पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

पोखरा:  सामुदायिक रेडियो सराङ्कोटले १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मिडिया कप’ फुुटसल  प्रतियोगिता आयोजना  गर्ने भएको छ ।   पोखरामा केन्द्रिय कार्यालय रहेको रेडियो सराङकोटको वार्षिकोत्सवको अवसरमा आगामी आसेज ७ र ८ गते मिडिया फुटसल आयोजना गरिने आज (बिहीबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।    कार्यक्रम संयोजक युवराज भण्डारीले दुई दिन सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।    उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।    ‘कास्कीमा आवद्ध संचार माध्यममा क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुले मात्र खेल्न पाउने गरि मिडिया कप फुुटसल प्रतियोगिता आयोजना गरेका हौँ, उनले भने,‘ गैर पत्रकार समावेश भए टिमलाई रद्द गर्नेछौँ रेडियो अनलाइन तथा टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र खेल्न पाउने छ ।’   संयोजक भण्डारीका अनुसार अनलाइनको हकमा २ वटा मिडिया मर्ज गरेर खेलमा सहभागी हुन पाउँनेछन् । उनले उक्त प्रतियोगितामा करिब २५ टिमको सहभागिता रहने जानकारी दिएका थिए ।   वि.स. २०६३ साल असोजमा सराङकोट बहुुउद्धेश्यीय सहकारी संस्थादारा स्थापित रेडियो सराङकोटले असोज ६ गते वार्षिकोत्सव मनाउँनेछ ।   रेडियोले भदौ ७ गते कास्कीमा क्रियाशिल  महिला पत्रकारलक्षित तीज प्रगियोगिता , रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।

पोखरा:  पोखराबाट सञ्चालनमा रहेको नीतिप्रेस मिडिया प्रालिले तीजको आवसरमा वाइयुके सुुपरमार्केटमा तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।     ‘कला संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नारासहित आगामी भदौ ११ गते ‘वाइयुके सुुपरमार्केट तीजगीत प्रतियोगिता–२०७९’ आयोजना गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   कार्यक्रम संयोजक गणेश लम्सालका अनुसार प्रतियोगीताको विजेता समुहले नगद रु ३० हजार प्राप्त गर्नेछ भने उपविजेता समुहले २० हजार हात पार्नेछ ।    यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने समुहले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुुन् १ हजार शुुल्क तोकिएको आयोजक संस्थाका कार्यकारी निर्देशक माधव पोखरेले बताए । उनका अनुसार शिक्षा, पर्यटन तथा कलासंस्कृतिमा तीजगीत प्रतियोगिता सञ्चालन हुनेछ । भने करिब ३० समुहले सहभागिता जनाउनेछ ।   प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ७८ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।   

पोखराः नेपाली र हिन्दी भाषामा एकैपटक दुबै देशमा रिलिजको तयारी भइरहेको नेपाली चलचित्र प्रेमगीत–३ को पोष्टर करिब १ महिनादेखि भारतको फिल्म नगरी मुम्बइको बान्द्रारोडमा राखिएको छ ।    आगामी सेम्टेम्बरको २३ तारिखमा प्रेमगीतको रिलिज मिति तोकिएको छ । चलचित्रबारे भारतीय यूटु्यबरहरुले अत्यधिक प्रशंसा गरेको पाइन्छ । कतिपयले प्रेमगीत भारतीय फिल्म बाहुबलीसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया दिएका छन् ।    हिन्दी भाषामा डबिङ गर्ने कलाकारहरुले यसअघि बाहुबलीमा समेत काम गरेकाले पनि यस्तो अनुमान गरिएको हो । प्रेमगीतले हिन्दी भाषामा डब गर्न करिब १ करोड रुपैयाँ खर्च गरेको भारतीय मिडियाको दाबी छ ।    त्यस्तै, प्रेमगीत–३ भारतका करिब १ हजार थिएटरमा लाग्ने बताइएको छ भने भारतबाट मात्रै यस चलचित्रले ३६ करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ ।    ‘फिल्मको पोस्टर देखेपछि भारतीयहरुले घोरिएर हेर्ने गरेको र कुन देशको सिनेमा र कलाकार हो ? भनि एकापसमा सोध्ने गरेका छन्’ हालै भारतबाट फर्किएका पुष्प बरालले बताए ।    भारतमा पोस्टर सार्वजनिक भएपछि भारतीयहरुले फिल्मको टिजर हेर्न थालेको र रिलिज मिति कुरिरहेको उनको ठम्याई छ । ‘बान्द्राको भिआइपी स्ट्रिटमा नेपाली फिल्मको पोस्टर देख्दा मलाई समेत गर्व लाग्यो’ बरालले भने ‘इन्डियनहरु समेत फिल्मको प्रतीक्षामा छन् ।’    प्रेमगीत–३ ले रिलिज अघि नै वितरकमार्फत ४ करोड रुपैयाँ कमाइसकेको निर्देशक सन्तोष सेनले बताएका छन् । 

  पोखरा महानगरपालिका-२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।   परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा जात्रा गरिँदै आइएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस वर्ष भने विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित गर्न लागिएको समितिका सचिव एवं जात्रा संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो ।    समितिले भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

  म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ ।   नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलः को मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन सुरुआत भएको बर्खेनाचअन्तर्गत आइतबार बेनीमा लाखे नाच, नागानागिनी, सापारु नाच  प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।   यहाँ पुस्तौँदेखि गठे मङ्गल, लाखे नाच, घोडा नाच, जोगी नाच, गोरु नाच, रोपाइँ नाच, भोटे नाच, शिकारी नाच, नागानागिनी, सापारु र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिनुभयो ।   उहाँका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाचहरु हेर्न  वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्वलाई  पनि उजागर गर्ने गर्दछन् ।   बेनीमा अहिले पुरानो शिकारी नाच लोप भइसकेको छ । भोटे नाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रुपमा मात्र देख्न पाइने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन । यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियोे ।   परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् । यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रुपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मंका : खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।   बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने उहाँले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शनपश्चात् साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।   ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडिी बर्खेनाचको लागि  नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । भिन्नभिन्न सांस्कृतिक महत्व बोकेको नाचमध्ये सापारुलाई विशेष महत्वको रुपमा लिइन्छ । विशेष गरी ऋषि तर्पणी (रक्षा बन्धन) र गाईजात्रा गरी दुई दिन लगाएर एक वर्षभित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टया मचा (अग्लो मान्छे) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहिआएको छ ।   नेवार समुदाय मात्र होइन सम्पूर्ण बजारवासीसहित आफन्तजन उपस्थित भएर नागानागिनी नाचसहित नेवारी गीत गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली  बजार परिक्रमा गरी भोलिपल्ट मृतकको घरमा भित्र्याउने परम्परा रहेको छ । तीजमा श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाचको विधिवत् समापन हुन्छ । श्रीकृष्ण भगवान् र लाखेको लडाइँ हेर्न ठूलो भीड जम्मा हुने गर्छ ।   अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अग्रजले धानेको परम्परा मंकाः खलः को संस्थागत विकासपछि व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्खेनाच नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ ।” उहाँले भन्नुभयो, “लोप हुन लागेको नारु पुनर्जीवित गर्ने प्रयासमा छौँ । यसको लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारवासीको सहयोगको खाँचो छ ।”   खलःले विगतमा भक्तपुरबाट मुल नेवारी गुरु ल्याएर सामूहिक बेल विवाह र व्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै नेवारी भाषा कक्षा, धिमे बाजा र बासुरीको प्रशिक्षण एवं अग्रज कलाकारद्वय प्रकाशकुकार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्मोनियम र मृदंगा तालिम सम्पन्न गरेको थियोे । “पुस्ता हस्तान्तरणको महसुस गरिएको छ”, लामो समय बर्खेनाच संरक्षणमा योगदान पुर्‍याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ, “नाच्ने, गाउने र बजाउनेमा पुरानै पुस्तामा भर पर्नुपर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवापुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जस्ले आगामी पुस्तामा पनि यी नाच संरक्षित हुँदै जीवन्त रहने विश्वास लिएका छौँ ।”

कास्की:  दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वका अवसरमा शनिबार पोखरामा गाईजात्रा निकालिएको छ ।    यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने प्रचलन अनुरुप यहाँका नेवार समुदायले आज  शनिबार गाईजात्रा मनाएका हुन् ।   हेरौं, ११ तस्बिरमा दिवंगत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा:-                  

पोखराः   लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ ।     ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र आज (शनिबार) पोखरा महानगरपालिका १० स्थित भमरकोट पार्टी प्यालेसमा  विशेष प्रदर्शन गरिएको हो ।   उक्त वृत्तचित्र प्रर्दशनको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।   सो अवसरमा बोल्दै गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने बताउदै पछिल्लो समय घान्द्रुकको परिचय फराकिलो भएको बताए । ‘यस गाउँको पर्यटकीय महत्व र साँस्कृतिक महत्व लगायत विभिन्न महत्वहरु जुन छ हामीले वर्णन गरिरहन पर्दैन, उनले भने, ‘त्यो सबै यो वृत्तचित्रमा समेतिएको छ । त्यसैले पनि घान्दु्रक साँच्चिकैको पर्यटकीय गुरुङ गाउँको रुपमा लोकप्रिय बनेको छ ।’   उनले घान्द्रुकको लोकप्रियतालाई अझ उक्त वृत्तचित्रले थप प्रष्ट्याएको उल्लेख गरे । ‘यो वृत्तचित्रको घान्द्रुकको लोकप्रियता र पर्यटकीय महत्व तथा साँस्कृतिक महत्वलाई थप प्रष्ट पारेको छ ।’ अर्थमन्त्री गुरुङले भने ।   उनले आफु पहिलोपटक २०३६ सालमा घान्द्रुक पुगको स्मरण गर्दै अहिलेसम्मको विकासको बारेमा बुझ्न उत्सुकता लागेकै कारण वृत्तचित्र हेर्न आइपुगेको बताए ।  ‘म पहिलो पटक ३६ सालमा घान्द्रुक पुगेको थिए । र राजनैनिक कार्यक्रमकै लागि धेरै पहिले दोस्रो पटक पनि पुगेको थिए । यो वृत्तचित्रको पोस्टर देखेपछि हेर्न इच्छा लागेको थियो, उनले भने, ‘त्यसैले पहिलेको घान्द्रुक र अहिलेको घान्द्रुकमा के भिन्नता रहेछ भन्ने उत्सुकता लागेर हेर्न आएको हुँ ।’ उक्त प्रर्दशनमा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, मिन प्रसाद गुरुङ, घान्द्रुकका स्थानीय बासिन्दाहरू, कलाकार, समाजसेवी तथा व्यवसायीहरुको  सहभागिता रहेको वृत्तचित्र निर्माता लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।    उनका अनुसार फाउण्डेशनले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिँगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा पर्यटकीय क्षेत्र घान्द्रुक गाउँ तथा आसपासको प्राकृतिक सौन्दर्यता, तमु समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, धर्म तथा संस्कृतिलाई चित्रण गरिएको छ । साथै सो क्षेत्रका बासिन्दाको दैनिकीको बारेमा समेत समावेश गरिएको छ ।    घान्द्रुक गाउँमै पहिलो पटक प्रदर्शन गरि औपचारिक सुरुवात गरेको वृत्तचित्रलाई पोखरासँगै देशका अन्य मुख्य शहरहरु काठमाडौँ तथा चितवन लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेशनका संस्थापक लामा गुरुङले बताए ।   उनका अनुसार उक्त वृत्तचित्रलाई विदेशमासमेत  प्रर्दशन गरिने तयारी थालिएको छ ।    

  बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो ।   हरेलो मेला व्यवस्थापनका लागि स्थानीयको भेलाले राजु हमालको अध्यक्षतामा हरेलो मेला व्यवस्थापन समिति गठन गरेको छ । बलेवा क्षेत्रमा पर्ने छ वडाका सर्वसाधारणको भेलामा उपस्थिति थियो । आउँदो भदौ ६ र ७ गते मेला गर्ने तय भएको समितिका अध्यक्ष हमालले बताउनुभयो ।    “पहिलो पटक हामीले मेला आयोजना गर्दैछौँ । यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, उहाँले  भन्नुभयो । मेलामा भजन प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, तीज गीत प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताउनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।    “यो ऐतिहासिक मेला हो, हरेलो मेलाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “मेलालाई निरन्तरता दिनुपर्छ ।”    मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो ।   यो पर्वकाअवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले बताउनुभयो ।    बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ । कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरकी नानु बुढाथोकीले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभयो ।   कालभैरवमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्यूठान, अर्घाखाँची, काठमाडौँ, चितवनलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।

काठमाडौं:  गायिका मेलिना राईले प्रेमी म्युजिसियन सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोडेकी छिन् ।   सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको घोषणा गरेकी उनले आज (शुक्रबार) आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको स्पष्ट पारेकी हुन् ।   संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग गत बैशाखमा इन्गेजमेन्ट गरेको सार्वजनिक गरेकी थिइन् ।   फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने बताउदै लेखेकी छिन्, ‘केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो ।    एउटा  परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन ।    धेरै समिक्षा आत्मसमिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।   फेरि सबै इङ्गेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यहि सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु ।’   उनले उक्त घटनाको विषयमा आफ्ना आफन्त तथा शुभचिन्तकहरुलाई क्षमायाचना समेत गर्दै भनेकी छिन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’     इन्गेजमेन्ट’ गरेका प्रेमि म्युजिसियन सञ्जीव बराइलीसँग