गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

पोखरा:  पोखरामा  लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।   कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे ।    सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे ।  सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए ।    नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए ।    कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् ।   यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित  र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए ।    सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनकाे सट्टा ५० ग्राम काँचो सुन  भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो ।   कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए ।   

कास्कीः  जिल्ला प्रशासन कार्यालय कास्कीमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।    नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ। यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो।   कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको कास्की प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।   ‘कार्यालयमा निवेदन आएपछि मैले आवश्यक कागजात पेश गर्न भनेको छु’ सहायक प्रजिअ क्षेत्रीले भने ‘सम्भवतः यही हप्ता उहाँहरुले विवरण पेश गरेपछि नागरिकता पाउनुहुनेछ ।’ यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिल्यैदेखि आमाको नामबाट नागरिकता दिइँदै आएको क्षेत्री बताउँछन् ।   संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले जनाए ।    आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । जसमध्ये पहिलो पहिलो सर्त हो, नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने। दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्नेछ ।    त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने। यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ। आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।    त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ । 

पोखरा:   पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ ।     नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम  सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो ।   उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए ।   त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए ।   त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र  कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।  

पोखरा:   प्रेस सेन्टर नेपाल कास्कीले पोखरा महानगरपालिका ६ लेकसाइडस्थित माया थकाली भन्छा घर एण्ड रेष्टुरेन्टका सञ्चालकले पत्रकार हेमराज अधिकारीलाई गरेकोे अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।   प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै होटल व्यवस्थापनले पोखरामा क्रियाशिल पत्रकार तथा फेवा खबर डटकमका सहसम्पादक हेमराज अधिकारी लगायत फेवा खबर टिममाथि अभद्र व्यवहार गरेको भन्दै माफि माग्नुपर्ने बताएको छ ।     विज्ञप्तीमा भनिएको छ, ‘रेष्टुरेन्टमा खाना खाने क्रममा अखाद्य वस्तु (स्टिलका टुक्रा) भेटिएपछि सोको भिडियो क्यामेरामा कैद गरी सञ्चालक विशाल चौधरीलाई जानकारी गराउने क्रममा सञ्चालक चौधरीले सञ्चार समाग्री तोडफोडको प्रयास गर्दै अपशब्द बोल्दै अभद्र व्यवहार गरेको घटनाले स्वतन्त्र प्रेसमाथि प्रहार गरेको ठहर छ ।’   यस्तै सेन्टरले प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको घटनामा पत्रकारलाई नै दोषारोपण गरेकाले पत्रकारितामाथि हस्तक्षेत्र भएको ठहर गरेको छ ।   ‘प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको अभद्र व्यवहारको घटनामा उल्टै पत्रकारलाई नै भिडियो किन खिचेको भनेर प्रश्न गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ दुर्व्यवहारको घटनामा संलग्नलाई सचेत गराउँदै माफी माग्न र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धताका लागि सम्बन्धित पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।   यद्यपी विज्ञप्तीमा क्षमायाचना मात्रै भनिएपनि पत्रकारहरुले होटल सञ्चालक तथा प्रहरीलाई कानूनी कारवाही गर्नुपर्ने बताएका छन् । 

पोखरा:  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीमगरले पोखराको यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् ।   यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर बिहीबार अनुगमनमा गएका हुन् ।   अनुगमनमा पुगेका मन्त्री जुग्जालीमगरले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको बुझ्नका लागि अनुगमनमा पुगेको बताए । उनले सोसँगै सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको सुनाए ।    उनले सेवाग्राहीको चाप कम गर्न पोखरासँगै अन्य जिल्लाको कार्यालयमा पनि सेवा बिस्तार गर्ने बताउदै आएका छन् ।   मन्त्रीको अनुगमनको क्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले सहज रूपमा सेवा उपलब्ध गराउदै आएको ब्रिफिङ गरेका थिए ।   जुग्जालीमगरले भौतिक तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीमुखी काम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।   जुग्जालीमगरको नेतृत्वपछि राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुदै आएको छ  । जसले गर्दा कार्यालयमा हुने सेवाग्राहीको चाप कम भएको छ ।  

पोखरा:   गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका गण्डकी प्रदेशका ४९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।  आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलबार विज्ञिप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको जानकारी दिएका छन् ।  यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १हजार ३७ र प्रदेश सभातर्फका १ हजार३ सय ९८ गरेर जम्मा २ हजार ४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।  निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा प्रदेशसभातर्फ उमेदवार भएका  स्वतन्त्र उम्मेदवार ११ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १० जना, जनता समाजवादी पार्टी नेपालका ५ जना, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ४ जना, नेकपा एमालेका ४ जना, हाम्रो नेपाली पार्टी ४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका नगरेका हुन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीका ३ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २ जना, जनमत पार्टी, जनसहभागिता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी )माओवादी समाजवादी), नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १/१ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ ।  प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ कति उम्मेदवारले निर्वाचन खर्च वितरण बुझाएन हेर्नुहोस्: 

पाेखरा:  गण्डकी प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्र गरेको छ।   प्रदेश स्थापनादेखि आर्थिक वर्ष २०७९/०८० को अवधिमा ८५ वटा सडक पुल बनाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।    मन्त्रालयका पूर्वाधार विकास निर्देशक राम पराजुलीले प्रदेश सरकारले हालसम्म ६६८ किलोमिटर सडक कालोपत्र, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण भएको जानकारी दिए।    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कालोपत्र, ग्राभेल र कच्ची गरी कुल ३६० किमी सडक निर्माण भएको थियो। त्यसमध्ये १६५ किमी कालोपत्र, ११६ किमी सडक ग्राभेल र ७९ किमी कच्ची सडक निर्माण गरेको थियो।    आर्थिक वर्ष २०७७/७८ मा कुल ४५१ किमी सडक बन्दा २११ किमी कालोपत्र, १५२ किमी ग्राभेल र ८८ किमी कच्ची सडक बनेको थियो। आव २०७६/७७ मा ६५ किमी कालोपत्र, १३८ किमी ग्राभेल र ७१ किमी कच्ची गरी कुल २७४ किमी सडक निर्माण तथ्यांक रहेको छ।    गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका लागि नयाँ आर्थिक वर्षका लागि ११ अर्ब १६ करोड बजेट विनियोजन भएको छ । यो खबर अन्नपूर्ण पोष्टमा सन्तोष गौतमले लेखेका छन् ।  

पोखरा:   लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् ।   लोकतान्त्रिक तमु संघ कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार भएको प्रथम अधिवेशनबाट १७ सदस्यीय समिति गठन गरेको हो ।   सो समितिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ छानिए ।   यस्तै सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् ।   नवनिर्वाचित पदाधिकारीहरुलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।    नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।    नवनिर्वाचित वडाध्यक्ष मादी गाउँपालिका ९ का वडाध्यक्ष हुन् ।