गण्डकी ढुवानीको नयाँ कार्यालय
पाेखरा | फागुन २५, २०८०

पोखरा: गण्डकी ढुवानी प्रालिले पोखरा महानगरपालिका–१० बुद्धचोकमा नयाँ कार्यालय स्थापना गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आज (शुक्रबार) गण्डकी ढुवानी प्रालिको नयाँ कार्यालयको उद्घाटन गरे ।
कार्यालयको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायीहरु एकताबद्ध अगाडि बढ्न आवश्यक रहेको बताए ।
‘यातायात व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको छ’, पौडेलले भने, ‘व्यवसायीहरुको विभिन्न समस्या मागहरु सरकारले सम्बोधन नगरेकाले व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’
उनले यातायात क्षेत्रमा रहेका समस्याहरु समाधान गरेर व्यवसायीहरुलाई तनाव मुक्त गर्न आवश्यक रहेको सुनाए ।
गण्डकी ढुवानी प्रालिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङले व्यवसायीहरुको माग सरकारले नसुनेको गुनासो गरे ।
‘हामीले विभिन्न मागहरु राखेर पोखराका ३३ वटै वडामा पत्र पठायौं तर सुनावाई भएन’, तामाङले भने, ‘स्थानीय सरकारले ढुवानी क्षेत्रका लागि सशुल्क जग्गाको माग राख्दा पनि दिन सकेन ।’
उनले सरकारबाट मागको सुनावाई भन्दा बढि आश्वासन मात्र पाएको दुखेसो गरे ।
माछापूच्छ«े ढुवानी प्रालिका उपाध्यक्ष कृष्ण गौतमले सरकारको नीति व्यवसायी मुखी नहुँदा प्रशासनबाट हैरानी व्यहोर्न परेको बताए ।
गण्डकी ढुवानी प्रालिका अध्यक्ष मनोज रसाइलीले सबै व्यवसायीहरुलाई एकजुट बनाउन लागेको बताए ।
कार्यालय स्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले ढुवानी व्यवसायीहरुले ढुवानीको मूल्य तोक्न आवश्यक रहेको बताए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...