भुवन केसीले मेयरमा उम्मेदवारी नदिने
काठमाडाैं | चैत २७, २०७८

अभिनेता भुवन केसीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरको मेयरमा उम्मेदवारी नदिने जानकारी गराएका हुन्।
अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन्। त्यस्तै उनले आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको र बाहिर चर्चा भएझैँ उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी पनि दिन नलागेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।’
उनले आफू हाल कुनै पनि पार्टीमा आबद्ध नरहेको समेत बताएका छन् ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...