पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो ।   यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए ।   चालू बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउन समेत आग्रह गरिएको केन्द्रिय सदस्य पराजुलीले जानकारी दिए ।   यसैगरी संघको टोलीले काठमाडौं स्थित संयुक्त अरव इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट  गरी पोखरा दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो ।   सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाई दुबईसँग कुरा राख्ने आश्वासन दिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।   पोखराको पर्यटन प्रवद्र्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए ।   अर्थमन्त्रीसँग भेटको क्रममा पोखरा नयाँ पुल सुरुंग मार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी मन्त्री पौडेलले संघको टोलीलाई गराएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए । उक्त मार्गको डीपीआर तयार भइसकेको र चालू बजेटमा केही रकम समेत छुट्टिएको जानकारी पौडेलले गराएको अध्यक्ष सुवेदीले बताए ।   नारायणगढ बुटवल सडक र स्तरोन्नतीको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तिव्रता दिन पनि मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो । 

पोखरा:  यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडिने भएकाले यसलाई बृहत् आयामबाट हेर्नुपर्नेमा जोड दिनुभयो । पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याउँदै यसपटकको प्रतियोगिता थप भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि पर्वतीय दौडजस्ता कार्यक्रम अन्य गन्तव्यहरूको प्रवद्र्धनमा सहयोगी हुने बताउनु भयो । विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङले दोस्रो संस्करणलाई उत्कृष्ट बनाउन समिति सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिका सचिव दुर्गाबहादुर गुरुङले यस वर्ष प्रतियोगितालाई उत्सवकै रूपमा लिएर सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिताका लागि आवश्यक स्वयंसेवक परिचालनको सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रम संयोजक दीननाथ बरालले अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर यसपटक प्रतियोगितालाई थप व्यवस्थित र पुरस्कार पक्षलाईसमेत प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । पोखरा क्लिकको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका  वडा नम्बर २२ को सहकार्य  र अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेका छन् । प्रतियोगिताले स्थानीय प्रतिभाको प्रोत्साहनसँगै समग्र खेलसँग पर्यटन प्रवद्र्धनलाई जोडेर सामुदायिक एकता र आर्थिक समृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले बताउनु भयो । विश्व पर्यटन दिवसको अवसरमा उक्त प्रतियोगिता हुने भएकोे हो । प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम रजिष्ट्रर गर्न सक्ने व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो । 

पोखरा:  वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् ।  साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको बताए ।    सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए ।  भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुने पछि आफुले ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए ।  भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षीत बनाउन सबैको साथ लिएर अगाडी बढ्ने बताए । । प्रहरीले गर्नुपर्ने काम कर्तब्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफु लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बैदाममा हुने गरेका अवान्छिक क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए ।  बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए ।  उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल  लागु पर्दाथ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।  कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तीसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे ।  स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सीना, समाजसेवी नविन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ती सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।  उनीहरुले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धरणा राखे ।   

पोखरा:   पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ ।  वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन । घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक सेट बाद्यबाधनको सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले जेष्ठ नागरिकको शिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । थापाले जेष्ठ नागरिकहरु स्वभावैले धार्मिक हुने भएकाले भजन कृतनमा सहज हुने गरी सामाग्री बितरण गरिएको बताए । उनले आफुहरु निर्वाचित भएर आएपछि जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रमा खाजा बितरण र विपन्न सुत्केरीलाई पोषण बितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे । उनले सोही निर्णय अनुसार बार्षिक रुपमा वडाका चार स्थानका जेष्ठ नागरिक सेवा केन्द्रमा खाजा बितरण गर्दै आएको बताए । वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारी सहित वडाको टिम सामाग्रही बितरण गर्न सेवा केन्द्रमा पुगेको थियो । यसैविच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नोका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गर्नु भएको थियो । समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।   

पोखरा: शिखर इन्सुरेन्स कम्पनी प्रा.लि गण्डकी प्रदेश कार्यालयद्धारा जानकी मावि पोखरा १७ लाई एक लाख रुपैया सहयोग गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वमार्पmत सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको हो ।      विद्यालयमा आयोजित एक कार्यक्रमका वीच इन्सुरेन्सका गण्डकी प्रदेश प्रमुख विष्णुराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।      नेपाल सरकार प्राधिकरणबाट इजाजत प्राप्त गरि सवारी साधन दुर्घटना हजाई, निर्माण सम्वन्धी मार्गस्त विमान, सम्पत्ति, उद्योग कलकारखाना जस्ता निर्जिवन विमाका साथै मजदूर स्वास्थ्य विमा लगायत विभिन्न १८ जटिल रोगमा १० लाख रुपैयासम्मको उपचार विमा समेत गर्दै आएको प्रमुख पौडेलले सो अवसरमा जानकारी दिनुभयो । मुलुकको ७३ जिल्लामा ११८ वटा शाखामार्पmत सेवालाई प्रभावकारी बनाउँदै आएको जानकारी दिंदै उहाँले भन्नुभयो, गत आर्थिक बर्षमा पाँच  अर्व ८० करोड संकलन गरेकोमा तीन अर्व भन्दा वढी रुपैया दावी भुक्तानी गरेको थियो । छिटोछरितो सेवा प्रदान गर्नु संस्थाको पहिलो प्राथमिकता भएको बताउँदै उहँँले भन्नुभयो, कम्पनीमा हाल तीन लाख भन्दा वढी विमित एवम् ६६० जनालाई प्रत्येक्षरुपमा रोजगारी प्राप्त गरेका छन् ।  कम्पनीले पोखरा २१ निर्मलपोखरीस्थित जनचेतना माविलाई पनि सोही शिर्षकमा एक लाख रुपैया उपलव्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीलाई प्रदेश प्रमुख पौडेलले उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नु भएको थियो ।  कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।  

पोखरा:  पोखरामा कोरोना सक्रमणबाट वृद्धाको मृत्यु  भएको छ ।  चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारत वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले जानकारी दिए ।  ‘चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो, उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो, वृद्धाको स्वास्थ्यमा अरु समस्या देखिएको थियो ।’ महानिर्देशक खड्काले भने

पोखरा:     आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिने यस साउन महिनाको पहिलो सोमबार शिवमन्दिरहरुमा पूजापाठ गर्ने भक्तजनहरुको घुँइचो लागेको छ ।   पोखरा महानगरपालिका १ गाइघाटमा पनि भक्तजनहरूको घुइँचो देखिएको छ ।     विशेषगरी, साउन महिनाभर भगवान शिवको पूजाआराधना र महिमा गाउने परम्पराअनुसार भक्तजनहरू शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउन व्यस्त देखिएका छन्।    गेरुवस्त्र धारण गरी खाली खुट्टै गाइघाटबाट जल लगी बैदामस्थित केदारेश्वर मन्दिरको शिवलिङ्गमा चढाउने चलन छ।    सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस् तस्बिरहरु:-                            

पोखरा:   नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ ।  उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा सजग र मितव्यायी हुन आग्रह गरेका छन ।  उनले हाल बेला–बेलामा विद्युत अवरुद्ध हुने समस्या प्राधिकरणको नभएर वितरण केन्द्रहरुमा भएको प्राविधिक समस्या भएको जिकिर गरे । हिउँदको समयमा बाहीरी मुलुकबाट समेत विद्युत आयात गरी उपभोक्ताहरुमाँझ सेवा पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको शाक्यको भनाई छ । गण्डकी प्रदेश अन्तरगत सबैभन्दा बढी र समयमै भुक्तानी गर्नेहरुमा होंसी शिवम सिमेन्ट प्राली(कावासोती वितरण केन्द्र), पोखरा औधोगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा व्रेवेरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजि सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड(लेकनाथ वितरण केन्द्र), प्रफेक्ट व्लेन्ड (नेपाल) प्राईभेट लिमिटेड (कावासोती वितरण केन्द्र) सिजि ब्रिवेरी नेपाल लिमिटेड(कावासोती वितरण केन्द्र), जय श्री फुड प्राली (कावासोती वितरण केन्द्र), पोेखरा अन्तराष्ट्रिय एयरपोर्ट(पोखरा वितरण केन्द्र), मनिपाल कलेज अफ मेडिकल साईन्स(पोखरा वितरण केन्द्र) लगायत रहेका छन । उपभोक्ताहरुले बेलाबेला विद्युत अवरुद्ध हुने समस्याले उद्योगहरुले नोक्सान वेहोर्नुपरेको बताउँदै उक्त समस्याको समाधान खोज्न आग्रह गरेका छन । सो अवसरमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख विक्रम कुमार अमात्यले गण्डकी शाखा अन्तरगत निमार्ण र वितरण भएका आयोजनाहरुको बारेमा जानकारी गराएका थिए ।

पोखरा:  गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ को एक विद्यालयमा क्षति पुगेको छ ।   अन्नपूर्ण गाउँपालिका–८ मोदी आधारभुत विद्यालयको भवनमा गएरातिकोे अविरल वर्षासँगै आएको पहिरोले क्षति पुगेको वडाध्यक्ष विजय गुरुङले जानकारी दिए ।  ‘गएराति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी आधारभुत विद्यालयमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष गुरुङले भने, ‘ पहिरोले विद्यालयको ६कोठे भवनमा क्षति पुगेको छ, कक्षाकोठासँगै कार्यालयमा रहेका केही सामानहरु पुरिएका छन्, अहिले गाउँपालिका र प्रशासनबाट अनुगमन भइरहेको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार त्यस विद्यालयमा १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । पहिरोले विद्यालयमा क्षति पुगेपछि विद्यालय नजिक रहेको खाली घरमा विद्यार्थीहरुलाई अध्यापन गराउने गाउँपालिकाले तयारी गरेको छ ।  विद्यालय भन्दा करिव २ सय मिटर माथिबाट खसेको पहिरोले विद्यालयमा क्षति पुगेको वडा कार्यालयले जनाएको छ ।