पर्वत र बनौ बास्केटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश
पाेखरा | फागुन २४, २०८०
पोखरा: पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले बौद्धलाई ६६–५६ ले हरायो । ताङतिङले काठमाडौंको बलर्स एकेडेमीलाई ४९–४२ स्कोरले पराजित ग¥यो ।
अर्को खेलमा मर्दीखोला ओरेन्जलाई बनौले ६५–३४ ले जित्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नदीपुरले गलेश्वरलाई ६७–३३ ले पाखा लगायो । मर्दीखोल मरुन र नागीबिचको खेल वर्षाका कारण हुन नसकेको उनले जानकारी दिए ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६, पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

