पोखरा: पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष कोषको स्थापना गर्नुभएको हो । गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण गर्नुभएको हो । दुई छोरा बुहारी सहितका परिवार अमेरिकामा रहेका र आफु पढ्न नसक्ने भएको कारण पढनु पर्दछ भन्ने सोचका साथ ५३ बर्षको उमेरमा कक्षा १ भर्ना भएर सात कक्षासम्म अध्ययन गर्नुभएको थियो । सो अवसरमा पराजुलीले विभिन्न कक्षामा अध्ययनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र चलेट वितरण गरेर उहाँले विद्यालय परिवारसंग आप्mनो जन्मदिन मनाउनु भएको हो । पछिल्लो समय आफु र आफन्तको जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर सामुदायिक विद्यालयलाई अक्षयकोष स्थापना र शैक्षिक सामाग्री वितरण गर्ने प्रचलन बढेको छ । विद्यालयमा तीन महिलाको अवधिमा नगेन्द्र शर्मा भण्डारीले छोरा एलेक्स शर्मा भण्डारीले ५५ हजार ५५५, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमवावु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिनमा २१ हजार २२१ बरावरको अक्षयकोष र दृश्यम भिडिया हाउसको स्थापना दिवसको अवसरमा ६५ हजार मुल्य बरावरको शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो । विद्याथलय सञ्चालनार्थ विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिबाट हालसम्म दश लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको व्याजबाट प्राप्त रकम विद्यार्थीमा अध्ययनरत विद्यार्थीलाई प्रत्येक बर्ष वितरण गर्दै आएको विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो ।
पोखरा: शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका हुन् । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गरेका हुन् । अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं. २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समयदेखि पोखरामा व्यवसाय गर्दै आएका छन् । यस्तै मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं. ३० का धुव्रराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका छन् । उनीहरुलाई तीन बर्षका लागि नियुक्त गरिएको हो । अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ । कार्यविधि अनुसार वडा नं.३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा। सुमन खनिया सदस्य सचिव रहेका छन् ।
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो । सो अवसरमा बोल्दैै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक कामलाई समेत अगाडी बढाएकोमा एकेडेमी प्रति आभार प्रकट गर्दै जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढ्नुनै अहिलेको आवश्यक्ता रहेको योगीको भनाइ रहेको थियो । मदन भण्डारीलाई जनताले मानेको एक नेता भएकाले भण्डारीको बिचारलाई अंगीकार गरि मदन भण्डारी स्पोर्टस एकेडेमीले दिन दुखीको सेवामा लागि परेको र दिन दुखीको सेवामा आफुपनि लागि पर्ने समेत बताइन । मानव रहित सडक निर्माणका लागि मानव सेवा लागि परेको र त्यसका लागि सम्पूर्ण संघ संस्था ब्यक्तिहरुले सहयोग गर्नुपर्नेमा उनको भनाइ थियो । मानव सेवा आश्रम पोखराका प्रमुख सदिश पुनले मदन भण्डारी स्पोर्टस एकेडेमीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रम छोरेपाटनमा आश्रिम आमाहरु र बालकबालिका लागि खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । मदन भण्डारी कम्युनिष्ट आन्दोलनको धरोहर र उहांको मार्गनिर्देशनमा अगाडी वढ्दै दिन दुखीको सहयोगमा समेत स्पोर्टस एकेडेमी लागि परेकोमा एकेडेमी प्रति पुनले आभार प्रकट गरे । पुनका अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखामा एक सय जना आमा तथा बालबालिका र हेम्जा शाखामा १ सय ७० जना आश्रित रहेको र उनीहरुको लागि स्वदेश र विदेशमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खाने र बस्ने र उपचारको ब्यवस्था मिलाइएको समेत बताए । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले मनद भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदका गतिविधी संगै सामाजिक सेवामा समेत अगाडी वढिरहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका नगर युवा परिषद्ले अनलाइनखबरकर्मी अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पत्रकारिता गरिरहेका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका हुन् । सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा चियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन) कृषिबाट अर्गानिक ‘हरिलो’ उत्पादन तथा विक्री गरिरहेकी रोशनी आचार्य, खेलकुद क्षेत्रबाट लङ टेनिशका खेलाडी प्रदीप खड्का पुरस्कृत भए । पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा दीगो विकास क्षेत्रमा क्रियाशील पौडेल फोहोरमैला व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेर काम गरिरहेका छन् । विज्ञान तथा प्रविधि, शिक्षा क्षेत्रबाट पुरस्कृत नेपालीले रेस्ट्रो एक्स एपमार्फत देश तथा विदेशमा १० हजार होटल, रेस्टुरेन्टलाई डिजिटल सेवा दिइरहेको छ । उनले ४६ जनालाई रोजगारी दिइरहेका छन् । कला, साहित्य, संस्कृति तथा नाट्य क्षेत्रबाट पुरस्कृत परिवर्तनको नेतृत्वमा नाटक घर निर्माण गरेर नाटक निर्माण, मञ्चन तथा प्रवद्र्धनमा लागि परेका छन् । हरिलो नाममा अर्गानिक अचार देश तथा विदेशमा पु¥याइरहेकी रोशनीले मासुजन्य अचारसहित विभिन्न कृषि उत्पादनको बजारीकरण गरिरहेकी छन् । हरिलोमा अहिले २५ जनाले रोजगारी पाएका छन् । लङ टेनिश खेलाडी प्रदीप नेपालकै उत्कृष्ठ खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कार प्राप्त गरेका छन् । गण्डकी विश्वविद्यालयका डिन डा। कपिल अधिकारीको संयोजकत्वमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी प्यासीपरियार, पोखरा खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । ६ जना युवाहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरे । विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरुले ६ जना युवाहरुको नाम सिफारिस गरेका थिए । छनोट समिति संयोजक डा। अधिकारीले आआफ्नो क्षेत्रमा दख्खल राखेका देशमै सम्भावना देखाइरहेका युवाहरुको सूचीबाट ६ जनाको नाम सिफारिस गरिएको बताए । ‘६ वटा क्षेत्रमा विभाजन गरेर विभिन्न चरणको छनोट प्रक्रियाबाट नाम टुंग्यायौं तर यो सूचीमा हुने अन्य पनि योग्य नभएर होइन, भएकामध्येबाट राम्रो छानिएको हो,’ संयोजक अधिकारीले भने । साहित्यकार उपेन्द्र पौडेलले पोखरा अब भूगोल नभएर संस्कृति बनेको बताउँदै नागरिकता हेरेर युवा प्रतिभा छनोट गरिएको बताए । पोखरा महानगरका मेयर आचार्यले अहिले समाजमा निराशामात्रै व्यक्त भइरहेका बेला आशा जगाइरहेका युवाहरुलाई पुरस्कृत गर्दा अन्य युवाका निम्ति पनि प्रेरणादायी हुने बताए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले पोखरा महानगरपालिका–९ मा भएको विकासक्रमको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्क नजिकैको फल्चामा ‘तस्बिरमा पोखरा–९’ फोटो प्रदर्शनी गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका–९ वरपरका क्षेत्रसँगै समग्र पोखराको ऐतिहासिक, पर्यटकीय, समसामायिक विषयका विकास क्रम झल्कने फोटो राखिएको एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले बताए । विभिन्न कालखण्डमा खिचिएका ४० फोटो प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । पोखरा ३ का वडाअध्यक्ष प्रकाशमान उदाससहित पोखरा ९ का वडासदस्यहरु, पत्रकार स्थानीय, विद्यार्थीहरुको सहभागिता थियो । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई थियो । फोटो प्रर्दशनीको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरे । कार्यक्रममा वडाध्यक्ष मर्सानीले प्रदर्शनीमा राखिएका फोटो वडाको दस्तावेज र विकासको नमुना भएको दाबी गरे । पुराना फोटोले तत्कालिन अवस्था र हालको फोटोले विकास क्रममा माथि उठ्दै गरेको स्पष्ट देखिएको उनको भनाइ थियो । फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले आयोजना गरेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको अध्यक्ष मर्सानीले सुनाए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनीले भएकोमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । आगामी दिनमा पनि फोटो पत्रकारले आयोजना गर्ने सिर्जनात्मक कार्यक्रम वडा कार्यालयले साथ दिने उनको प्रतिवद्धता थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पत्रकारितामा फोटो अपरिहार्य रहेको बताए । शब्दले उल्लेख गर्न नसक्ने विषय फोटोले बुझाउन सहयोग पुग्ने भएकाले सबै सञ्चार गृहले फोटो पत्रकार नियुक्त गर्नुपर्नेमा उनको जोड थियो ।
पोखरा: पोखरामा आज टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ४२ वर्षीय मिना क्षेत्री गम्भिर घाइते भएकी थिईन् । टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी स्याङ्जा फेदीखोलाको सर्केटारीकी क्षेत्रीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि टिप्पर, टिप्पर चालक र स्कुटरलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
पोखरा: सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । जेठ १७ गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म ३६० पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो । बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताउनुभयो । ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उहाँले हौसला प्रदान गर्नुभएको छ । एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सवैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ । तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।
पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ‘ए’बाट एपिएफ क्लब र समूह ‘बि’बाट त्रिभुवन आर्मी क्लबले सेमिफाइनलको ढोका खुल्ला गरे । पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह एतर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतीलाई ३०–१ गोल अन्तरले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो । बागमतीले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बितर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनायो । सोही समूहको अर्को खेलमा कर्णालीले लुम्बिनीलाई ६–४ गोलले हराएको छ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । समूह ए मा एपिएफ, गण्डकी, बागमति र मधेश प्रदेश रहेको छ भने समूह बि मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर आधारभुत तहदेखि माध्यामिक तहसम्मका करिब ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रातर्फ कक्षा ७ की आयुष्मा भुजेल प्रथम र कक्षा ८ की प्रिष्टिना रसाइली द्वितीय भए । यस्तै छात्रतर्फ कक्षा ७ का आदित्य लम्साल प्रथम र कक्षा ९ का दिवस घिमिरे द्वितीय भए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

