पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

  काठमाण्डौँ  :  असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको सो गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ ।   गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।   गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताउनुभयो । गलकोट उहाँको जन्मथलो पनि हो । भिडियोमा बढीजसो रोपाइँको दृश्य समेटिएको छ । वर्षायाममा हुने खेतीपाती, मेलापात र अर्मपर्मको संस्कृतिलाई गीतको श्रव्य/दृश्यमा चित्रण गरिएको छ ।    “बर्खामास गाउँघरमा हुने गतिविधिलाई गीतमा उतार्ने प्रयास गरेका छौँ, भिडियोमा पनि मौलिकता झल्किएको छ”, गायक खत्रीले भन्नुभयो ।   दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले हालसम्म सयौँ गीतमा स्वर, शब्द र सङ्गीत दिनुभएको छ । मौलिक गीतसङ्गीतको रचना र गायनमा पोख्त खत्रीका ‘भरिया दाइ’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘सरकार ! के गरेर खाम’लगायतका गीत चर्चित छन् ।

काठमाण्डौँ :      भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द अधिकारीले जानकारी दिएका छन् ।   चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको छ । एक युवाले शिक्षक बन्ने दौडमा गरेको  संघषलाई चलचित्रमा  देखाईएको छ । धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिएका छन यसै कारण पनि चलचित्रको प्रखाईमा छन् दर्शकहरु ।   महेन्द| अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो । बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाकोे सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्र भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ ।

काठमाण्डौँ :      गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।   युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहनुभएका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ ।       गीतको एरेञ्ज रिदम कँडेलले गर्नुभएको हो । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ ।  ‘तिमीलाई ठेस लाग्दा’, ‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ ।        बुद्ध थापाले खिच्नु भएको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

काठमाडौं:  नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन्।   संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गरेका छन्।   अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको लेखक संघको भनाइ छ।सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने संविधानले स्वीकार गरेको पनि उनीहरूले बताएका छन्।      

पोखरा:   पोखरामा नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको सुरु भएको छ ।    नेपालको विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागितामा आज (आइतबार) देखि राष्ट्रिय महाधिवेशन पोखरा सभागृहमा सुरु भएको हो ।   आगामी २४ गतेसम्म सञ्चालन हुने उक्त महाधिवेशनको उद्घाटन नेपाल मगर संघधका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरे ।    आगामी २४ गते नेपाल मगर महिला संघले नया कार्यसमिति पाउँनेछ ।    सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको छ । साथै छिमेकी राष्ट्र भारतको दार्जिलिङका मगरहरुको समेत उपस्थिति रहेको बताइएको छ ।    सुनगाभाको लेन्सबाट हेरौं, नेपाल मगर महिला संघको राष्ट्रिय महाधिवेशनका तस्बिरहरु:              

पोखरा:  दुवैपक्षविच सहमती भएपनि अझैपनि अभिनेत्री मिरुना मगरको झापड काण्डले सामाजिक सञ्जाल सेलाउन सकेको छैन ।  विभिन्न समुदाय दुइ कित्तामा बाडिएर एकले अर्काे पक्षलाई गल्ती औल्याउँदै गालीगलौज गरिरहेका छन् ।   यसैविचमा बेलायतबाट अभिनेत्री मिरुनाको आमा शशी थापा सुब्बाले ९ बुँदामा सुझाव मिश्रित प्रश्न तेर्साएकी छिन् ।   थापा सुब्बाले ७ औं बुँदामा प्रश्न गरेकी छिन्, ‘अनि तिमी भन्थ्यौं त बौद्ध धर्म भन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउँने र लामालाई बचाउँने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी ।  माफ गर !   छोरी मिरुनालाई आमाले के लेखेकी छिन् ?   छोरी मिरूना, सन्चो  बिसन्चो सोधीन है । यसो दुईचार कुरो बुँदागत लेखी पठाउँकी भनेर मात्र हो ।   १. शहरमा र सामाजिक संजालमा उठेका केही कुराहरू, निष्कर्षहरू र प्रश्नहरूले तिमीलाई अपठ्यारो पार्न खोजेको होला तर फिकर नगर ममीले बुझ्छु । सबैभन्दा धेरै आएको कुरो हो झापड चै नहान्नु  पर्ने ! सबैको निष्कर्ष पनि त्यही तर के पर्याे त्यति साह्रो र हातै चलाउनु पर्ने अवस्था आयो ? त्यो  तिम्रो ममीलाई थाहा छ कि महिलाहरू जब हिंसामा पर्छन त्यति बेला जस्तै विद्वान भएपनि विवेकले  काम गर्दैन । 'आँटिलाले  प्रतिकार गर्छन र आँट नपुग्नेले पिड़ा लुकाएर रुदैँ बस्छन ।'    त्यसैले त घटनापछी यसो गरेहुने त्यसो नगरे हुने भन्ने हाम्रो विचारहरू काम लाग्दैनन् भन्ने कुरो । ‘ओ माई गड’ त्यतिबेला मैले त्यो भिडीओमा तिम्रो अनुहारमा मेरो ज्ञानी छोरी मिरूना होइन, आफ्नो स्वभिमानमा चोट पुगेर रन्थनिएको घाइते बघेनी देखेँ र मैले त सोचेको थिएँ त्यो लामाको दिन पुग्यो अब भनेर, तर तिम्रो स्वविवेक कति चाड़ै कन्ट्रोलमा आएछ है !   २. दोस्रो कुरो हो माफी मागेपछी प्रहरीकोमा नलानु पर्ने नि भन्ने, तर मलाई थाहा छ तिमीले आज थानामा नलगेको भए फुर्वाालाई छुटाउन पर्ने थिएन र मिरूनालाई मिलापत्रको लागि पहल गर्नुपर्ने थिएन उनिहरूले अनि झन ठुलो हङ्गामा गर्ने लाईसेन्स पाउने पक्का थियो । कम से कम यति अलिकती राहत चै फुर्वालाई छुटाउनुले गर्दा  नै पाएको हो तिमीले ठिक पो गरेछौ छोरी  । अर्को त्यति बेला सबैको  दिमागमा पनि यो कुरो भरिन्थ्यो कि आफै सजाय दिएर माफी दिने उनि को हो ? साँचै हो भने प्रहरीकोमा किन लगेन ? भन्ने कित्तामा सायद म लगायत  सबै  पुग्ने थियौँ   ।   ३. अर्को डरलाग्दो कुरो हो सबैको दिमागमा एउटै प्रश्न छ सार्वजनिक ठाँउमा त्यसरी पवित्र बस्त्र लगाएको लामालाई किन झापट हान्यौ ? किन सबैको अगाडी लाजै मर्दो हुने गरी माफी मगायौ  ? तर सबैले  भुले की त्यही पवित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोही सार्वजनिक ठाउँमा मिरूनाको संवेदनशिल  अंगमा समातेर निचार्यो भन्ने कुरो त्यो पनि तिन–तिन चोटी तर मैले भुलिन छोरी । धन्न म पनि तिमीले झापड हानेकोमा र यसरी  आफ्नो करियर डुबाएकोमा विस्मात मानेर थकथकाउने र कर्ण फुसफुस गर्ने आमा परिन त्यसैले यो मानेमा तिमी भाग्यमानी हौ  छोरी ।   ४. अर्को कुरो लामालाई नेपाली बोल्न आउदैन पनि भन्दैछन कोही त तर भाषाले हात चल्ने होइन मुख मात्र हो भन्ने कुरो तिम्रो ममीलाई थाहा छ ।   ५. अब मलाई थाहा छ तिमीले मुद्धा मिलाएकोमा नारीवादी भनौदा डलरप्रेमी सुन्दरीहरू बोल्न थाल्नेछन है नानी, तर तिनीहरू शहरमा तिम्रो ज्यान लिनेहरू उफ्रिरहेको बेला तिमीसँग उभिनु आउने होइनन् कि एउटा बन्द कोठामा छिरेर अब यो काण्डले कहिले डरलाग्दो रूप लिन्छ र घटना घट्छ अनि  म कसरी प्रस्तुत हुने भनेर तानाबाना बुनिरहेका हुनेछन, धन्न तिमीले मध्यम बाटो अपनाएर आफ्नो ज्यान बचायौ छोरी ! अब लेख्नेछन मिरूनाले हिंसाको विरूद्ध उठेको कदम किन रोकिन् ? हामी थियौ नि तर मिलापत्र गरेछिन् भन्दै, तर फिकर नगर जे गर्यो ठिक गर्यौ तिम्रो ममी खुशी छु !   ६. वरिष्ठ कलाकार, लेखक, समाजसेवीहरू पनि हेर र पर्खको स्थितीमा हुनुहुन्छ होला है । अहिले तिम्रो लागि बोली हाल्दा लेखी हाल्दा फेरी गाली खाईन्छ बेस्सरी । जतिले आँट गरेर लेखे नि सबै बाझ्दै उत्तर दिदा हैरान छन ।   महानायक केशमा राजेस हमाल नै महानायक हुन् तर वरिष्ठ दिदीको पक्षमा पनि वकालत गर्नु भ्यायौ त्यो बेला तर अहिले वहाँहरूलाई पनि अप्ठ्यारो छ नानी झापड हान्ने त मुर्ख हो फेरी तिम्रो कुरो पत्याउनुलाई सिसिटिभी फूटेज छैन, कोट्याएको वा निचोरेको । देख्नुभएको छैन कसरी बोलोस विचराहरू । चलचित्र बोर्डले त कलाकारले गल्ती गरेको हो भन्दै माफी मागेको भिडिओ नै सार्वजानिक भएको देखे खै के हो थाहा भएन ।   ७. अनि तिमी त भन्थ्यौं बौद्ध धर्म भन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउँने र लामालाई बचाउँने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी माफ गर !   ८. तिमीलाई ‘गो व्याक’ भन्दै  कराउने देसखि युके फर्किनु  भन्न समेत भ्याएछन् हगी ? तिनीहरूलाई भन्नु कि मेरो नेपालको सम्पतीहरू पुर्ख्यौली धरोहर र निशानीहरू मासेर ,नेपाली नागरिकता खोसेर, बृटिशको सिटिजनसीप दिलाउने तागत छ भने लु राजी भन्नु हा नरिसाउनु विचराहरू संग ।  तर यूकेमा पनि खै सुरक्षित होला जस्तो लागेन एकजना वरिष्ठ पिपलपाते कि के भन्नेले त छुने मात्र होइन किस खाने कुरो सम्म गर्न भ्याएछन ! हुन त देशको होइन यहाँ आ–आफ्नो नेचर र संस्कारको कुरो हो, त्यसैले नेपालमा पनि सुरक्षित छौ आज ।   ९.  बिस्तारै सत्य कुरो खुल्दैछ । बिस्तारै तिमीलाई पत्याउदै जाँदैछ, म देखिरहेछु तिम्रो निम्ती धेरै हातहरू व्यस्त छन् गलतलाई गलत हो भनेर लेख्न, धेरै मनहरू आतुर छन् तिम्रो सहि निर्णयलाई अंगाल्न, थोरैको रिस र आवेगमा जलेर धेरैको आँट र साहसको प्रतिक बन्दैछौ छोरी ।   अस्तिनै फोनमा तिमीले कस्तो साह्रो पर्यो ममी एमएको थेसिस सकाउन भनेर भन्दा मैले हाँस्दै भनेको कुरो थाहा छ छोरी ? जब जिवनको (सोधपत्र ) थेसिस लेख्न सुरू गर्नेछौ नि, यी एमएको थेसिस त खेलाइची लाग्छ भन्दा तिमीले रिसाउदै ‘हे ममी जेमा पनि यस्तो अप्ठेरो कुरो नमिसाउनुन’ भनेको हैन ? हाहाहा तर यो थेसिसमा चै किन लामाले त्यसो गरे ? भन्दा पनि किन लामालाई सजाय दिए भन्ने भुस भरियो नि आज हाम्रो दिमागमा ! भन्ने टपिकमा केहि शब्दहरू भर्नु है ! किनकी जिवनको थेसिसमा यति नै शब्दहरू भन्ने हुदैन । असिमित अक्षर र शब्दहरू मिलेर मात्र थेसिस टुङ्गीन्छ  छोरी । ल त जोगिएर बस्नु, जे कामको लागि त्यहाँ छौ पुरा गर्नु । आजलाई यति बाँकी भेटमा ।   उहि तिम्रो ममी शशी थापा सुब्बा, युके ।

पोखरा:   एक नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।    न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।    कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ । 

पोखरा:  वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्मित मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ ।   हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे ।    गुरुङ दाम्पत्यले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्व विद्यार्थी लक्ष्मी गुरुङ (जापान) आरती गुरुङ  (युके) को  पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैया र सांस्कृतिक परिवारको ८ लाखको लागतमा उक्त कक्ष निर्माण गरिएको हो । गतवर्ष जेठ १७ गते कोरोना महामारीको समयमा मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो ।   स्मृतिकक्षको उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्मुख अतिथि समेत रहेका पोखरा ९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुङको निधनले लोक संस्कृतिमा ठुलो क्षति पुगेको धारणा राखे ।   उनले आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनुको पीडा असैह्य हुने बताउदै सांस्कृतिक परिवारका लागि आफ्नो वडा सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।   यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले लोक संस्कृतिको जिउँदो  संग्रहालय नै गुमाएको उल्लेख गरे ।   उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको बताउदै उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने जानकारी दिएका थिए ।   हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालनसचिव श्रीजंग गुरुङले गरेका थिए ।     

काठमाडौं:  नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।   आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो ।   प्रजिअ रिजालको आदेशपछि उनी तीन हजार धरौटीमा रिहा भएका हुन् ।   मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।   उक्त घटनापछि अहिले मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।