काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

पोखरा:   यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो । पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा उनकी श्रीमती तुमला श्रेष्ठले अक्षयकोष स्थापनाका लागि गत वर्ष ५ लाख ५१ हजार १११ प्रदान गरेकी थिइन् । यस वर्ष १ लाख थपेकी छन् । सोही अक्षयकोषबाट बर्सेनि पुरस्कार दिँदै जाने योजनाअनुरुप पहिलोपल्ट सो पुरस्कार तुलाचन र गुरुङलाई दिइएको टेवान अध्यक्ष कमला गिरीले जनाइन् । प्रतिभा छनोटका लागि सञ्जयकान्त सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । ड्रागन होटलका संचालक ८१ वर्षीय तुलाचन पोखराको पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन् । यस्तै, दक्षिण एशियाकै पहिलो पर्यटन गाउँ सिरुबारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुन् । कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले टेवानको गतिविधिको प्रशंसा गरे । उनले लगानीका लागि निजी क्षेत्रलाई रातो कार्पेट ओेछ्याएर स्वागत गर्नुपर्ने विचार व्यक्त गरे । उनले होटलको मापदण्ड बनाउनेदेखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागिपरेको बताए । उनले सातै प्रदेशमा पर्यटन बोर्ड स्थापना गरिने बताए । गण्डकी प्रदेश सभा सदस्यद्वय प्रकाश बराल र सरस्वती गुरुङले पोखराको पर्यटन विकासमा टेवानको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै राज्यले पर्यटन विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकीका प्रेस रजिष्ट्रार बिमला भण्डारी, पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, प्रतिभा छनोट समिति संयोजक सञ्जयकान्त सिग्देल, सल्लाहकार टीकाराम सापकोटा, बोबरजंग गुरुङ, पुरस्कृत व्यक्तित्व तुलाचन र गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । विभिन्न गतिविधि गरेर संस्थाको उचाइ माथि पु¥याएकोमा अध्यक्ष कमला गिरीलाई सबै कार्यसमितिका पदाधिकारी र सदस्यले भव्य सम्मान गरेका थिए । यस्तै, अध्यक्ष गिरीले आफ्नो कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारलाई मायाको चिनोसहित प्रशंसापत्र प्रदान गरिन् । उत्कृष्ट कार्य गरेकोमा कार्यसमिति सचिव शोभा पौडेल अधिकारी, कोषाध्यक्ष कमला गुरुङ, सदस्यद्वय शारदा लम्साल, शान्ता सुवेदी तिमिल्सिनालाई सम्मान गरियो । पत्रकारितामार्फत पर्यटन क्षेत्रको उन्नयनमा योगदान दिएकामा पत्रकार विश्व भण्डारी र विजय नेपाललाई प्रशंसापत्र प्रदान गरियो । संस्था अध्यक्ष कमला गिरीले टेवानले पोखराको पर्यटन प्रवद्र्धनमा विभिन्न खालका गतिविधि गर्दै आएको बताइन् । उनले ‘तीज सांस्कृतिक महोत्सव’ का दुईवटा संस्करण सफलतापूर्वक सम्पन्न गरेर ब्रान्ड बनाएको बताइन् ।  आफ्नो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कार्यक्रम, अन्तरप्रदेश भ्रमण, बिजनेस ब्रान्डका तालिम, डिजिटल साक्षरता एवं कानूनी साक्षरता तालिम, सदस्यको क्षमता अभिवृद्धिलगायत कार्यक्रम गरेको बताइन् । उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अनिता खड्का भट्टराई र धन्यवाद ज्ञापन सचिव शोभा पौडेल अधिकारीले गरेका थिए । पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थामा हाल १४० सदस्य छन् ।  

पोखरा:  सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लाष्टिक प्रदूषण विरुद्ध ७ दिने अभियान सुरु गरेको छ ।  जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीले पोखरा ६ लेकसाइड केदारेश्वर मन्दिर परिसरमा सफाई गर्दैै निरन्तरता दिएको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए ।  विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको हो ।  वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरुले केदारेश्वर मन्दिर परिसरमा सफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिववद्धता जनाएका छन् । प्लाष्टिक प्रदुषण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई मनन् गर्दै उनीहरूले प्लाष्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए ।  सहभागी विद्यार्थीले भने, ‘हामीले प्लाष्टिकले गर्दा हाम्रो ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्य बिग्रिरहेको महसुस गरेका छौं । त्यसैले हामीले सरसफाइको माध्यमबाट प्लास्टिक प्रदूर्षण विरुद्ध अभियान थालेका छौं ।’  विद्यालयका  माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरुको सक्रियता प्रति प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउनु र प्लास्टिक प्रदूर्षण विरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।‘ यसैक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।  प्लाष्टिक प्रदुषण न्यूनीकरणमा आफ्नो योगदान पु¥याउने लक्ष्य लिएको विद्यालयले आगामी दिनहरुमा प्लास्टिकलाई घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ ।  वातावरण सप्ताह अन्त्यमा सरसफाइ कार्यमा सक्रिय सहभागी विद्यार्थीहरुलाई सम्मान  र पुरस्कार वितरण तथा आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका शिक्षक आदर्श घिमिरेले जानकारी दिए ।   

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ ।  समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मदत गर्ने बताए ।  उनले पत्रकारको कर्मलाई समाजले निगरानी गरिरहेको हुने बताउदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए ।  सहभागीको तर्फबाट बोल्दै संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएता पनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे ।  प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव मधु अधिकारीले गरेका थिए ।  तीन दिन सम्म संचालन भएको तालिममा विभिन्न संचारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।

पोखरा:    कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ ।    पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरी कक्षा सजावट प्रतियोगिताको आयोजना गरिएको हो ।    कक्षा १ देखि कक्षा १० सम्म गरी ३ तहमा वर्गीकरण प्रतियोगिता आयोजना गरिएको प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।    उनका अनुसार कक्षा १ देखि कक्षा  ३ सम्मको पहिलो तहतर्फ कक्षा २ प्रथम भबन्यो।    यस्तै कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भयो । भने, कक्षा  ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ पहिलो बन्यो ।    उक्त प्रतियोगिताको विजयी कक्षाका विद्यार्थीलाई निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले पुरस्कार वितरण गरेकी थिइन् ।  

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।    अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा भएको म्याराथनमा अन्नपूर्ण आधार शिविर (एबिसी) देखि घान्द्रुकसम्मको दुरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।   सुनुवार च्याम्पियन बन्दै नगद रु १ लाख ५० हजार प्राप्त गरे ।   यस्तै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वित्तिय बने । उनले उक्त दुरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गरे । भने, दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय बने ।    स्थानीय सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हाँसिल गरे ।    उनीहरु क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजारबाट पुरस्कृत बने ।   यसैगरी महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितिन् । सुनमायाले नगद रु १ लाख ५० हजार प्राप्त गरिन् ।   राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै द्वित्तिय बनिन् । भने, कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय बनिन् ।    उनीहरु क्रमश नगद रु १ लाख र ७५ हजारबाट पुरस्कृत बनिन् ।   ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको थियो ।  

पोखरा:  गत १५ गतदेखि आन्दोलनरत  यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र अनिश्चितकालिन बन्द गरेका छन् ।   गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।     त्यही आन्दोलनलाई आज (मंगलबार) पनि यथावत राखिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष तथा सँयुक्त संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले बताए ।   उनले उक्त आन्दोलन अनिश्चितकालिन भएको स्पष्ट पारे ।   ‘गण्डकीमा हाम्रो आन्दोलन जारी छ । यो कहिलेसम्म हुन्छ भन्न सकिन्न, उनले भने, ‘केन्द्रमा सहमति भएको भनिएपनि स्थगन भन्ने शब्द स्वीकार्य छैन । त्यसैले हाम्रो आन्दोलन निरन्तर छ ।’   सरकारले राइड सेयरिङ रातो प्लेट नभई कालो प्लेट नै प्रदान गर्ने व्यवस्था ल्याए वार्तामा आउन सकिने केसीले बताए ।   ‘हामीले त खारेजै भनेका छौ । यदी राइड सेयरिङलाई  पनि रातो प्लेट नभई कालो प्लेट नै दिने भए हामी वार्तामा जान सक्छौ,’ उनले भने ।   गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।  

काठमाडौँ:   यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् ।   ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रेका हुन् ।   उनीहरूकाे गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग छ ।    यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन परेकाे व्यवसायीहरूकाे भनाइ छ ।    यसअघि गण्डकी प्रदेशमा गत १५ गतेदेखिनै सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा छन् ।   यो पनि पढ्नुहोस   बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै पोखरामा इन ड्राइभ राईडर कमाउ धन्दा: बढी भाडा असुल्ने ८ जनालाई कारबाही    

पोखरा:  गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ ।   सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई साेमबार बिहान १० बजेदेखि १७ वटा पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।   कास्की प्रहरी​का डिएसपी हरिबहादुर बस्नेतको कमाण्डमा अपलत्र परेका करिब ५ सय बढी यात्रुलाई काठमाडाैं र चितवन पठाइएकाे कास्की प्रहरीले जनाएको छ ।    गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।     आजदेखि देशभर यात्रुबहाक र मालबहाक सार्वजनिक सवारी साधन ठप्प पारेका छन् ।         

पोखरा:   रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ ।   कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागीमध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।   साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनु पर्ने सुझाव दिदैं ग्यास र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत बताए ।   सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लब संग सहकार्य गरेर आफ्नो वडालाई धुवा मुक्त भान्सा वनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको बताए ।   उनले वातावरण जोगाउँदै स्वस्थ रहि आफ्नै देशमा उत्पादन भएको विजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको बताए ।   कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले आगामी वर्ष पोखरा २२ का सबै घर धुरी धुवा मुक्त बनाउन सबै वडावासीलाई विद्युतिय चुल्हो तथा अन्य आवश्यक किचन सामाग्रीहरु वितरण गर्ने योेजना रहेको बताए ।   क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पुर्व अध्यक्षहरु सुवास सिग्देल, गिता सिग्देल, कार्यक्रम संयोजक प्रेम प्रसाद शर्माले बाेलेको कार्यक्रमको संचालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।