पोखरा । लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ । शनिबार बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि चिफ एडभाइजर धनीराम बराल, लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यक्रम संयोजक जयराम तिमल्सिना, लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष राम कंडेलले संयुक्त रुपमा बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि धनीराम बरालले विश्वका विभिन्न २१४ राष्ट्रमा फैलिएको लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताउनुभयो । लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गर्दै उहाँले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले ज्येष्ठ नागरिक आश्रमहरूको दीर्घकालीन सञ्चालनमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । राधाकृष्ण बृद्धाश्रममा ज्येष्ठ नागरिकहलाई सम्मानपूर्वक सुखी र खुसी भएर बसेको पाइएको बताउँदै उहाँले संघ संस्थाका तर्फबाट गरिने सहयोगले यस्ता संस्थामा ठूलो राहत पुग्ने धारणा राख्नुभयो । कार्यक्रम संयोजक जयराम तिमल्सिनाले यो सांकेतिक सहयोग भएको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले लायन्स क्लबका तर्फबाट बृद्धाश्रमको सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै बृद्धाश्रममा प्राप्त कुल सहयोगको ६० देखि ६५ प्रतिशतसम्म लायन्सबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो । लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिबल्लभ त्रिपाठी, सचिव भीम आचार्य लगायतले बृद्धाश्रममा गरिने साना साना सहयोगले यहाँको सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म चल्नेछ् । प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरि गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ । नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको अधिकारीले जानकारी दिए । केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णलाई आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रले शनिबार वडामा रहेका विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु, विभिन्न संघ संस्थाको सहभागीतामा वडा भेला समेत आयोजना गरेको थियो । भेलामा सहभागीहरुले मेलालाई सम्पन्न गर्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेलाका प्रमुख अतिथी पोखरा १ का वडा सदस्य रामजी पौडेलले मेला केन्द्रको आयोजनामा संचालन हुने भएपनि यसलाई सफल पार्न सम्पुर्ण वडाबासीको कतव्य रहेकाले सहयोग गर्न आग्रह गरेका थिए । मेलाको सफलता असफलता वडावासी संग जोडीएकाले सकेको सहयोग गर्न अनुरोध गदै वडा कार्यालयका तर्फबाट गर्नुपर्ने सवै सहयोग केन्द्रलाई गर्ने प्रतिवद्धता जनाएका थिए ।
काठमाडौं: प्रतिनिधिसभामा पाँच महिनाअघि दर्ता भएको सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ । गत फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउनुभएको थियो । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दर्ता गर्नुभएको सो महाअभियोगको प्रस्तावमाथि छलफल नगराएको भन्दै आलोचना भएको थियो । महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्वित हुनुहुन्छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले प्रतिनिधिसभा नियमावलीमा प्रतिनिधिसभा नबस्दा सभामुखले महाअभियोगको प्रस्ताव सात दिनभित्र बैठक बोलाउने र तीन दिनभित्र टुङ्ग्याउनुपर्ने व्यवस्था भए पनि पाँच महिनासम्म सोही उठाइरहेको बताउनुभयो । सांसद पुष्पकुमारी कायस्थ राणाले आफू प्रधानन्यायधीशका रुपमा रहँदा संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, अदालतको नेतृत्व नगरेको, कार्यक्षमतामा प्रश्न उठेको लगायतका कारण अभियोग दर्ता भएको उल्लेख गर्नुभयो । सांसद महेश बस्नेतले संसद्को कार्यकाल सकिन लागेकाले यो प्रस्ताव विचराधीन हुँदै राणाको कार्यकाल सक्ने योजना बुझिएको धारणा राख्नुभयो । सांसद निरुदेवी पालले विगतमा सुशीला कार्कीलाई हचुवाका भरमा प्रस्ताव लगाइएकामा त्यसबाट पाठ नसिकी पुनःमहाअभियोग दर्ता गरिएको बताउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले सांसदका गतिविधि नागरिकले नियालेका भन्दै अबको निर्वाचनमा सबै आआफ्नो क्षेत्रमा गएर नागरिकलाई आफ्ना कामबारे सोध्न सक्नुपर्ने बताउनुभयो । सांसद चाँदतारा कुमारीले राणाले नै रञ्जन कोइरालाको मुद्दा उल्टाएको, बिचौलियामार्फत काम गरेको र राणामा नैतिकता, क्षमता नदेखिएकाले सो मुद्दा चाँडो छिनोफानो गर्नुपर्ने भनाई राख्नुभयो । सांसद घनश्याम खतिवडाले निर्वाचन घोषणा भइसकेको र सांसद पनि निर्वाचनमा जाने समय भएकाले यो विषय अहिले ढिलो आएको बताउनुभयो । सांसद सरिताकुमारी गिरीले प्रस्ताव दर्ता भएको तीन दिनमा छलफल गर्नुपर्ने भए पनि ढिलाइ भएर कामुले चलाउँदा न्यायालय अलपत्र भएको औँल्याउनुभयो । सांसद डा डिला सङ्ग्रौला पन्तले संविधानको भावनाविपरीत न्यायालय ध्वस्त पार्न खोजेकाले प्रस्ताव ल्याइएको भन्दै न्यायलयमा नैतिक र चरित्रवान् व्यक्ति चाहिने र न्यायालयको भ्रष्टाचारका विषयमा संसद्मा पक्ष विपक्ष हुन नहुने बताउनुभयो । सांसद डा भीमबहादुर रावलले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैतिर कानुन मिच्ने काम भइरहेको आरोप लगाउनुभयो । सांसद मीनबहादुर विश्वकर्माले प्रस्ताव दर्ता हुँदा सरकार र प्रतिपक्षमा विभक्त नभएकाले अहिले पनि छलफल गरेर प्रस्ताव सोही ढङ्गले टुङ्ग्याउनुपर्ने धारणा राख्नुभयो । सांसद दुर्गा पौडेलले प्रधानन्यायाधीशका विरुद्ध महाअभियोग लगाउनुपर्ने विषयमा नागरिक समाजदेखि सबै एकमत भएकाले संसद्बाट पारित गर्नुपर्ने बताउनुभयो । सांसद प्रकाश रसाइली स्नेहीले न्यायालयभित्र ढिलासुस्ती र अनियमितता भएकाले त्यो सुधार्न ढिला भए पनि प्रस्ताव पारित गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
पोखरा: सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने उक्त गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मचद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । गोष्ठीको उद्घाटन गर्दै प्रमुख आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा छलफल हुने हरेक विषयहरू माथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्त्व राख्ने उहाँले बताउनुभयो । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीहरू बिच प्रभावकारी समन्वय कायम गर्न समेत यस प्रकारका फोरमहरू फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटन राजधानी घोषणाका लागि सङ्घ सरकारलाई आग्रह गरिएको जनाउँदै प्रमुख आचार्यले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषता अनुसारको योजना बनाउनुपर्नेमा जोड समेत दिनुभयो । गोष्ठीमा कोरिडोर अन्तर्गत रहेका पालिकाहरूको अवसर र चुनौती तथा नागरिक प्रति स्थानीय सरकारको जिम्मेवारीलाई मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ । मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा कोरिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समीक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । भारतको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग वि।सं। २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ ।
गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ । आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।
काठमाडौं: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार आठसय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार तीनसय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार दुई सय पाँच तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा एक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला विकास समितिका अध्यक्ष, खेलकुद विकास समितिका कार्यालय प्रमुखहरु र परिषदका सदस्यहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रमको यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले गरेका थिए । सो अवसरमा सचिव अधिकारीले संघिय, प्रदेश अन्तर कार्यालय र खेल संघहरुको अन्तर सम्वन्ध, बजेटको कार्यान्वयन र चुनौतीका बारेमा आफ्ना भनाई अघि सार्दै प्रदेशको खेलकुद बजेट अप्रयाप्त रहेको संगै अप्रयाप्त लागनी विना निर्माण भएका पूर्वाधारले नतिजा दिन नसकेको बताए । प्रदेशको खेलकुद विकास ऐन र नियमावलीले निर्दिष्ट गरेका अधिकारहरुका बारेमा चर्चा गर्दै सचिव अधिकारीले स्वस्थ्य नागरिक उत्पादन संगै आर्थिक विकासका लागि खेलकुदमा लगानी अपरिहार्य रहेको बताए । उनले स्थानियतह संगको समन्वयमा खेलकुद पूर्वाधारहरुको विकास हुने सके त्यसको संरक्षण र सम्वद्र्धन हुन सक्ने उल्लेख गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा सुशासन आवश्यक रहने कुरामा जोड दिंदै त्यसका लागि खेलकुदमा कार्यरत कर्मचारी र पदाधिकारीहरुमा अनुशासित हुनुपर्ने बताए । उनले संघियता प्राप्त भएको पाँच वर्ष सम्म पनि खेलकुदका संरचनाहरु झनै चपेटामा परेको उल्लेख गर्दै खेलकुदले संस्थागत विकास हुन नसकेको बताए । खेलकुद कार्यालयहरुमा आधुनिक प्रविधिको प्रयोग आर्थिक कार्यान्वयनका लागि योजना र पारदर्शिता महत्वपूर्ण पाटोको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो । सो अवसरमा नेपाल ओलम्पिक कमिटि साइकोलोजी कमिसनका संयोजक एवम उत्प्रेरक इन्द्र गुरुङले नेतृत्व क्षमताका लागि सात वटा विषय प्रमुख रुपमा हुनु पर्ने बताए । उनले उर्जा, संवेग, समयको व्यवस्थापन, आर्थिक परादर्शिता, सम्वन्धको विकास, जवाफदेहिता लगायतका विषय प्रमुख रहेको औंल्याए । उत्कृष्ट तथा क्षमतावान नेतृत्वका लागि शिप संगै मानसिक रुपमा आफूलाई त्यस रुपमा उभ्याउन खाँचो रहेको बताउँदै प्रदेश खेलकुदका सल्लाहकार समेत रहेका गुरुङले क्षमतावान नेतृत्वका लागि मानसिक र सारिरिक तथा स्वस्थ्य संगै सिर्जनशिलता समेत उत्तिकै अपरिहार्य रहेको बताए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले परिषदले अघि सारेका योजना, कार्यक्रम र बजेट तथा नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए भने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले लेखा प्रणाली व्यवस्थापनका विषयमा अभिमुखीकरण गराएका थिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।
पोखरा: पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो । वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार व्यापार गर्ने समुदायको नियमित कारोबार संस्कृति नै बनेको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बरालको ‘नुन व्यापार मार्गसँग जोडिएका कालीगण्डकी भोट बेंसी सम्बन्धहरू’ शीर्षकको अनुसन्धानमा भनिएको छ । अन्यत्रको नुन व्यापारमा हिमाली खम्पा जातिको सक्रियता भए पनि कालीगण्डकी करिडोरको नुन व्यापारमा थकाली जातिको सक्रियता देखिएको बताउँदै बरालले तत्कालीन नुन अर्थतन्त्रमा आधारित भोट र पहाड बीचको सम्पर्क दूत थकाली जाति नै रहेको उल्लेख गर्नुभयो । ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो । तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ । करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो । यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौँ हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको कास्की भरतपोखरीका ९० वर्षीय तीलकराम पौडेल बताउनुहुन्छ । उहाँलाई सुरुसुरुमा मुस्ताङको लेतेसम्म पुगेर नुन ल्याएको अनुभव अझै पनि ताजै छ । ढिके नुनका रूपमा चिनिने हिमाली भेगमा पाइने नुन साल्टटे«डिङ कर्पोरेशनले आयोनुन बजारमा ल्याएसँगै छायाँमा परेको हो । हिमालपारिको जिल्ला मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुन खानी पछिल्ला वर्ष बन्द भएको छ । तीनताका नुन खानीकै कारण यहाँका धेरैले रोजगारीसमेत पाएका थिए । खानी बन्द भएसँगै रोजगारी त हटेको छ नै पैसा तिरेर महँगोमा नुन खानुपरेको स्थानीयवासीको गुनासो पनि छ । प्राचीन समयमा मुस्ताङको ढिके नुन देशका अधिकांश भागमा पुग्दथ्यो । बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो । नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो । पछिल्लो दशकमा नुन खानीको संरक्षणको साटो आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरिएको र केवल गाईभैँसीलाई मात्र खुवाउन थालिएपछि यहाँको नुनसँग जोडिएको मौलिकता नै ओझेलमा पारिएको स्थानीयवासीको दुखेसो छ । तत्कालीन समयमा कास्की, स्याङ्जालगायत आसपासका बासिन्दाले चामलसँग नुन साटेर लैजान्थे । अनुसन्धाता बरालका अनुसार तत्कालीन समयमा गण्डकी क्षेत्रका टुकुचे, दाना तातोपानी, तिप्ल्याङ, बीरेठाँटी मुख्य नुन व्यापार केन्द्रका रुपमा स्थापित बनेका थिए । टुकुचे यहाँको पुरानो भन्सार क्षेत्र हो । भोटका नुन व्यापारीले भण्डारण गर्ने र तल्लो पहाडकाले नुन खरिद गर्ने केन्द्र बजारका रुपमा यसले आफ्नो स्थान ओगटेको थियो । तत्कालीन थकाली सुब्बाको नुन ठेकेदारीमा पहुँच घटेसँगै भन्सार दानामा सरेपछि टुकुचेको नुन बजार सुस्ताएको बराल बताउनुहुन्छ । टुकुचेबाट सरेको नुन बजारको केन्द्र दाना तातोपानी हुँदै क्रमशः भुरुङ तातोपानीतर्फ सरेको उहाँले बताउनुभयो । विशेषतः ढाक्रेहरू र अन्य बटुवा तातेपानी कुण्डमा डुबेर भोटको चिसो फाल्ने मनसायले कुण्ड नजीकैका भट्टीमा बस्ने क्रमसँगै दानापछिको नुन बजार केन्द्रका रुपमा तातोपानी स्थान ओगटेको थियो । कास्की वीरेठाँटी आउने ढाक्रे र पश्चिम बेनी तथा कार्कीनेटा जाने ढाक्रेको सामूहिक जमघट हुने र छुट्टिने स्थान यहीँ भएकाले तुलनात्मकरुपमा यहाँ बढी चहलपहल हुने गर्दथ्यो । नुन व्यापारकै अर्को केन्द्रका रुपमा रहेको तिप्ल्याङ मुस्ताङ प्रवेशका लागि कठिन भिरमुनिको बस्तीका रुपमा परिचित छ । बाह्रगाउँ सेरिवका स्थानीयले आफूले स्थानीय खानीबाट किने, पाएको नुन र भोटका व्यापारीसँग साटेको नुनलाई चामल र अन्य खाद्यान्न तथा लत्ताकपडाका लागि विनिमय गर्न टुकुचे आउन नसकेका ढाक्रेलाई बढी मोलमा नुन बेच्न पाइने आशामा तिप्ल्याङसम्म ल्याएर बेच्ने गर्दथे । यसो गर्दा भन्सारको समस्या नपर्ने र डरलाग्दो भिरको बाटो हिँड्न नपर्ने भन्दै ढाक्रेलाई केही बढी मूल्यमा नुन चामल साटिन्थ्यो । तिप्ल्याङ बजारमा प्रायः बेनीतर्फको कालीगण्डकी तटीय पदमार्गका ढाक्रेको जमघट हुन्थ्यो । भारी बोक्नसक्ने आँट भएका र अझ सस्तोमा नुन ल्याउने नाइकेको साथ पाएका ढाक्रे भने अझ उपल्लो बस्तीतिर लम्कँदै टुकुचै नै आउथे । बरालका अनुसार नुन बजारको केन्द्रका रुपमा रहेको वीरेठाँटी तत्कालीन समयको ढाक्रे विश्राम बजारका रुपमा परिचित थियो । भोट जाँदा उल्लेरीको उकालो चढ्नु पहिले बास बस्ने थलो र नुन बोकी ल्याउँदा चन्द्रकोट लुम्लेको उकालो चढ्नुपर्ने तयारीका लागि विश्राम गर्ने थलोका रुपमा रहेका कारण यो आवतजावत गर्दा बास बस्ने गन्तव्यका रुपमा विकास भएको थियो । दुई दशकअघिसम्म मुस्ताङका स्थानीयवासीले त्यहाँको स्थानीय नुन नै प्रयोग गरे पनि पछिल्ला समयमा उत्पादन नै रोकिएपछि प्रशोधित नुन नै खाने गरेका छन् । मुस्ताङको नुन खानी रहेको तेताङका स्थानीयवासीले उक्त खानीबाट अझै पनि नुनको पानी ल्याएर खाने गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । नुनखानी हिमाली मौलिकतासमेत भएको र यसलाई जोगाउनका लागि मुस्ताङस्थित तेताङको नुनखानी सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेपनि त्यो सार्थक हुन सकेको छैन । सांसद तुलाचनका अनुसार अघिल्लो वर्ष नुन खानी सञ्चालनका लागि बोलपत्र आह्वान भए पनि कसैको पनि निवेदन परेन । विसं २०६० अघिसम्म स्थानीय शङ्करमान शेरचनले तेताङको नुन खानीबाट नुन निकाल्नु भएको भए पनि त्यसपछि भने उक्त नुन खानी बन्द रहेको छ । तत्कालीन समयमा शेरचनले वार्र्षिक ५० देखि ६० मुरीसम्म नुन उक्त खानीबाट निकाल्नुहुन्थ्यो । “उत्पादनको अवस्थासँगै खानी सञ्चालनका लागि लाइसेन्स आदि प्रकृयाका कारण पनि टेण्डर हुँदा पनि निवेदन पर्न सकेनन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रको प्राचीन मौलकता कायम राख्नका लागि नुन खानी सञ्चालनको जमर्को गरेका हौँ ।” मुस्ताङमा आउने पर्यटकलाई नुन खानीसम्म पुर्याउने र यहाँको कोसेलीका रूपमा किनेर लैजानसक्ने व्यवस्थाका लागि पनि सरकारले त्यसको सञ्चालनको सोच बढाएको हो । त्यसका लागि खानी तथा भूगर्भ विभाग र सम्बद्ध निकायका प्रतिनिधिसहितको प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन प्रतिवेदन बुझाएको थियो । सडकमार्गको पहुँच र नुन खानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सो प्रतिवेदनमा सुझाव दिइएको थियो । मुस्ताङको छुक्सङस्थित तेताङमा नुनखानीको पहाडै छ । मुस्ताङको नुन खानीबाट निकालिएको नुन चोखो हुने धार्मिक जनविश्वाससमेत छ । कुनै शुभसाइत वा जललाई चोखो बनाउन यहाँका नुन प्रयोग गर्ने गरिएको र वास्तुशास्त्रीय हिसाबले पनि यसको विशेष महत्व मानिने भएकाले घरको जगसाइतमा मुस्ताङी नुनको प्रयोग गर्ने प्रचलन छ । तत्कालीन समयमा नुनकै लागि प्रख्यात मुस्ताङमा अहिले भने पोखराबाट प्रशोधित नुन जाने गरेको छ । पोखरास्थित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट वार्षिक ८०० क्विन्टल नुन मुस्ताङका लागि जाने गरेको सो कार्यालयका प्रमुख वासुदेव उपाध्यायले जानकारी दिनुभयो । मुस्ताङको लागि साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा ल्याएको प्रशोधित भानु नामको नुन पठाउने गरेको छ । पछिल्ला समयमा चीनले सिल्क रोडका माध्यमबाट महादेशीय मुलुकलाई जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्गको पुरानो पहिचानलाई आधुनिक मार्गको जालोमा जोडने गरी रेशम मार्गको योजना अगाडि सारेका अवस्थामा यससँग जोडिएको नुन मार्ग पनि यतिखेर चासो र चर्चामा छ । पुरातत्व विभागले मुस्ताङको कोरला नाकाबाट कालीगण्डकी कोरिडोर हुँदै भएको प्राचीन नुन व्यापार मार्गमा उत्तर र दक्षिणका छिमेकीबीचको रेशम मार्गसँगको सम्बन्धबारे प्रमाण जुटाउन छलफल एवं अन्तक्र्रिया पनि थालेको छ । रेशम मार्गसँग नेपालको संलग्नतामा भोट–मधेसको नुन व्यापार मार्गका रूपमा परिचित लोमन्थाङ–लुम्बिनीसम्मको प्राचीन मार्गलाई पहिचान गरी यस मार्गमा पर्ने बस्ती, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको सुक्ष्म अध्ययन अन्वेषण थालेसँगै यसले महत्व पाएको हो । विगतमा भोटमा निर्भर भएको नुनको आपूर्ति स्रोत मुस्ताङी मार्गबाट हुने नुन तथा ऊनको व्यापार चक्र रोकिएसँगै दक्षिणका सामुन्द्रिक नुनमा भर पर्न प्रेरित बनेको देखिन्छ । नुनका लागि भोट जाने ढाक्रेहरुले भदौमा भोटतिर जाँदा उनीहरू बाटामा जडीबुटी सङ्कलन गर्दै जाने र बिक्री गरी त्यही पैसाले किनमेल गर्दा आर्थिक गतिविधि चलायमान बनेको थियो । तत्कालीन समयमा तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रबाट नुन र ऊनको व्यापारका लागि विभिन्न मार्ग निर्माण भएको बताउँदै अनुसन्धाता बरालले यीमध्ये मुस्ताङ, रसुवाको केरुङ, उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यका प्रमुख रहेको बताउनुहुन्छ । यी क्षेत्रमा बसोबास गर्ने मानिस पहाडी र तराई क्षेत्रको अन्न भोटसम्म र भोटको नुन र उन नेपालका पहाडी र तराई क्षेत्रसम्म पु¥याउने उहाँले जानकारी दिनुभयो । नुन मार्गका ढाक्रेहरुलाई सुस्ताउने चौतारी, विश्राम गर्ने पाटी—पौवा, खोला तर्ने काठे साँघु निर्माण गर्ने र पानी खाने धारो बनाएर कृति राख्ने प्रचलन त्यसै समयदेखि सुरु भएको थियो । भोटबाट आयात हुने ढिके नुन र हिमाली क्षेत्रका नुन खानीबाट उत्पादित नुनले नेपालको नुन बजारको माग धानेकामा पछिल्ला समयमा देश पूर्णरुपमा नुनमा परनिर्भर बनेको छ । गलगाँडको प्रभाव आदिलाई देखाएर आयोडिन युक्त नुन प्रयोगका नाममा हाम्रो भोटसँगको साल्ट रोड तहसनहस पार्नुका साथै हिमाली जनजीवन, त्यससँग जोडिएका कथा र त्यहाँको अर्थतन्त्रलाई समेत परनिर्भर बनाइएको बरालको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज जिल्लामा क्रियाशील एक सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो । कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको न्यौपानेले बताउनुभयो । “जिल्लामा आबद्ध पत्रकार कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घन्टौँ लाइनमा बस्न सम्भव थिएन”, न्यौपानेले भन्नुभयो, “राज्यको अभियानमा पत्रकार सहभागी भएर आम नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन उत्प्रेरित गर्ने योजनाले महासङ्घले समन्वय गरेको हो ।” सरकारको अभियानमा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र ब्यस्ततालाई हेक्का राखेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताउनुभयो । “सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि ललितपुरका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ”, प्रजिअ उपाध्यायले भन्नुभयो, “यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासङ्घको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो ।” राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय एकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको बताउनुभयो । “सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ”, राउतले भन्नुभयो, “समयमै राष्ट्रिय परिचयपत्र बनाए सहज हुनेछ ।” अन्य बेलामा प्रशासनमा भीडभाड बढी हुने भएकाले सार्वजनिक बिदाका दिन सेवा दिएको उहाँले बताउनुभयो । “सरकारको राष्ट्रिय अभियान सफल पार्न र जनताको सेवा जुनसुकै बेला गर्न हामी तयार छौँ”, राउतले थप्नुभयो । शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइएको थियो । सार्वजनिक बिदाका दिन भएकाले पत्रकार महासङ्घसँग सहकार्य गर्न सहज भएको राष्ट्रिय परिचयपत्र एकाइका व्यवस्थापन कक्षका सुपरभाइजर साजन न्यौपानेले बताउनुभयो । “पासपोर्ट बनाउनका लागि मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने जस्तो भयो र अरु दिन निकै भीड भयो”, न्यौपानेले भन्नुभयो, “खासमा राज्यले सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरेको छ । हामीले सार्वजनिक बिदाका दिन पनि सेवा दिएर भीड कम गराउन खोजेका हौँ ।” ललितपुर महानगरका १ देखि १४, १६, १७, १९ र २० नं वडामा वडास्तरीय अभियान चलिराखेको र बाँकी ११ वटा वडामा पनि यही साउन मसान्तभित्रमा अभियान सञ्चालन गरिने राउतले बताउनुभयो । ललितपुर जिल्लाको महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ । –––