गण्डकीको चार विषयगत समितिका सभापति निर्विरोध
पाेखरा | असोज २०, २०८०

पोखरा: गण्डकी प्रदेशसभाको चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशसभाका प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २, नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति लिने सहमति अनुसार चार जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुने भएका हुन् ।
दलहरुको सहमति अनुसार अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ ।
यस्तै लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो ।
नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका थिए । एकल उम्मेदवारी परेसँगै उनीहरू सभापति चयन हुने निश्चित भएको छ ।
साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापतिको टुंगो लागेको थिएन ।
गण्डकी प्रदेश सभा सचिवालयले भने चार वटै समितिका सभापति निर्विरोध भएको घोषणा भने हुन बाँकी रहेको जनाएको छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...