नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दशैंको बिदामा मुस्ताङ भ्रमण गरेका छन् । परिवार र सहयोगीसाथ मुस्ताङ पुगेका राजदूत श्रीवास्तवले मुक्तिनाथ मन्दिरलगायत अन्य स्थान घुमघाम गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ‘धेरै जानकारी दिन त मिल्दैन, उहाँको व्यक्तिगत भ्रमण हो’ जिप्रका मुस्ताङ प्रमुख एवं डिएसपी भोजराज पाण्डेले भने ‘उहाँ दूतावासकै सहयोगी लिएर आउनु भएको हो ।’ प्रहरीका अनुसार श्रीवास्तव घुमघाम र पूजापाठमामात्र व्यस्त रहे । श्रीवास्तव ३ दिन मुस्ताङ भ्रमण सकेर आज बिहानै सडक मार्गमार्फत पोखरातर्फ आउँदै छन् । मुस्ताङ रहँदा राजदूतले कुनैपनि सामाजिक कार्यक्रमको आयोजना नगरेको र समुदायसँग सम्पर्क नगरेको जनाइएको छ । मुस्ताङ धार्मिक र पर्यटन आकर्षणमात्र नभएर कूटनीतिक हिसाबले पनि महत्वपूर्ण जिल्ला मानिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यहाँको भ्रमण गरेका छन् । चीनबाट नेपाल भित्रने कोरोला नाका उत्तरी भेगमा भएका कारण भारतले यस क्षेत्रलाई विशेष महत्व दिँदै आएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै , सुचना संप्रेशण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भएका छन । उत्कृष्ट सवारी चालक तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फाल मगर योगेन्द्र स्मृति शाहसिक पुरस्कार र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी जवान किरन थापा बाह्य प्रशिक्षण तर्फ उत्कृष्ट भएका हुन । त्यसैगरी प्रहरी कार्यमा सहयोग पु¥याउने पोखरा १५ का समाजसेवी एवं शिक्षाविद प्रेम बहादुर थापा र मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पु¥याउने सर्व–साधारण तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष मिरा आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोति गिरी सम्मानित भएका छन । त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पु¥याउने स्थानीय तहतर्फ स्याङजाको अर्जुनचौपारी गाँउपालिका र बाग्लुङको बडिगाड गाउपालिका सम्मानित भए । ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपा गाँउपालिका ५ देउरालीका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ सम्मानित भए भने नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षक तर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका मा.बि. नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए । सम्मानितहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए
पोखरा: गण्डकी प्रदेशसभाको चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाका प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २, नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति लिने सहमति अनुसार चार जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुने भएका हुन् । दलहरुको सहमति अनुसार अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । यस्तै लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका थिए । एकल उम्मेदवारी परेसँगै उनीहरू सभापति चयन हुने निश्चित भएको छ । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापतिको टुंगो लागेको थिएन । गण्डकी प्रदेश सभा सचिवालयले भने चार वटै समितिका सभापति निर्विरोध भएको घोषणा भने हुन बाँकी रहेको जनाएको छ ।
पोखरा: एमाले गण्डकी प्रदेश कमिटी चयनका लागि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन समितिका अनुसार पोखरा सभागृहमा साँझ ५ बजेसम्म मतदान हुनेछ । अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् । मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिएसँगै मैदानमा छन् । उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुका लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट चुनिएका ९ सय ७ प्रतिनिधिले मतदान गर्नेछन् ।
मुस्ताङ: मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र तथा दर्शनार्थीमैत्री विश्रामस्थल सञ्चालनमा ल्याएको छ । नेपाली सेनाद्वारा विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा लागतमा निर्मित भौतिक संरचना मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । उक्त भवन मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै करिब १ रोपनी सार्वजनिक जग्गामा करिब ६ महिना लगाएर सम्पन्न गरेको हो । नेपाली सेनाद्वारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले गरे । सो अवसरमा बोल्दै पश्चिम पृतनापती उपरथी बाँनियाले निर्मित संरचनामा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र (२ वटा मेडिकल बेड), व्यवस्थित शौचालय र दशनार्थीमैत्री विश्रम कक्ष (२३ वटा फलामे बेञ्च) रहेको बताए । उनले नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्तरगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिको श्रमलानबाट सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको बताए । पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्बन्धलाई सुदृढ गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको सुनाए । अब उक्त भौतिक संरचनाको रेखदेख, व्यवस्थापन, प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको छ । मुस्ताङको प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ विकास समितिको अध्यक्ष हुने प्रावधान छ । सोही अनुरुप अहिले मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज पन्त रहेका छन् । उनले समिति र स्थानीय तहको समन्वयमा स्वास्थ्य परिक्षण केन्द्रमा २ जना स्वास्थ्यकर्मी (अनमी) करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए । पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले उक्त पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताइन् । सो अवसरमा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।
गोरखा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । शनिबार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभुती सद्भाव केही पनि रहँदैन ।’ त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग हुँदैन’ उनले थपे ‘यो संवेदनशिल विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ ।’ ‘हाम्रो एउटा मान्यता छ, बचायो भने भगवानले बचाउँछन् भन्छन्, डाक्टर भगवान होईनन्’ उनले भने ‘ मलाई लाग्दैन की कुनैपनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नुपनि हुन्न ।’ पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका बिभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतीपूर्ती दिने प्रथा पनि हो’ उनले भने ‘हुलदंगा ग¥यो क्षतीपुर्ती बढी पाउने, नपाउनेलेपनि पनि पाउने । त्यस्तो प्रवृत्तीलेपनि चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’ चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने उनले बताए । समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृंखल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकहले काम नै गर्न नसक्ने भयौँ भनेर बस्न नहुने उनले बताए । ‘डाक्टरहरुलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ तर काम सबै रोकेर बस्नु भएन ।’ गोरखा अस्पतालको सेवा सुविधा बिस्तारकालागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामकोलागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए ।

