काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

पोखरा:  पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् । तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय र स्वदिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए ।  तालिम लिन व्यक्ति, काम गर्न सस्था र देशकै लागि पनि तालिम प्राप्त व्यक्ति हुदाँ फाइदा पुग्ने बताए । उनले तालिम लिइ सकेपछि इमान्दारीता पनि देखाउन आवश्यक रहेको बताए । कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले अझ काममा अझ निखारता ल्याउने बताउदै तालिम पछि स्तरीय सेवा प्रदान गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाईका फोकल पर्सन सञ्जिब बहादुर कोइराला लगाएतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए । उनीहरुले विदेशमा थोरै जनशक्तीले पनि धेरै काम गर्ने प्रबृतिको उदाहरण दिदै तालिम पछि  उनीहरु पनिले पनि राम्रो काम गर्न विश्वस व्यक्त गरे । तालिम पछि सहभागीले व्यावसायिक खाना पकाउने सक्ने छन् । तालिममा अनुभवी शेफ, दिपक शर्मा, बिजय पौडेल लगाएतले इन्डियन परिकारजस्तै बटर चिकन, बिर्यानी, पनीर टिक्का लगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदि बनाउने सीप स्तरोन्नति गर्न सक्ने बताउने छन् ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले तामाकोक तार चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतको विहार स्थायी घर भई पोखरा १२ ढिकालेथर बस्ने २२ वर्षीय मनोज कुमार सिंह, सोही स्थानमै बस्ने भारतीय २७ वर्षीय करण कुमार शाह, पोखरा ८ बस्ने ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका २ स्थायी घर भई हाल पोखरा ५ जिरो किलो बस्ने ३१ वर्षीय श्याम बहादुर तामाङ रहेका छन् ।    उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गत २३ गते पक्राउ गरेको हो ।   कास्की प्रहरीलाई पोखरा १४ छिनडाँडामा रहेको नेपाल टेलिकमको कपर केवल र अन्य घरायसी समाग्री चोरी भएको भन्दै निवेदन परेको थियो ।   सोही निवदेनको आधारमा खोजतलास गर्दै मनोज कुमार सिंहले ढिकालेथरमा सञ्चालन गरेको र मुकेश कुमारले पृथ्वीचोकमा सञ्चालन गरेको कवाडी खानामा उक्त समानहरु बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।   उनका अनुसार पक्राउ परेका ४ जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धि मुद्धामा ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।   यी हुन् बरामद गरिएका समानहरु:-      

पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ ।   फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा प्रतियोगिता आयोजना गरिने भएको हो ।   उक्त प्रतियोगिताको मुख्य उद्देश्य ट्यालेन्ट हन्टमार्फत उत्कृष्ट ७ जना विद्यार्थीलाई न्यू ग्यालेक्सी माविमा छात्रवृत्ति (स्करलरसीप) प्रदान गर्ने रहेको सुदिप सुनारले जानकारी दिए ।    उनले सो प्रतियोगितामा ८, ९ र कक्षा १० का विद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताउदै छात्रवृत्तिको व्यवस्था भने एसइई दिएका विद्यार्थीलाई मात्र प्रदान बताए ।   ‘यो पहिलो संस्करणको प्रतियोगिता हो । यसले निरन्तरता पाउँछ । प्रतियोगिता राख्नुको मुख्य उद्देश्य भनेको क्षमतावान र प्रतिभावान खेलाडीको खोजी गर्नु हो, उनले भने, ‘यो प्रतियोगिताको उत्कृष्ट ७ जना खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि शत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेका छौ । त्यसका लागि न्यू ग्यालेक्सी माविसँग समन्वय गरेका छौं ।’     उनले विद्यार्थीको इच्छा अनुसार जुनसुकै विषय अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था गरेको स्पष्ट पारे ।   ‘यो प्रतियोगितालाई ट्यालेन्ट हन्टको रुपमा पनि लिएको छु, उनले भने, ‘बेस्ट ७ जनालाई स्कलरसीपको व्यवस्था गरेकाले कक्षा ११ र १२ मा उनीहरुले चाहे अनुसारकै विषय पढ्न पाउँनेछन् ।’   सो प्रतियोगिताको विजेताले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।    यस्तै उपविजेताले  रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको साथमा आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए ।   प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८०२८०८६९८ र ९८००६९२१४१) पनि गर्न सकिनेछ ।    प्रतियोगिताको फाइनलमा स्पेशल गेष्टका रुपमा राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङको सहभागिता रहनेछ ।   सो प्रतियोगितामा न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले साथ दिएको छ । यस्तै ब्रोडकास्टिङ पार्टनरको रुपमा स्पोर्ट भाइब्स नेटवर्क रहेको छ भने, मिडिया पार्टनरमा सुनगाभा न्यूज रहेको छ ।   

पोखरा: पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत फेला परेका छन् ।  आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका शहिद लखन गाउँपालिका ६ मनकामना घर भएका ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।  पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको शव आज बिहान सशस्त्र प्रहरी लबल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गोताखोरको टोलीले ३५ फिट गहिराइबाट निकालेको हो ।  बेगनासमा ताल मृत भेटिएका श्रेष्ठ गोरखाबाट ६ जनाको समूहमा घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 

पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको शव फेला परेको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए ।  ‘वन विज्ञान अध्ययन संस्थान नजिक शव फेला परेको छ , सूचना अधिकारील भने, ‘अहिले हामी घटनास्थलमा अनुसन्धान गर्दै छौं, मृतकको पहिचान खुल्न बाँकी छ ।’  

पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो । दुईवटा वसमार्पmत एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विधाई गर्नु भएको थियो ।  उहाँका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ । स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखेमा निजको सन्तान वा नागरिकको  हकवालाको आयश्रोतवाट केही प्रतिशत कटौती गरि सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक निती रहेको उहाँले जानकारी दिनुभयो । वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र तारासेवा एवम् सुचना अधिकृत रुद्रथापा मगर र प्राविधिक हरिहर खड्काले तिर्थयात्रामा सहभागिहरु सेवा पु¥याउँनु भएको थियो । यात्रा टोली आजै पोखरा फर्कने कार्यक्रम रहेको छ । वडा कार्यालयले जेष्ठनागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीकाको तिर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।   

पोखरा:   पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् ।  भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामिण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु प्रयोग गरेका खाना खान पाउदा विदेशीहरु पनि नयाँ अनुभव हुने बताए । उनले पोखराको पर्यटन प्रवद्र्धन गर्न भिडियो प्रतियोगिता, पर्यटन प्रवद्र्धनका लागि भारत, चीन, बंगलादेश लगाएतका देशमा पर्यटन प्रवद्र्धनका लागि सेल्समिसन सन्चालन गर्ने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य भुजेलले पर्यटन विकासका लागि सेवामा स्तरीयता कायम गर्नु पर्ने बताए । उनले तालिम आवश्यक परेरमा आफुहरुले सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार मंहासघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पञ्चासे क्षेत्र धार्मिक महत्वको क्षेत्रका साथै जैविक विविधताले महत्वपुर्ण भएको बताए । कार्यक्रममा हर्पन खोला संरक्षण समितिका अध्यक्ष रविन्द्र गुरुङ, मकनादेवी सामुदायीक होमस्टेका अध्यक्ष शिव घले लगाएतले प्रचार प्रसारको अभावमा पहिलेका पदमार्ग ओझेल पर्दै गएको बताए ।   पोखराको पृथ्वीचोक, हल्नचोक, पामेबजार, ठुलाखेत, घाटिछिना हुदै करिब ४० मिनेटमा पुग्न सकिन्छ  । ३१ घरधुरी रहेको यो गाउँमा अहिले ५ घरमा होमस्टे संञ्चालन भएको छ भने अन्य थोरै घरमा मात्रै मानिसहरु बस्छन् । अन्य घर खाली छन् ।  होमस्टको प्रबद्र्धन गर्दै गाउँ मै फर्किनका लागि पे्ररित गर्न कार्यक्रमको आयोजना गरेको पञ्चासे फाउण्डेसनका अध्यक्ष नवराज पौडेलले बताए । पञ्चासे कास्की, पर्वत र स्याङजाको संगमस्थलका रुपमा लिइन्छ । पञ्चासे क्षेत्रमा ५५९ प्रजातिका बनस्पती १४३ प्रजातिका सुनाखरी पाइने पौडेलले बताए ।

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा रातो सदनबाट कक्षा ८ का छात्र विनायक गिरी, कक्षा ७ का आदित्य लम्साल, कक्षा ६ का छात्राद्वय रुपा ठकुरी र अदिती तिमिल्सिना प्रथम र पहेँलो सदनबाट कक्षा ८ की छात्रा अंकिता पौडेल, कक्षा ८ कै छात्र असिम अधिकारी, कक्षा ७ की छात्रा सृष्टिका कोइराला र कक्षा ६ की छात्रा साधना गिरी द्वितीय भए ।    विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु हरेक शुक्रबार आयोजना हुँदै आएको बताए ।   

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिलाई महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।   सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुँदै गर्दा गण्डकी प्रदेशमा आयोजित ‘स्तरोन्नतिको अवधारणा, आगामी कार्यदिशा, अवसर, चुनौती, रणनीतिक कार्ययोजना र सरोकारवालाहरूको भूमिका विषयक’ अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो ।   ‘अब विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचिकृत गर्न नेपाल अघि बढेको छ । यो अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने महत्वपूर्ण अवसर हो ।’ – उहाँले भन्नुभयो – ‘अब नेपालका लागि नयाँ अवसरहरु सिर्जना हुनेछ । देशको अन्तर्राष्ट्रिय छवि सुधार हुने र सहज रुपमा विदेशी लगानी आकर्षित गर्न सकिनेछ ।’     औद्योगिक प्रगति तथा व्यापारिक लाभको उचित वातावरण सिर्जना हुने भन्दै प्रदेश प्रमुख भट्टले स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनियतामा वृद्धि लगायतका प्रभाव पर्ने उल्लेख गर्नुभयो ।   ‘विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै त्यसपछिका चुनौतीबारे पनि छलफल भइरहेको अवस्था छ । नेपाल सरकारले मुलुकलाई विकासशील राष्ट्रका रुपमा उभ्याउन दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गरिरहेको छ ।’ उहाँले भन्नुभयो ।   अन्य राष्ट्रहरु एलडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदाका परिवर्तनबारे गहिरो ढंगले अध्ययन भइरहेको उल्लेख गर्दै उहाँले अझै १८ महिना बाँकी रहेको अवस्थामा त्यसपछि आउने समस्या र चुनौतीको व्यवस्थापनका लागि यस्ता  अन्तर्क्रियात्मक  छलफल प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।   सन् २०२१ को अन्तमा नै नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ नोभेम्वर सम्ममा अल्पविकसित राष्ट्र (एलडीसी) बाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रस्तावलाई अनुमोदन गरिसकेको छ । राष्ट्रियसभाले उपसमिति बनाएर तयारीलाई तीब्र बनाएको छ ।   ३ महिना अघि मात्रै विकास आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दीगो विकास उपसमितिले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन २०८१ लाई समितिमा पास गरी मूल समितिलाई बुझाएको छ ।   अर्थमन्त्रालयले पनि नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि गर्नुपर्ने तयारीका कार्यहरूबारे गृहकार्य सुरु गरिसकेको छ ।   सन् १९७१ बाट एलडीसीको सूचीमा रहेको नेपाल यसअघि नै विकासशील राष्ट्रको सूचीमा रहन योग्य थियो । प्रतिव्यक्ति आय, मानव सम्पति सूचकांक र आर्थिक तथा पर्यावरणीय जोखिम सूचक अंकको मापदण्डमध्ये नेपालले दुई मापदण्ड पहिल्यै पूरा गरेको हो ।   पहिल्यै स्तरोन्नतिको मापदण्ड पूरा गरेपनि नेपालले महाभूकम्प र कोभिडका कारण अर्थतन्त्रमा गम्भीर चुनौती सामना गर्नुपरेको हुँदा नेपालकै अनुरोधमा प्रक्रियालाई थाँती राखिएको थियो ।