जङ्गली हात्तीले भत्कायो २ घर

सर्लाही | भदौ २५, २०७९

जङ्गली हात्तीले  भत्कायो २ घर

 

सर्लाही: सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको  छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । 

 

हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ । बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । 

 

हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन् । स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ ।  

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्