पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...

पोखरा:   पोखरामा पहिलो पटक हुन भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।  १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभि गाडी प्रति आगन्तुकको बढि चासो देखिएको छ ।  अटो शोमा भेटिएका न्युरोडका श्याम मल्लले अहिले प्रयोग गरिरहेको पेट्रोल गाडीलाई एक्सचेन्ज गरेर इभी गाडी बुक गरेको सुनाए ।  उनले पेट्रोल गाडीले इन्धन खर्चका साथै वातावरणमा पनि असर गर्ने र सम्भार खर्च पनि बढने हुँदा इभि गाडी तर्फ रुची बढेर बुकिंग गरेको बताए ।  यसै गरि अटो सोमा इभीका नया फिचर सहितका सवारीसाधन बुक गर्न आएका मोहोरिया टोलका कमल श्रेष्ठले पनि समय अनुसारको परिबर्तन चाहनेले इभि गाडी मनपराउने बताए ।  अटो सोमा शनिबार सम्म अनुमानित २० हजार दर्शकले अवलोकन गरिसकेको कार्यक्रमका प्रचार संयोजक विनय थापाले जानकारी दिए ।  आइतबार अन्तिम दिन पनि भएकोले एसइइ दिएर बसेका विद्यार्थीहरुलाइ अटो शोमा प्रबेश निशुल्क गरिएको थापाले बताए ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा विहिबारबाट शुरु भएको कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका मेयर धनराज थापाले गरेका थिए ।  अटो शोलाई मध्यनजर गर्दै शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।  यस अघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो ।  अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  ।    प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् ।  अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् ।   

पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २३ औं रक्तदानमा १ सय ३० युनिट रगत संकलन भएको छ ।  नयाँ रक्तदातालाई रक्तदान प्रति प्रोत्साहन गर्ने उद्देश्यले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराका साथ आयोजना गरेको बृहत खुला रक्तदान कार्यक्रममा पुरुष १ सय १० र महिला २० गरि १ सय ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक आरजु बिष्ट “सल्यानी“ले बताए । ६० जना रक्तदाताले पहिलोपटक रक्तदान गरे । दृष्टिविहिन रक्तदाताले पनि रक्तदान गरे ।  पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले पहिलो रक्तदाता मञ्जित तिवारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।  समाजलाई सुशुचित बनाउँदै सामाजिक उत्तरदायित्वप्रति रेडियोको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।  रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले सबैको साथ र सहयोगले रेडियोले आफ्नो स्थापनाकालदेखि २३ औं संस्करण सम्म रक्तदान आयोजना गर्न सम्भव भएको भन्दै सहयोगका लागि सबैप्रति धन्यवाद व्यक्त गरिन् ।  प्रादेशिक रक्तसंचार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसीले बर्षेनी रक्तदान आयोजना गरेर रेडियोले आम जनमानसमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।  नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने र निर्देशक बरदान ताङ्व् लामाले बोलेका थिए ।  रेडियोले स्थापना कालदेखि हालसम्म ८ हजार भन्दा बढी युनिट रगत सङ्कलन गरिसकेको महाप्रबन्धक नारायण पौडेलले जनाए । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो । 

पोखरा । काठमाडौँमा पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी पत्रकारको मृत्यु भएको र विभिन्न सञ्चारगृहमा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको छ।   नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको हो ।   यसैबीच​ देशभरका पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।       शुक्रबार प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।   पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।  

पोखरा: यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।      आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो । जसअनुसार यज्ञमा रु।३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि स्पष्ट पार्नुभयो ।      कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउनु हुँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो। उहाँले दानको महत्वमाथि प्रकाश पार्नुहुँदै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको प्रशम्सा गर्नुभयो ।      समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुहुने सबैप्रति आभार प्रकट गर्नुहुँदै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको औँल्याउनुभयो ।उहाँले सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत प्रकट गर्नुभयो ।      वडा सदस्य समेत रहनुभएकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्नुहुँदै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने स्पष्ट पार्नुभयो।      कार्यक्रमका बीच महायज्ञमा सहयोग पु¥याउनुहुने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो।      सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो । सराङकोटमा वि।स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । यही फागुन १४ गते सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।

पोखरा:  नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण पोखरामा हुने भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै साधारण सभा पोखरामा हुन लागेको जानकारी दिएको हो ।  चैत १६ गते पोखरामा हुने १२ औं वार्षिक साधारणमा सभामा ७ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले बताए ।  साधारणसभाको उद्घाटन नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । साधारण सभामा सुनचाँदी व्यवसायलाई मर्यादित , प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्धेश्यले विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणापत्र समेत सार्वजनिक गर्ने अध्यक्ष रसाइलीले बताए ।   

पोखरा:   ६८ औं राष्ट्रिय दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएको छ । जिल्ला सहकारी संघ कास्कीको आयोजनामा भोलिदेखि विविध कार्यक्रम गरेर ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।  जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी स्तरीय बुद्धिचालदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । ‘६८ औं राष्ट्रिय सहकारी दिवस (मर्यादित सहकारीः समुन्नत समाज) भन्ने नारासहित मनाउँदै छौं’, महासचिव आचार्यले भने, ‘जिल्ला सहकारी संघ कास्कीले विविध प्रतियोगितादेखि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेर मनाउँदै छौं ।’ उनका अनुसार राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित अन्तर सहकारीस्तरीय बुद्धिचाल प्रतियोगितामा ३० प्रतियोगीको सहभागिता रहेको छ । यस्तै सहकारी दिवसमो अवसरमा अन्तर विद्यालयस्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको छ । ‘आजको सहकारी उत्पादनमा साझेदारी’ र मर्यादित सहकारीः समुन्नत समाज’ शिर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सञ्चालन हुनेछ ।  सहकारी दिवसको अवसरमा साइकल ¥याली, रक्तदान, सरसफाई, अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । सहकारी दिवसको दिन चैत २० गतेको साँझ दिप पञ्वलन समेत आयोजना गरिएको छ। जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले यो बेला सहकारी क्षेत्रमा देखिएको निरासा समाधान गर्न दिवस सफल हुने अपेक्षा राखे । जिल्ला सहकारी संघ कास्कीमा ४ सय ४१ वटा सहकारी आवद्ध छन् । संघमा आवद्ध ४ वटा सहकारी समस्या ग्रष्ट सूचीमा रहेको जनाइएको छ । 

पोखरा:  पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो । यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर एकेडेमीले जानकारी दिएको हो । टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने भएको छ ।  आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध गराइने एकेडेमीले जनाएको छ । फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेसन मातहत नै रहनेगरी एभरग्रीन एकेडेमी स्थापना गरिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए । विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको पौडेलले बताए । ‘एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सबलीकरण गराउनु हो ।’ उनले भने, ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित ९स्टीम० र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नु हो ।’ ‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले थपे । एभरग्रीन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने एकेडेमीका निर्देशक किरण सापकोटाले बताए । उनले भने, ‘हामी पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौँ । बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छाँै ।’ निर्देशक सापकोटाका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गदर्छ । ‘विद्यार्थीको सोंच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने हो । जसका लागि विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषणको भावना अभिवृद्धि गर्नमा केन्द्रित रहेर अध्यापन गराइन्छ ।’ उनले भने – ‘यसले विद्यार्थीलाई विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधानमा अग्रसर बनाउँछ, जसले उनीहरुमा विश्लेषणात्मक र समस्या समाधान सीपको विकास गर्नेछ ।’ विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाले बताए । प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ ।  अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ । विद्यालय पोशाक नतोकिने एकेडेमीले जनाएको छ । जग्गा र भवन निर्माणमा हालसम्म ५० करोड खर्च भइसकेको जनाइएको छ । निर्माण कार्य अझै जारी छ ।

पोखरा:   लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।   पोखरा रंगशालाको कभर्ड हलमा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिगकम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   डिष्ट्रिक्ट गर्भनर लायन चण्डीप्रसाद अर्यालले संस्थाको अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र नेपालमा ५३ औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको बताए ।    उनका अनुसार सो प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने छ ।        अर्यालले गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने बताउदै इरान र भारतको टिमसँग समन्वय भइरहेको जानकारी दिए ।    ‘अहिलेसम्म पाकिस्तान र नेपालको गरी ५ वटा टिमको फाइनल भइसकेको छ । बाँकी १ टिमका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै फाइनल हुन्छ’, उनले भने ।   प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ ।    यस्तै उपविजेताले नगद २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी हात गर्नेछ । भने, सान्त्वना स्थान गर्ने समूहले नगद १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफीद्वारा पुरस्कृत हुनेछ ।   डिष्ट्रिक्ट गर्भनर लायन अर्यालले विधागत पुरस्कार राशीको पनि व्यवस्था गरिएको बताए ।   प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

पोखरा: सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए ।  फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।  यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म महाआरति हुन्छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।  हालसम्म विशाल शिव मन्दिर (कैलाशेश्वर महादेव), नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएको समितिका अध्यक्ष जिसीले जानकारी दिए । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।  सोही क्षेत्रको विकासका लागि फागुन १४ देखि २१ गतेसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गरिएको थियो ।   निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलवा बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष जिसीले बताए ।  पोखरा १८ वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट क्षेत्रको विकासका लागि पत्रकारहरुको अहम भूमिका भएकाले यसको प्रचारप्रसारमा फोटो पत्रकारको फोटोले अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।  धार्मिक क्षेत्रको विकासका लागि समितिले गरेको काममा आफ्नो वडाको तर्फबाट सधैं साथ र सहयोग रहने पनि उनको भनाइ थियो ।  यस क्षेत्रमा सडकमार्ग अलवा केवलकारमार्फत पनि पुग्न सकिन्छ । महाआरतिसँगै त्यस क्षेत्रको दृष्यअवलोकनका लागि सोमबार साँझ ४ देखि ७ बजेसम्म केबलकारमा छुटको व्यवस्था रहेको छ ।  नेपालीका लागि सो समयमा महाआरतिसँगै सराङकोट क्षेत्र जान आउनका लागि २ सय ५० रुपैयाँ मूल्य तोकिएको अन्नपूर्ण केबलकारका बजार व्यवस्थापक अरुण कोइरालाले जानकारी दिए । यसबाट पनि त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन टेवा पुग्ने उनले सुनाए ।  फोटो पत्रकारले कैद गरेका तस्विरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले समय समयमा एनपिजेएले यस खालको कार्यक्रम गर्दै आएको अध्यक्ष राम गुरुङले बताए ।  पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा फोटोको माध्यमबाट यहाँको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ कास्की सदैव तयार रहेको उनले प्रतिवद्धता जनाए ।