पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  बैतडी:   बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।    जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् ।    यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार नौ सय ११ जनाले बुस्टर डोज लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २३ हजार छ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार छ सय ४४ जनाले पूर्ण खोप र १३ हजार छ सय १२ जनाले बुस्टर डोज लगाएका छन् ।    यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र छ हजार दुई सय दुई जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार छ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार आठ सय ९६ जनाले खोपको पूर्ण मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार दुई सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार नौ सय ४२ जनाले खोपको पूर्ण मात्रा र छ हजार आठ सय ९५ जनाले बुस्टर डोज लगाएका छन् ।       सुर्नया गाउँपालिकामा १० हजार तीन सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार आठ सय ८३ जनाले खोपको पूर्ण मात्रा र पाँच हजार आठ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार पाँच सय ५४ जनाले पूर्ण खोप र  पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन् ।       यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार आठ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार दुई सय ५१ जनाले पूर्ण खोेप र चार हजार नौ सय ९८ जनाले बुस्टर डोज लगाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूर्ण खोप र दुई हजार छ सय २५ जनाले बुस्टर डोज लगाएका छन् ।     जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

  काठमाडौं:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलीरहेको बताउनुभएको छ ।   जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताउनुभयो ।    नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उहाँले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो । नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिनुभयो । दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।    नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण केन्द्रित रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गर्नुभयो । आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उहाँले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताउनुभयो । पाँचदिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आज त्यहाँ पुग्नुभएको हो ।

  काठमाडौं:   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।   स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उहाँले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन आग्रह गर्नुभयो ।    नेपाली कांग्रेसका युवानेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताउनुभयो । उहाँले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाउनुभयो । नेता घिमिरेले भन्नुभयो, “२०४६ सालपछि जनताले यो मुलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएकामा यो ३२ वर्ष निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरि सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्छ ।”   उहाँले निर्वाचन आउँछ, जान्छ तर देश बदलिँएन, जनस्तर पनि सुध्रिएन, त्यसैले अबको निर्वाचनपछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउँछौँ भन्ने सङ्कल्प गर्नु आवश्यक छ भन्नुभयो ।    नेपाली कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजङ्ग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसङ्घीय सांसद लेखनाथ न्यौपाने, बाग्मती प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडीलगायतले निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालय बालकोटका ९२विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका स्टेशनरी सामानहरु हस्तान्तरण गर्नुभयो । कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए ।

  कैलाली:   कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।   एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।    नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

  मकवानपुर:   हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।    वडा नं  ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि  तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।      डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो  । 

  काठमाडौं:   नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ  गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभएको छ ।    सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनुभयो ।   उहाँले भन्नुभयो, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उहाँले थप्नुभयो “एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उहाँको भनाई थियो ।​संबिधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताउनुभयो ।  यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।” देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उहाँको भनाई थियो ।   फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताउनुभयो । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उहाँले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।”

  कोलकाता:   नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ ।      कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाषा बोल्ने समुदायले आदिकविलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न गरेका प्रयासस्वरुप उक्त कार्य थालिएको हो ।      आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसरमा नेपाली जनकल्याण समिति (हावडा)को  आयोजनामा हालै सम्पन्न कार्यक्रममा सहभागी हुनुभएका पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले आदिकवि नेपाली भाषाका अगुवा भएको बताउँदै कोलकातास्थित हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई उहाँको स्मृतिमा नामकरण गरिने घोषणा गर्नुभयो । आदिकविले रामायणको अनुवादका माध्यमबाट धार्मिक विषय, तत्कालीन नेपाली समाज चिनाउन भूमिका निर्वाह गरेको बताउँदै उहाँको पूर्णकदको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त सो अवसरमा व्यक्त गरियो ।       धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विसं १८७१ असार २९ गते भानुभक्तको जन्म भएको थियो । घाँसीको समाजसेवाको भावनाले कुवा बनाउने कार्ययोजनाबाट प्रभावित भानुलाई सो विषयले आदिकवि बन्न प्रेरित गरेको थियो । घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही नौलो कार्य गर्ने प्रेरणा पाएको भनाइ छ ।      राजा रामको आदर्शलाई जनमानसमा फैलाउने व्यक्ति पनि भाुन नै हुन् । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शनको राम्रो अध्ययन भएकाले उनले अनुवाद गरेको रामायण अहिलेसम्म पनि नेपाली जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । उनलाई राष्ट्रिय विभूतिको सम्मानसमेत प्रदान गरिएको छ ।      नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको बताउँनुभयो । विगत २५ वर्षदेखि आदिकविको स्मरणमा यस क्षेत्रमा भानुको जन्मजयन्ती कार्यक्रम गर्ने गरिएको जानकारी उहाँले दिनुभयो । सो समितिले बिहानी नामक वार्षिक साहित्यिक पत्रिका २३ वर्षदेखि भानुमा समर्पित गरेर प्रकाशन गर्दै आएको छ ।  अयोध्याका राजा दशरथको ज्येष्ठ सन्तानका रुपमा रामको जीवनीका सबै आयामलाई लिपिबद्ध गरिएको रामायण हिन्दू धर्मावलम्बीको ठूलो कृति मानिएको छ । त्यसका संस्कृत श्लोकलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर आदिकविले सरल नेपाली भाषामा लेखेको श्लोक अहिले पनि नेपाली समाजमा लोकिप्रय छ । विभिन्न स्थानमा पढाइ हुने गुरुकुलमा यसका श्लोकको सस्वर वाचन गरिन्छ । उहाँको कविताबाट तत्कालीन सामाजिक परिवेश, सांस्कृतिक परम्परा, मूल्यमान्यतालाई अध्ययन तथा गहन विश्लेषण गर्न सकिन्छ ।      नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्म पनि कोलकाताको जोडासाँकु भन्ने ठाउँमा सन् १८६१ मे ७ मा भएको थियो । विश्वविख्यात कवि, साहित्यकार, दार्शनिकका रुपमा परिचित टैगोर एशियाकै पहिलो नोबेल पुरस्कार विजेता हुन् । उनले साहित्य, सङ्गीत र चित्रकलामा विशेष ज्ञान राख्थे । उनको काव्यरचना गीताञ्जलिका लागि सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । टैगोरको स्मरणमा पनि नेपालस्थित भारतीय दूतावासका साथै अन्य साहित्यकार र तीनका संस्थाले साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको पाइन्छ ।      साहित्यको प्रभावलाई कुनै पनि भूगोल तथा देशको सिमानाले खुम्चाउन सक्दैन । साहित्य, कला, सङ्गीतको शक्तिले मानवीय संवेदनालाई बुझ्ने, सिर्जनशीलता, ज्ञान, चेतना, विकास, समृद्धिका लागि प्रेरित गर्ने गर्दछ ।     विविधताले भरिएको नेपाली जाति समुदायको एकता, राष्ट्रिय पहिचान तथा नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेकोले नेपाली भाषा बोल्ने सबैले उहाँको सम्मान गर्नुपर्ने तिलकराम पौडेलको धारणा छ । ऊर्जा विज्ञ उहाँ नेपाली मूलको भारतीय नागरिक हुनुहुन्छ । भानुभक्तको योगदानलाई फैलाउन महत्वपूर्ण कार्य युवाकवि मोतीराम भट्टले गरेको इतिहास पाइन्छ । करिब तीन लाख नेपाली कामको सिलसिलामा कोलकातामा बसोबास गर्ने गरेको अनुमान छ ।      नेपाली कला, साहित्य र नृत्यको प्रवद्र्धन गर्न क्रियाशील दिलीप थापा करिब तीन दशकदेखि सोही क्षेत्रमा बसोबास गर्नुहुन्छ । नेपालीका साथै बङ्गालीलाई नृत्य सिकाउँदै आउनुभएका उहाँले नेपाली भाषीहरु विश्वका जुनसुकै स्थानमा भए पनि त्यहाँ भानुजयन्ती मनाउनुपर्नेमा जोड दिनुहुन्छ । नेपाली भाषा तथा समुदायको उन्नयनमा क्रियाशील करिब दुई दर्जन जति सङ्घ संस्था कोलकातामा छन् ।       भारतको आसाम, मणिपुरलगायतका नेपाली भाषाभाषीको बीचमा भानुभक्तको महिमा ठूलो रहेको पाइन्छ । दार्जिलिङमा भानुभक्तको शालिक छ । त्यहाँ भानुजयन्तीलाई पर्वकै रुपमा मनाइन्छ ।  बर्मा, भुटानलगायत देशमा पनि भानुजयन्ती मनाइन्छ । नेपाली, अङ्ग्रेजी, बङ्गाली र हिन्दी भाषाका ज्ञाता आशा बराल उपाध्यायले  विभिन्न जाति, भाषा, साहित्य र संस्कृतिले सजिएको नेपाललाई पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको भए पनि आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत सबै नेपालीलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो । आदिकविले मानिस जन्मेपछि समग्र समाजका लागि कुनै योगदान गर्नुपर्छ, नाम कृति छाडनुपर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ थियो ।

  सिन्धुपाल्चोक:   सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।        यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान    महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।   त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

  काठमाडौं:   पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ ।    आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए । आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।   आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’ पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो ।  अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने  बताए ।