नेकपा (एस) कास्की अध्यक्षमा खड्का, उपाध्यक्षमा पूर्ण

पाेखरा | भदौ २५, २०७९

नेकपा (एस) कास्की अध्यक्षमा खड्का, उपाध्यक्षमा पूर्ण

 


पोखरा । नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो ।

 

पोखरा २१ कृष्ति स्थायी घर भएका पुराना, सालिन र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिएका हमाल २०३६ साल बाट विद्यार्थी राजनीतिमा उदायका हुन् । उनी नेकपा एमाले क्षेत्रीय कमिटी उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, एकीकृत समाजवादीमा जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् ।  

 

त्यसैगरी एकीकृत समाजवादीको उपाध्यक्षमा पूर्ण लामा चयन भएका छन् । यस अगाडि जिल्ला कमिटीमा उपसचिव रहेका उनी समाजवादी निकट युवा संघको समेत केन्द्रीय उपाध्यक्ष छन् ।

 

१६९ सदस्यीय जिल्ला कमिटी रहेको एकीकृत समाजवादी कास्कीमा अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरेर ६ जना पदाधिकारी रहने व्यवस्था छ । एकीकृत समाजवादीको जिल्ला कमिटी भित्र ५५ सदस्यी सचिवालय छ भने समावादीका पाँच हजार एक सय जना संगठित सदस्य रहेका सो पार्टीले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्