जानकी माविलाई शिखर इन्सुरेन्सको सहयोग

पाेखरा | साउन ६, २०८२

जानकी माविलाई शिखर इन्सुरेन्सको सहयोग

पोखरा: शिखर इन्सुरेन्स कम्पनी प्रा.लि गण्डकी प्रदेश कार्यालयद्धारा जानकी मावि पोखरा १७ लाई एक लाख रुपैया सहयोग गरेको छ । 


संस्थागत सामाजिक उत्तरदायित्वमार्पmत सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको हो ।
    

विद्यालयमा आयोजित एक कार्यक्रमका वीच इन्सुरेन्सका गण्डकी प्रदेश प्रमुख विष्णुराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
    

नेपाल सरकार प्राधिकरणबाट इजाजत प्राप्त गरि सवारी साधन दुर्घटना हजाई, निर्माण सम्वन्धी मार्गस्त विमान, सम्पत्ति, उद्योग कलकारखाना जस्ता निर्जिवन विमाका साथै मजदूर स्वास्थ्य विमा लगायत विभिन्न १८ जटिल रोगमा १० लाख रुपैयासम्मको उपचार विमा समेत गर्दै आएको प्रमुख पौडेलले सो अवसरमा जानकारी दिनुभयो ।


मुलुकको ७३ जिल्लामा ११८ वटा शाखामार्पmत सेवालाई प्रभावकारी बनाउँदै आएको जानकारी दिंदै उहाँले भन्नुभयो, गत आर्थिक बर्षमा पाँच  अर्व ८० करोड संकलन गरेकोमा तीन अर्व भन्दा वढी रुपैया दावी भुक्तानी गरेको थियो ।


छिटोछरितो सेवा प्रदान गर्नु संस्थाको पहिलो प्राथमिकता भएको बताउँदै उहँँले भन्नुभयो, कम्पनीमा हाल तीन लाख भन्दा वढी विमित एवम् ६६० जनालाई प्रत्येक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । 


कम्पनीले पोखरा २१ निर्मलपोखरीस्थित जनचेतना माविलाई पनि सोही शिर्षकमा एक लाख रुपैया उपलव्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीलाई प्रदेश प्रमुख पौडेलले उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नु भएको थियो । 


कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।  

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्