समाजको सन्तुलित विकासका लागि राज्य मात्र होइन हरेक क्षेत्र लाग्नुपर्छ: अर्थमन्त्री आलेमगर

पाेखरा | साउन १५, २०८०

समाजको सन्तुलित विकासका लागि राज्य मात्र होइन हरेक क्षेत्र लाग्नुपर्छ: अर्थमन्त्री आलेमगर

पोखरा:   गण्डकी प्रदेशमा ‘नेपालमा महिला सम्भावना र चुनौति’ विषयक प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेपाल सारथि फाउन्डेसन र इक्नोमिक्स हब नेपालको संयुक्त आयोजनामा आइतबार पोखरा सभागृह हलमा सम्मेलन भएको हो । 


सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जित प्रकाश आलेले महिला स्वयम् सशक्तिकरण हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुष भन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नुभन्ने भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे । उनले समाजको सन्तुलित विकासका लागि राज्यमात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उदेश्य प्राप्ती हुने बताए । 


यस्तै पोखराका मेयर धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले महिलाको सवालमा महानगर सद्यैँ काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए । 


सारथि फाउन्डेसनका सिइओ आयुष अधिकारीले प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । नेपालमा महिलाको कस्तो अवस्था छ भन्ने बारे बुझ्न कार्यक्रमको आयोजना गरेको उनले सुनाए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफुहरुले लामो समयदेखी महिलाको आवाज वुलन्द पार्दै आएको सुनाइन् । दुरदराजका महिलाहरु अझैपनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको उनले बताइन् । राज्यले दिएको ३३ प्रतिशतको कार्यान्वयन नभएको उनले गुनासो पोखिन् । राज्यको संयन्त्रमा र सहभागितामा हेर्दा न्याय पुर्ण सहभागिता हुन नसकेको उनको भनाई छ । 


कार्यक्रममा लक्ष्मी दाहाल, डा विनोद विन्दु शर्मा, मोतिलाल तिमिल्सिना, डा अञ्जली सुवेदी, डा सरस्वती, विना सिवाल, कोपिला नेपाल डाइरेक्टर शोभा भण्डारि लगायतको सहभागिता रहेको थियो । 
सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानुनका विषयमा अन्तरक्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरुको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्