार्यालय

पाेखरा | फागुन २५, २०८०

गण्डकी ढुवानीको नयाँ कार्यालय

पोखरा:    गण्डकी ढुवानी प्रालिले पोखरा महानगरपालिका–१० बुद्धचोकमा नयाँ कार्यालय स्थापना गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आज (शुक्रबार) गण्डकी ढुवानी प्रालिको नयाँ कार्यालयको उद्घाटन गरे ।


कार्यालयको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायीहरु एकताबद्ध अगाडि बढ्न आवश्यक रहेको बताए । 


‘यातायात व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको छ’, पौडेलले भने, ‘व्यवसायीहरुको विभिन्न समस्या मागहरु सरकारले सम्बोधन नगरेकाले व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’


उनले यातायात क्षेत्रमा रहेका समस्याहरु समाधान गरेर व्यवसायीहरुलाई तनाव मुक्त गर्न आवश्यक रहेको सुनाए । 


गण्डकी ढुवानी प्रालिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङले व्यवसायीहरुको माग सरकारले नसुनेको गुनासो गरे । 


‘हामीले विभिन्न मागहरु राखेर पोखराका ३३ वटै वडामा पत्र पठायौं तर सुनावाई भएन’, तामाङले भने, ‘स्थानीय सरकारले ढुवानी क्षेत्रका लागि सशुल्क जग्गाको माग राख्दा पनि दिन सकेन ।’


उनले सरकारबाट मागको सुनावाई भन्दा बढि आश्वासन मात्र पाएको दुखेसो गरे । 


माछापूच्छ«े ढुवानी प्रालिका उपाध्यक्ष कृष्ण गौतमले सरकारको नीति व्यवसायी मुखी नहुँदा प्रशासनबाट हैरानी व्यहोर्न परेको बताए । 


गण्डकी ढुवानी प्रालिका अध्यक्ष मनोज रसाइलीले सबै व्यवसायीहरुलाई एकजुट बनाउन लागेको बताए । 


कार्यालय स्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले ढुवानी व्यवसायीहरुले ढुवानीको मूल्य तोक्न आवश्यक रहेको बताए । 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्