यलु जोशी काठमाडौँ, चैत २७ गते । शिक्षामा सबैको पहुँच हुनुपर्छ भन्ने धारणा बोक्नुभएको सुनिता डङ्गोल सौन्दर्य प्रतियोगिता मिस नेवाः को विजेता मात्र भएर सीमित रहनुभएन । नेपाल भाषाको लिपिलाई देश–विदेशमा रहेका युवा पुस्तालाई जागरुक गराउने अभियान नै चलाउनुभयो । नेपाल भाषाको लिपिलाई युवा पुस्ताले सिक्नुपर्छ र जोगाउनुपर्ने भन्ने धारणाका साथ अघि बढिरहनुभयो । फलस्वरूप अहिले नेपाल भाषाको लिपि सिक्ने दस गुणाले बढेको बताउनुहुन्छ । लोप हुन लागेको लिपिलाई पुनः जागरुक गराउनुभएको डङ्गोलले नेवार मात्र नभएर गैरनेवारहरूको पनि सम्पत्ति हो भन्ने जनचेतना जगाउनुभयो । कला संस्कृतिको संरक्षण र प्रवर्धनमा सदैव अघि बढिरहनुभएको डङ्गोल विभिन्न कार्यक्रमको सञ्चालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ । सांस्कृतिक अभियन्ताका रूपमा नेपाल चिनाउन जुट्नुभएको उहाँले सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरिसक्नुभयो । अन्तर्राष्ट्रिय टाइपोग्राफी सङ्घको सञ्चालक समितिमा समेत रहनुभएको डङ्गोल आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँको काम र योजनाबारे गोरखापत्रले गरेको कुराकानी : मिस नेवा भइसकेपछिको मुख्य काम के गर्नुभयो ? सन् २०११ मा मैले मिस नेवाको ताज जितेको हो । यो प्रतियोगिता जितेपछि समाजप्रतिको दायित्व बोध गरायो । त्यस अवधिमा मैले समाज सेवा गर्ने रोजेँ । बालबालिका र शिक्षाको विकास गर्ने मेरो योजना भयो । ‘हाम्रो शिक्षा आँखा माथि’ भन्ने नाराका साथ राजधानीमा मात्र नभएर गाउँ–गाउँमा बालबालिकालाई शिक्षित गर्न हामीले शैक्षिक सामग्रीको सहयोग ग¥यौँ र दशैँमा लुगा पनि विद्यालयको ड्रेस प्रदान ग¥यौँ, जसले गर्दा बालबालिका विद्यालय जान उत्साहित आओस्, अहिले पनि यो अभियान चलिरहेको छ । यतिले मात्र भएन, हाम्रो संस्कृतिलाई पनि बचाउनुपर्छ भन्ने आत्मबोधले हाम्रो कला संस्कृतिलाई विज्ञानसँग जोडेर हेर्न थालेँ । नेपाल भाषाको लिपि विकासका लागि पनि लागिपर्नुभएको छ ? कला, संस्कृति परम्परा बुझ्ने क्रममा मैले लिपि सिक्न गएँ । भाषाको कुरा गर्ने हो भने लिपि सिक्नुपर्छ तर भाषा सिक्दा लिपि सिक्नुपर्छ भन्ने जमात न्यून रहेको देखेँ । लिपि हुन्छ भन्ने थाहा नपाएको जमात धेरै थियो । यो नेवारको मात्र सम्पत्ति होइन गैरनेवारको पनि हो । देशकै सम्पत्ति हो भन्ने लागेपछि युवाहरूलाई कसरी सिक्न लगाउने भन्ने योजना बनायो । त्यसपछि सार्वजनिक स्थलमा कार्यक्रम गर्न थाल्यो । रञ्जना लिपिबाट नाम लेखेर दियौँ र सिकाउन थाल्यौँ । नेपाल र रञ्जना लिपिको विकासका लागि सक्दो प्रयास ग¥यौँ । जसले गर्दा सिक्न आउनेमा १० गुणाले बढ्यो । अनलाइनमार्फत सिक्नेहरू झन् बढ्न थाल्यो । कोरोना महामारीलाई पनि अवसरका रूपमा लियौँ, भाषा लिपि सिक्न चाहनेलाई अनलाइन कक्षा दियौँ, भिडियो बनायौँ । हामीले विद्यायलको पाठ्यक्रममा पनि नेपाल भाषालाई समावेश गरायौँ । लिपि सिक्न आउनेको सङ्ख्या कस्तो छ ? हाम्रो यो अभियान पछि देश विदेशबाट सिक्न आउनेको सङ्ख्या उल्लेख्य रहेको छ । जसमा नेवार र गैरनेवार पनि धेरै हुनुहुन्छ । धेरै फिल्डका मानिस आइरहेका छन् । भाषामा मात्र नभएर सडक मानवको पनि उद्धार गर्नुभयो ? मैले काठमाडौँ महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गर्ने मौका पाएँ । यसरी काम गरिरहँदा महानगरलाई बुझ्ने अवसर प्राप्त भयो । त्यहाँ काम गर्दै जाँदा सडक मानव धेरै रहेको देखियो । उहाँहरूको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने काम ग¥यौँ, दिन–रात भनिन् । पुस माघको जाडोमा रातको ११–१२ बजेसम्म सडक मानव उद्धार गर्ने कार्य गरियो । जाडोका कारण कोही पनि कठ्याङ्ग्रिएर नमरोस् भन्ने उद्देश्य थियो । मेयरमा उठ्ने पनि हल्ला छ ? राजनीतिबाट देशको अझ विकास गर्न सक्ने भएकोले मेयरमा उठ्न लागेको हो । सरकारसमक्ष पुग्न राजनीतिमा नै लाग्नुपर्ने रहेछ, त्यसैले यस क्षेत्रमा पाइला टेकेकी हुँ । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ । वैशाखको पहिलो हप्तापछि मैले आफ्नो उम्मेदवारी स्वतन्त्र या दलबाट भन्ने जनतालाई स्पष्ट गर्ने छु । सम्पदा संरक्षण, पुरातात्त्विक वस्तुहरूको प्रवर्धनका लागि योजना के के छन् ? काठमाडौँभित्र रहेका बहाल बहिलहरूको संरक्षण तथा प्रवर्धनमा गर्न बहा बही संरक्षण तथा प्रवद्र्धन विकास समिति स्थापना गरिनेछ । कामपा क्षेत्रका सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ–मन्दिर र अन्य सम्पदाको संरक्षण गर्छौं । काठमाडौँको कला संस्कृति संरक्षण र प्रवद्र्धन गर्न महानगरीय सङ्ग्रहालयको स्थापना गर्छौं । स्थानीय कला, साहित्य, लिपि तथा भाषाको संरक्षण तथा संवर्धनका लागि आवश्यक व्यवस्था गर्ने योजना छ ।
काठमाडौँ — संगीत सृजनाबाट नेपालि संगीत उद्योगमा योगदान पुर्याएका संगीतकार राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीतकार योगदान सम्मन २०७८बाट सम्मान गरिएकोछ । साङितिक क्षेत्रमा उनको योगदानको उच्च मुल्यांकन गर्दै ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ सिजन ४ मा सम्मानित गरिएको हो । चितवन जिल्लाको पिठुवामा २०४४ साल चैत्र १४ गते जन्मिएका उनी हाल बर्दिया जिल्लाको सितालाबजार निवासीको रुपमा नेपाली संगीत क्षेत्रमा नेपालि संगीत क्षेत्रमा संगीतकारको रापमा क्रियासिल छन । २०६४ सालमा कसले चोर्यो ओठको लाली गीतको संगीत सृजना गरेर व्यवसायिक संगीत यात्रा सुरु गरेका उनले हालसम्म आठ सय भन्दा बढी गीतमा संगीत सृजना गरेका छन । यो देशको लागि म, ट्राफिक जाम, ओ मेरो परान, जाला जोवन चिनी अमिलो, असारे मास सहित थुप्रै सफल गीतको संगीत शृजना गरेर तथा बिभिन्न गीतमा संगीत संयोजन गरेर उनले विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान पनि ग्रहण गरिसकेका छन ।
कञ्चनपुर, २७ चैत (रासस) : सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी राज्यमा मात्रै नभई यस भाषाको प्रभाव भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत रहेको इतिहासका जानकारको भनाइ छ । “परिवारमा जति मातृभाषा बोल्ने गरियो, त्यतिनै त्यो भाषा समृद्ध हँुदै जान्छ भन्ने मान्यता छ । नयाँ पिँढीका युवायुवतीले बाह्य भाषासँग बढी हिमचिम बढाउँदा सुदूरपश्चिम प्रदेशकै धेरै वक्ता भएको भाषा खुम्चिँदै जान थालेको छ”, शिक्षक प्रकाश उप्रेतीले भन्नुभयो, “नयाँ शिक्षा ऐनमा स्थानीय भाषा विद्यालयमा पठापाठन गर्न सकिने व्यवस्था हुनुप¥यो ।” बोलीचालीसँगै लेखनमा समेत डोट्याली भाषाकै प्रयोग हुने गरेको थियो । बाह्य भाषा र संस्कृतिको प्रवेशसँगै यस भाषाको अस्तित्व जोगाउन समेत हाल अप्ठेरो हुन थालेको छ । यो भाषा बोल्ने विस्तारै कम हुँदै जान थालेका छन् । बढदो सहरीकरणसँगै थातथलोबाट बसाइँसराइ गरी अन्यत्र बस्ने क्रम सुरु भएसँगै यस भाषाको अस्तित्वसमेत सङ्कटमा पर्दै गएको हो । नयाँ पुस्ताले डोट्याली भाषा बोल्न अप्ठेरो मान्ने गरेका छन् । “पुर्खौँदेखि पुस्तान्तरण हुँदै आएको डोट्याली भाषा धनाढय र शिक्षितका रूपमा परिचित परिवारमा बोल्न लाज मान्ने गरेका छन्”, सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील भैरवसिंह ऐरले भन्नुभयो, “नेपाली, भारतीय र अङ्ग्रेजी भाषालाई बढी महत्व दिँदा युवा पुस्ताले डोट्याली भाषालाई छाड्दै जान थालेका छन । बसाइँ सारेर थातथलोबाट गएका व्यक्तिका परिवारमा यो भाषा पुस्तान्तरण गर्न निकै चुनौती छ ।” सहरियाले बोल्ने अङ्ग्रेजी, भारतीय र नेपाली भाषालाई बढी महत्व दिई नयाँ पिँढीलाई ती भाषा नै सिकाउन थालेपछि डोट्याली भाषा हराउँदै जान थालेको छ । विगतमा बोलिने र हाल बोलिने डोट्याली भाषामा निकै अन्तर छ । डोट्याली भाषाका ठेट शब्द विस्तारै लोप हुन थालेका छन् । वर्णविन्यास, व्याकरण र शब्दकोष बने पनि सबैसम्म पुग्न सकेको छैन । प्रचार–प्रसारसमेत हुन पाएको छैन । विद्यालय शिक्षामा समेत डोट्याली भाषालाई समावेश नगराउँदा यो भाषा विस्तारै ओझेल पर्न थालेको छ । “डोट्याली भाषामै लेखेका कुरा पढ्न धेरैलाई समस्या हुने गरेको छ”, स्थानीयवासी मनिदत्त पन्तले भन्नुभयो, “डोट्याली भाषामा लेख, रचना, साहित्यलगायतका कुरा लेखनकार्यलाई व्यापक बनाइनुपर्छ । पाठकसमक्ष यस्ता कुरालाई पस्किन सक्नुपर्छ । थोरै मात्र डोट्याली भाषामा प्रकाशित हुने पत्रपत्रिका छन्, ती सबैको पहुँचमा नभएकाले यस क्षेत्रमा बसोवास गर्ने व्यक्ति सबैको सरोकारको विषय भएकाले युवा पिँढीलाई रुचिकर लाग्ने लेख रचनामा बढी जोड दिनुपर्छ ।” डोट्याली भाषा, संस्कृतिको क्षेत्रमा काम गर्ने विज्ञ र संस्कृतविद्को कमी छ । नगन्य सङ्ख्यामा केही विज्ञ भाषा जगेर्नाको प्रयासमा जुटेका छन् । जुन तरिकाले गहन खोज, अनुसन्धान तथा भाषा विकासका लागि कार्य गर्नुपर्ने हो त्यो सक्रियता नदेखिएको अर्का शिक्षक राघवप्रसाद अवस्थी बताउनुहुन्छ । “डोट्याली भाषामा बोल्नेलाई कमजोर, अल्पज्ञानी व्यक्तिका रुपमा चित्रित गरिन्छ । नेपाली र अङ्ग्रजी भाषामा दखल राख्नेलाई विद्धान र समृद्ध व्यक्तिको दर्जा दिइन्छ । समाजमा रहेको यस्तो विकृत सोचलाई बदल्नु आवश्यक छ ।” तत्कालीन डोटी राज्यअन्तर्गतका क्षेत्रमा बोलिने भाषाको एकरुपता नहँुदा समेत भाषा संरक्षणमा कठिनाइ भएको छ । सबै भाषालाई एकीकृत गरी साझा भाषाका रुपमा विकास गरिनुपर्ने विज्ञहरु बताउनुहुन्छ । हाल डोट्याली भाषाको जर्गेना गर्ने काममा निजी क्षेत्रबाटै प्रकाशन भइरहेका पत्रपत्रिका, रेडियो र टेलिभिजनका कार्यक्रमले समेत महत्वपूर्ण भूमिका खेलका छन् । सौराई, गुगुल्टीलगायतका पत्रिका प्रकाशन भइरहेका छन् । नेपाली भाषाभन्दा धेरै पहिले डोट्याली भाषा अस्तित्वमा आएको बताइन्छ । डोट्याली भाषा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम, बाजुरा, कैलाली, कञ्चनपुरसँगै भारतको कुमाँउगढवालसम्म बोल्ने गरिन्छ । डोट्याली भाषा भारोपेली परिवारको आर्यली–इरानेली शाखाको आर्यली उपशाखाबाट विकसित भएको संस्कृत–प्राकृत–अपभ्रंश हुँदै जन्मिएको बताइन्छ । प्राचीन डोटी राज्यका तत्कालीन राजाद्वारा जारी गरिएका, शिलालेख, ताम्रपत्र, दानपत्रलगायत डोट्याली भाषामा लेखिएका छन् । ती अभिलेख डोट्याली भाषाका अभिलेखका रुपमा रहेका छन् । तत्कलीन डोटी राज्यमा राजकाजको भाषासमेत डोट्याली नै रहेको थियो । त्यसबेला भोजपत्रमा लेखिएका चिठ्ठीपत्र, तमसुक, वंशावली, जन्मपत्रिकालगायत समेत अभिलेखका रूपमा रहेका छन् । यस्ता अभिलेख थोरै जनासँग मात्र बाँकी छन् । सुदूरपश्चिम प्रदेशको मुख्य भाषा र सरकारी कामकाजको भाषाका रूपमा डोट्याली भाषालाई स्थान दिनुपर्ने यस क्षेत्रका विद्वानहरूको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी बोलिने भाषाका रूपमा डोट्याली भाषा रहेको छ । यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाअन्तर्गत पर्दछ । नेपालमा बोलिने धेरै भाषामध्ये डोट्याली नवौँं स्थानमा छ । यो भाषा नेपालका दुई दशमलव ९७ प्रतिशत व्यक्तिले बोल्ने गर्दछन । सुदूरपश्चिम प्रदेशमा डोट्याली भाषा ४५ प्रतिशत बढी व्यक्तिले बोल्ने गर्दछन् ।
अभिनेता भुवन केसीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरको मेयरमा उम्मेदवारी नदिने जानकारी गराएका हुन्। अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन्। त्यस्तै उनले आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको र बाहिर चर्चा भएझैँ उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी पनि दिन नलागेको बताएका हुन् । उनले लेखेका छन्, ‘प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।’ उनले आफू हाल कुनै पनि पार्टीमा आबद्ध नरहेको समेत बताएका छन् ।
बलिउड अभिनेता आमिर खानले फिल्मबाट सन्न्यास लिने निर्णय गरेका छन् । परिवारलाई समय दिन नपाएको कारण आफूले अब फिल्ममा काम नगर्ने निर्णय गरेको उनले ‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा बताएका छन् । आमिरको नयाँ फिल्म ‘लालसिंह चड्डा’ प्रदर्शनको क्रममा छ । यदि उनले यो निर्णय लागू गर्ने हो भने यो आमिरको अन्तिम फिल्म हुनेछ । आमिरलाई उनका शुभचिन्तकहरूले फोन, म्यासेज तथा सामाजिक सञ्जालबाट निर्णय बदल्न आग्रह गरिरहेका छन् । आमिरले पूर्वपत्नी किरण रावलले रुँदै फिल्म नछाड्न आग्रहसमेत गरेको बताए । आमिरको यो निर्णयले सिङ्गो बलिउड उद्योग नै चिन्तित बनेको छ ।
पोखरा,२४ चैत । नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । पोखराको सक्रियमध्ये एक लायन्स क्लब अफ पोखरा लेकसिटीले बिहीबार उनलाई सम्मानित गरेको हो । साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर तथा नयाँ जिम्मेवारी प्राप्त भएपछि पोखरेली श्रष्टाको नाताले उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष कैलाशभक्त पालिखेले जानकारी दिए । नेपाली वाङ्मयका हस्तीलाई सम्मानित गरिरहँदा लेकसिटी स्वयं सम्मानित भएको बताए । उनले कवि तीर्थको नेतृत्वमा लेखक संघको अध्यक्षको रुपमा सफलताको कामना पनि गरे । लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठ, लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुसहितले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका थिए । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले समुन्नत समाज निर्माण एवं कला र साहित्यको उत्थानको लागि लायन्सले खेलेको भूमिका सह्रानीय भएको बताए । विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिवसमेत रहेका उनले त्यहाँ पु¥याएको योगदानको पनि स्मरण गरे । हामी सेवा गर्छौं भन्ने भावनालाई लायन्सले व्यवहारमै देखाएको पनि उनले उल्लेख गरे । प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठले कला र साहित्य समाजको ऐना भएको बताउँदै त्यसको उत्थानले समग्र समाजलाई नयाँ दिशा दिने धारणा राखे । लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुले गभर्नरको रुपमा आफ्नो कार्यकाल सुरु भएको र समाज सेवाको लागि योजनासहित अगाडि बढ्ने बताए । लायन्स क्लब ३२५ ‘के’ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुुचित्रा थापाले लायन्सको ध्यान सीमान्तकृत वर्गको उत्थानमा केन्द्रीत हुनुपर्ने बताइन् । लायन्स क्लब अफ पोखरा लेकसिटीका संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले नेतृत्व निर्माणमा लायन्सले खेलेको भूमिकाबारे चर्चा गरे ।लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष सारदा पराजुलीले महिलाको क्षमता विकासको लागि लायन्सले खेलेको भूमिका प्रशंसनीय भएको जिकिर गरिन् । लायन्स लेकसिटीका सचिव विद्या मर्सानीका अनुसार सोही कार्यक्रममा लायन्स ३२५ के का गभर्नर,भाइस गभर्नर,सचिव र स्वरोजगार कार्यक्रमको संयोजक चयन भएकोमा क्रमशः राजेन्द्र बाटाजु,सुचित्रा थापा,मिनराज काफ्ले र टीकाराम सापकोटालाई सम्मानित गरिएको थियो ।