काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

झापा:   झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ ।  पछिल्लो मत परिणाम अनुसार, ओलीले १२ हजार १८६ मत प्राप्त गर्नुभएको छ ।  यसैगरी, नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ । २४ हजार ४५१ मत गणना सकिएको छ ।

गोरखा​:  गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् । उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।

काठमाडौँ:   प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँले पाँचहजार ४६२ मत लिनुभएको छ । निर्वाचन कार्यालयद्वारा उहाँ औपचारिक रूपमा विजयी हुन बाँकी छ ।   यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले तीनहजार ६७०, सूर्य चिन्हका नेकपा (एमाले) का उम्मेदवारले तीनहजार ८१० र हलो चिन्ह भएको राप्रपाका उम्मेदवारले दुईहजार ९५५ मत प्राप्त गर्नुभएको छ ।

डोटी:  डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । ११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत पाएका छन् ।   उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ ल्याएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८, राप्रपाका अंकबहादुर खड्काले १४३ मत पाएका छन् ।   यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट प्रेमबहादुर आलेले निर्वाचित भएका थिए ।

सप्तरी:  मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी २ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’ उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

गोरखा:   गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ । मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ ।   सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो । गोरखा१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।

चितवनः   सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ  जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार  बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाइते विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ ।   ३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक हुनुहुन्थ्यो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंः   कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।  यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् ।