काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

काठमाडौं:     सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।  नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए ।  विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४ तथा राप्रपा र स्वतन्त्र १÷१ सदस्य रहेका छन् ।

काठमाडौं:     प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव समेत कार्य सूचीमा समेटिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची राखिएको छ । यसैगरी प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ । यसैगरी उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, साथै उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेको छ ।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ । ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गर्नुभएको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् । देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ । समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन् । विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ । नेता गौतमका अनुसार यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा आज छलफल गरिने छ ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा ल्याएका कुनैपनि कार्यसूचीमा आफूहरू प्रवेश नगर्ने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई पढ्न दिने तर सरकारको कार्यसूचीमा प्रवेश नहुने निर्णय गरेको हो। संसद्मा सरकारले ल्याएका कार्यसूचीमाथि भएको छलफलमा कुनै पनि अवरोध आउँदा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय कांग्रेसले गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ ।

काठमाडौं:    नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । कांग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने छलफल भएको सांसद रामहरि खतिवडाले जानकारी दिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अवरोध नगर्ने तर अरु विषयमा प्रवेश गर्न नदिने बताए । जारी बैठकमा रास्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे सांसदहरुले मिश्रित धारणा राखेका छन् । शीर्ष नेताहरुले राष्ट्रपतिले गर्ने सम्बोधनमा अवरोध गर्न नहुने बताएका छन् भने युवा नेताहरुले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अवरोध जारी राख्नुपर्ने धारणा राखेका छन् । यसअघि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ।  संघीय संसदको संयुक्त बैठकमा आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

काठमाडौं:    सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

पोखरा:   नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ ।    सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । ‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो । पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू नै भौतारीदा समस्या देखिएको उहाँको भनाई छ ।  ‘म कसैको टिप्पणी गर्न चाहन्न, यत्रो त्याग तपस्या र समर्पणबाट यहाँसम्म आउनुभएको छ, निरन्तर त्यसमा निष्ठापूर्वक लाग्नुभएको छ, र, पुष्पलालको बाटो ठिक हो भनेर हामी हिडिरहेका छौँ, तर भौतारीयाँै, भङ्गालै भङ्गाला हिड्नुपर्ने कारण के ?’, उहाँको प्रश्न थियो । कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभएपनि कार्यनीतिका कारण पछाडि परेको उहाँले बताउनुभयो । ‘हामी कार्यनीतिका कारण पछाडि प¥यौँ, रणनीतिक रुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठिक ठाउँमा जान्छौँ त्यसको विश्लेषण गरौँ’ उहाँको आग्रह थियो ।  इतिहासको बखान गरेर मात्र रमाउन कम्युनिष्टहरू नहुनेमा उहाँको जोड छ । ‘कम्युनिष्टहरूले इतिहासको भजन कीर्तन गरेर बस्ने होइन वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो’ उहाँले भन्नुभयो ।  यसभन्दा अगाडिसम्म कम्युनिष्टहरूले सिद्धान्तको आधारमा संगठन गर्ने तथा त्यो संगठन संर्घषको लागि हो भनेर भन्ने गरेकोमा अहिले त्यसमा शैली र मनोविज्ञान थप्नुपर्ने अवस्था आएको उहाँले थप्नुभयो ।   कार्यशैली र व्यक्तिको मनोविज्ञानले समेत लक्ष्यलाई असर पु¥याउने गरेको अनुभव उहाँले सुनाउनुभयो । पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा बाम बुद्धिजिवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारी  टिप्पणी गर्नुभएको थियो ।  कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र कास्कीका इज्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था र डा. मनिष भट्टराईले समेत पुष्पलालको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।   पुष्पलाल जन्मशताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्य प्रसाद पौडेलले गर्नुभएको थियो ।

काठमाडौं:   उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनुभएको यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।  ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।   आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि अहिले प्रचण्ड सरकारमै छ ।

जनकपुरधाम:   नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको केही बेरमै यहाँको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि त्यही बाटो समातेको छ । एमालेका मन्त्रीहरूले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई सामूहिक राजीनामा पत्र थमाएका छन् । मुख्यमन्त्री यादवलाई भेटेर एमालेका चार मन्त्री र दुई राज्यमन्त्रीहरू सामूहिक राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिनेहरुमा सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोदकुमार जयसवाल, केशव राय र शारदा थापा छन् । राय र थापा राज्यमन्त्री हुन् ।