पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छ...

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङमा  ५१ मिलिमिटर वर्षा मापन भएको छ।   त्यस्तै मनाङको तालमा ४२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लुम्लेमा २५.८ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर वर्षा भएको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार सोमबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।    यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।   आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।   कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

पोखरा:  जेन–जी आन्दोलनमा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।  जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडा कार्यालयलाई युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो । पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । जेन्जी आन्दोलनले निम्त्याएको संकटको बेला युनाइटेड क्लबले कार्यालयलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेकोमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरिन । संकटको बेलालाई सबैले मिलेर सामाना गर्दै अगाडी बढ्नुपर्नेमा शर्माले जोड दिइन । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले सामाजिक काममा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबले संकटको बेलामा वडालाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ का सम्पूर्ण सामाग्रीहरु जेन्जी आन्दोलनको क्रममा आगलागीबाट नष्ट भएर जनताको काममा प्रत्यक्ष असर परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरी वडाको दैनिकी कामकाजमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । युनाइटेड क्लबले जेन्जी आन्दोलनको क्रममा सानो भएतापनि सहयोग गर्ने उद्देश्यले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडा कार्यालयहरुलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । थापाका अनुसार पोखरा महानगरका वडा नं १०, १२ र १५ संगै जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो । युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोेग प्रदान गर्दै आइरहेको छ ।  गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पोखरा महानगर भित्रका सरकारी तथा निजी सम्पदाहरु आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे र आफुहरुले कास्कीका विभिन्न पाँचवटा कार्यालयमा सहयोग प्रदान गरेको क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।

पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।      समाजिक एवम् धार्मिक व्यत्तित्व स्व.लक्ष्मी शरण उपाध्याय र उहाँकी श्रीमती स्व.राधा पौडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा स्थापित अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्व, समाजिक संघ संस्था आदिलाई पुरस्कृत गर्ने गरिएकोमा यस वर्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको हो ।      स्व.लक्ष्मी शरण उपाध्यायको जन्मजयन्तीका अवसर पारी एक कार्यक्रमका बीच आज हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका सदस्यका तर्फबाट राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक(महन्त) मुकुन्दशरण उपाध्यायलाई नगद २० हजार पाँच रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको हो ।      पुरस्कारका लागि व्यक्तित्व÷संस्था छनौटका लागि प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलको संयोकत्वमा केशव शरण पौडेल र छन्दमणि त्रिपाठी सदस्य रहनुुभएको छनौट समिति गठन गरिएकोमा सो समितिको सिफारिसलाई प्रतिष्ठानले अनुुमोदन गरेको थियो । पुरस्कारका लागि अक्षयकोषको रकम दुुई लाख पच्चीस हजार रुपैयाँ रहेको छ ।      कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले प्रतिष्ठानद्वारा राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई गरिएको सम्मानको प्रशंसा गर्नुुभयो । सामाजिक एवम् धार्मिक जागरणमा उल्लेख्य योगदान गरिरहेको संस्थालाई गरिएको सम्मान सबैको सम्मान भएको उहाँले धारणा राख्नुुभयो ।      राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक मुकुन्द शरण उपाध्यायले स्व. लक्ष्मी शरण उपाध्यायले सामाजिक एवम् धार्मिक क्षेत्रमा पुु¥याउनुुभएको योगदानको स्मरण गर्दैै उहाँको स्मृतिमा पुस्रकार स्थापनार्थ अक्षयकोष राखिएकोमा प्रशंसा व्यक्त गर्नुुभयो ।      प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको सभापतित्व एवम् उपाध्यक्ष छन्दमणि त्रिपाठीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन अक्षयकोषदाता परिवारका केशव शरण पौडेल र माधव शरण पौडेलले गर्नुुभएको थियो ।      कार्यक्रमका पुरस्कृत प्रतिभा÷संस्था छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेल, छन्द नायक माधव वियोगी, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका का.वा. अध्यक्ष माधव शरण उपाध्याय लगायतले बोल्नुुभएको थियो ।       कार्यक्रममा भगवती पन्त, हरिप्रसाद खनाल, धर्मराज पौडेल लगायतले रचना वाचन गर्नुुभएको थियो । 

पोखरा:  युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।  जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागीबाट वडा कार्यालयहरु पूर्ण रुपमा क्षति भइ जनताको काममा समेत अफ्ठ्यारो सिर्जना भएपछि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत पोखरा महानगरपालिका वडा नं १० र १२ लाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । युनाइटेड क्लबले नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरि स्थापना गरिएको विपद व्यवस्थापन कोष अन्तर्गत विपदका घटनाहरुमा सहयोग गर्दै आइहरकोे छ ।  जस अनुरुप मंगलबार पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ लगायतका जनप्रतिनिधिहिरुलाई युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानिँया, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की, कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको टोलीले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले सामाजिक काममा अग्रणी युनाइटेड क्लबले जेन्जी पुस्ताको आन्दोलनमा क्षती भएर वडाको काममा समस्या परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । त्यसैगरी उक्त टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिका वडा नं १२ मा गठित वडास्तरीय पुननिर्माण मूल समितिका संयोजक टिका बहादुर कार्की, वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोला लगायतको टोलीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरको मुख्य कार्यालय संगै बजार क्षेत्रका अधिकांश वडाहरु पूर्ण रुपमा क्षती भएको अवस्थामा हरेक वडाहरुले जस्तै वडा नं १२ ले समेत स्थानियको सहभागीतामा सहयोग संकलन गरी  वडाको पुन निर्माणमा लागेकोमा स्थानीयहरुप्रति आभार प्रकट गरे ।  महानगरले विभिन्न दातृ निकायहरुबाट सहयोग लिएर बिकासको काम अगाडी बढाइरहेको स्मरण गराउदै मेयर आचार्यले स्थानियहरुले पहिलो सेवा लिने कार्यालय आफ्नो वडा कार्यालय भएकाले त्यसको मर्मतका लागि स्थानियको मुख्य भुमिका रहने बताए । सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरुलाई समेत मेयर आचार्यले धन्यवाद ब्यक्त गर्दै जेन्जीको नाममा भएको भौतिक संरचनामा क्षती पु¥याउने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने बताए । त्यस्तै वडास्तरीय पुननिर्माण मूल समितिका संयोजक टिका बहादुर कार्कीले गत २४ गते वडामा भएको क्षतीले आफुहरु निकै मर्माहित बनेको बताउदै आफ्नो वडा आफैले बनाउनुपर्छ भनेर वडा भित्रका संघ संस्था र सहयोगी मनहरुबाट हाल सम्म १० लाख नगद र जिन्सी सामाग्री कम्प्युटर र प्रिन्टर सहयोग प्राप्त भएको बताए । वडाको कामलाई सुचारु गर्नका लागि हालको रकमले पर्याप्त हुने या नहुने अहिलेनै यकिन नभएकाले भोलीका दिनमा अझैपनि सहयोग आवश्यक पर्न सक्ने बताउदै अफ्ठ्यारो परिस्थितीमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे । सो अवसरमा बोल्दै युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि स्थापना गरको विपद ब्यवस्थापन कोष मार्फत विभिन्न विपदका घटनाहरुमा सहयोग गर्दै आइरहेको सन्दर्भमा जेन्जी आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको वडाहरु पोखरा १० र १२ मा आवश्यक रहेको कम्प्युटर र प्रिन्टर सहयोग गरेको बताए । त्यस्तै विपद ब्यवस्थापन समिति संयोजक तथा क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँले विगतका वर्षहरुमा युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत सहयोग गर्दै आइरहेको र यसपटक गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे पोखरा महानगरका विभिन्न वडा तथा सरकारी कार्यालयहरुमा आवश्यक सामाग्री प्रदान गरिएको बताए । 

पोखरा:   पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ । सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका  झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए । आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए ।  उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए । 

पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ ।      विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो ।      उहाँका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहितका तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ ।       मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण समेत गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।      मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् ।      मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिदै उहाँले ठूलोढुङ्गा र आसपासका क्षेत्रबाट विभिन्न भाकल सहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताउनुभयो ।      सचिव लामिछानेका अनुुसार मन्दिरको सुरुमा पोखरा महानगरपालिका वडा नं ३३ निवासी स्व.लेखबहादुर गुुरुङबाट टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउने क्रममा अतुलनीय सहयोग भएको थियो । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा ३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आउनुुभएको उहाँले जानकारी दिनुभयो ।      दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् ।      निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ ।      बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थाले पछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाबारे सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ ।      यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो ।       प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । पहिला पहिला ज्येठी पूर्णिमाका दिन पूजा गर्दा पाठीको बली दिने गरिए पनि स्थानीयवासीको समुहिक निर्णय अनुसार विगत तीन वर्ष यता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिनुभयो ।      विभिन्न महत्वपूर्ण तिथिमितिमा पनि ठाउँ ठाउँबाट दर्शनार्थीहरू मनले चिताएको पुग्ने विश्वासका साथ पूजाआजाका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।      मन्दिरको संरक्षण र विकासको लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति क्रियाशिल बनिरहेको छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराउनुभएको सचिव लामिछानेले जानकारी दिनुभयो । मन्दिरमा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि थप जग्गा दिने प्रतिवद्धता आचार्यले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।      पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोकबाट नजिक पर्ने उक्त मन्दिर सडककको सहज पहुँचमा रहेको छ । पूर्णरुपमा कालोपत्रे सडक भएका कारण पछिल्ला वर्षमा यहाँको महिमा र गरिमा अझै बढ्दै गएको छ ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा, सल्लाहकार जयकुमार परियार, दोहोरी व्यवसायी ठागु गुरुङ, भोज गुरुङ र निस्चल गुरुङले सँयुक्त रुपमा ३ थान कम्प्युटर र २ थान प्रिन्टर सहयोग हस्तान्तरण गरेको हो ।   सँघका अध्यक्ष जीवन गुरुङले आन्दोलनकारीले जिप्रका कास्कीमासमेत तोडफोड तथा आगजनी गरी नागरिकको हितविपरित कार्य गरेको भन्दै दुख व्यक्त गरे ।    नागरिकको शान्ति सुरक्षासँग जोडिएको कार्यालयमा आक्रमण गरिनु दुखद रहेकाे बताउँदै तत्काल कम्प्युटर तथा प्रिन्टर अभाव देखिएकाले सहयोग गरेको बताए ।   ‘प्रहरी कार्यालय भनेको जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यालय हो । यति कुरा पनि हेक्का नराखिकन ध्वस्त पार्नु भनेको निकै दुखद कुरा हो, उनले भने, ‘सबै ध्वस्त भएको खबरपछि हाम्रो संस्थाले तत्काल आवश्यक महसुस गरी कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौं । यसले केही हदसम्म मलम लगाउने विश्वास लिएका छौं ।’   उनले आगामी दिनमासमेत कास्की प्रहरीसँग समन्व्य गर्दै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।   सरकारविरुद्ध गत २३ र २४ गते जेनजीको ​नाममा सडकमा उत्रेको आन्दोलनकारीकाे समूहले जिल्ला प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी गरेको थियो । 

शिवकुमार आले मगर, तनहुँ ।   हामी सबै नेपाली राजनीतिक दल र दलका कार्यकर्ताले समिक्षा गर्नुपर्छ ।   आत्मालोचित हुनुपर्छ किनभने, देशका प्रमुख राजनीतिक दलहरूले कम्तिमा दलजस्तो बन्ने प्रयास गरेको भए आजको यो अवस्था आउने थिएन ।   निजी कम्पनीझैँ विचार र सिद्धान्तका चर्का आदर्शवादी कुरा गर्ने तर जनताको जीवनशैली र आफ्नै जीवनशैलीसँग कतै मेल खान नसक्ने प्रवृत्तिले जनतामा भएको धैर्यता, साथ, आशा र भरोसा तुहियो ।   “म झोले हुँ” भन्ने जस्ता अनावश्यक  (ट्रेण्ड) ले झन् निराशामा बाँचिरहेका आम नेपालीहरूमा आवेश र क्रोध सिर्जना गर्यो । कुनै नेता वा कार्यकर्ताले यो गलत हो भन्न सकेनन् । एकाध हामी जस्ता भुइँमान्छेले बोले पनि “टिकट नपाएको कुण्ठा” हो भनेर बेवास्ता गरियो  ।   चर्को भाषणबाजी कम गरी प्रत्यक्ष जनताको दैनिकीसँग सरोकार राखेका कुराहरू समाधान गर्न कोसिस गरौँ भन्ने कुरा हाम्रा लागि पाच्य भएन । नेताहरूलाई मञ्चहरूमा खादामाला लगाइदिँदैमा जनताको निराशा बुझ्ने फुर्सद नै भएन ।​ कुलमान घिसिङ प्रकरण, इम्बोष्ट नम्बर हुँदै एमालेको विधान सम्मेलनमा एकतर्फी पद कब्जा गर्ने कार्यमा नेताकार्यकर्ताले साथ दिँदा आम नेपालीमा ठूलो निराशा पैदा भएको हेक्का हुन्छ ।   यति हुँदाहुँदै देशमा सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा जायज थियो । तर, विकल्प नखोजीकन एक्कासी निष्कृय गर्दा सरकारले आम नागरिक र नेपालीहरूको समर्थन गुमायो । परिणाम आज हामी सबैले देखिरहेका छौँ, भोगिरहेका छौं ।   अहिले देश विषम परिस्थितिमा छ । अरूलाई दोष लगाएर सरकारको नेतृत्व गरिरहेको पार्टी वा सोही दलका कार्यकर्ता जवाफदेहीताबाट भाग्ने छुट छैन । “हाम्रो पनि कमजोरी हो” भन्ने आत्मालोचना गर्न सक्नैपर्छ ।   जेनजी आन्दोलन हाँसो र मजाकको विषय होइन । यो आन्दोलन नेपालको इतिहासमा जनताको आवाज “प्रमाणु बम” जसरी विस्फोट भई राजनीतिक दलसँग हाम्रो भविष्य खै? भन्ने प्रश्नसहित पारदर्शी, सुशासन, जनताप्रति उत्तरदायी सरकार र नेतृत्वको माग प्रमुख रूपमा उठाइएको छ । जुन माग अघिल्लो पुस्ताले कहिल्यै गर्न सकेन भन्दा फरक नपर्ला ।   जेनजी आन्दोलनमा घुसपैठ भएको कुरा अस्वीकार गर्न सकिँदैन । तर, अहिलेको अवस्थामा देश खरानी भएको दोष जेनजीलाई मात्र लगाएर राजनीतिक रूपमा खिचडी पकाउने काम कुनै दल वा दलका कार्यकर्ताले गर्नुहुँदैन । यसको श्रेय अपाच्य तवरले ठुला कहलिएका दलले लिनैपर्छ ।    जे नहुनु पर्ने थियो, भइसकेको छ । अब सुझबुझका साथ आम नेपाली र दशकौँ वर्षको बलिदानीबाट प्राप्त संविधान र व्यवस्थालाई अझ सुधार्दै समस्याको समाधानमा ऐक्यबद्ध भएर अघि बढ्नु बाहेक विकल्प छैन ।   यदि त्यसो हुन सकेन भने न राजनीतिक पार्टी रहनेछ, न देश रहनेछ, न हाम्रो पहिचान र अस्तित्व । त्यसैले सबैले संकल्प र प्रण गरौँ—देशलाई सकेसम्म छिट्टै यो अवस्थाबाट मुक्त गरौं ।   जेनजीहरूको मुद्दा, माग र आवाजहरूलाई सम्बोधन गर्ने पहल गरौँ । देशको भविष्य यतिबेला गाभाको पानी जस्तै भएको छ । मुलुक विषम परिस्थितिमा भएको बेला राजनितिक स्वार्थको रोटी सेक्ने काम गरेर देश बर्वाद बनाउने काम कुनै दल र नेता कार्यकर्ताले गर्नुहुुदैन ।   सहभागिता, सहमति, सहकार्य र एकताविना देशमा दिगो शान्ति र स्थायित्व सम्भव छैन  । त्यसैले आत्मालोचना गर्नुपर्छ ।

पोखरा:   हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भदौ २४ गतेको जेन्जीको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटीभि क्यामेराहरु आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप शनिवार सिसिटीभी क्यामेरा मर्मत संगै नयाँ सिसिटीभी जडान गरेको लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए । गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षति भएको सिसिटीभी क्यामेराहरुले काम नगर्ने भएकाले आफुहरुले मर्मत र नयाँ सिसिटीभी क्यामेरा जडान गरेको बताए । सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयंभु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो ।  शनिबार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरुको मर्मत संभार समेत लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले जानकारी दिए । यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीले सिसिटीभी क्यामेरा जडान गरेको बताउदै आफुहरुले पोखरा ८ का केही सामुदायिक विद्यालयहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडी बढिरहदा जेन्जीको आन्दोलनका कारण आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यामेरा जडान गरिएको अध्यक्ष गोम्जाले जानकारी दिए ।