ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।   फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४:५० ...

काठमाडौं:    स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।          छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो । 

काठमाडौं:   कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।  घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

भक्तपुर:   भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।       नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गर्नुभयो, यिनै दृश्यले उहाँको नजर तान्यो ।       उहाँले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गर्नुभयो । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नुभयो ।       नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुग्नुभएका उहाँले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूर्वक यहाँका कलाकृति अवलोकन गर्नुभयो ।      एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराउनुभयो । अधिराजकुमार एडवार्डले एकेडेमीले यस कार्यको प्रशंसा गर्नुभयो ।      अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराउनुभएको थियो । त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुग्नुभएको थियो । उहाँले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण सर्नुभयो ।  आजै बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को समेत अवलोकन गनुभयो । अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आउनुभएको थियो । बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोन गर्नुभएको थियो ।       मङ्गलबार नेपाल आउनुभएका उहाँहरू काठमाडौँस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।

तनहुँ:    पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ ।  विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउनुहुन्छ ।       उहाँले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली ९करिडोर० खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको बताउनुभयो ।  “ व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमै कारोबार गर्ने, टेबल, कुर्सी राख्ने समस्या छ । त्यसैले अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो,“व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री–वितरण नगर्न, ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका ‘फ्लेक्स बोर्ड’हरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको छ ।”       बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाइ गरिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरु गरिएको छ ।  हालै भएको अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।       यदि कसैले नियम उल्लङ्घन गरेको पाइएमा रु पाँच हजारसम्म जरिवाना गरिने अध्यक्ष थापाले बताउनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।       सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

सोलुखुम्बु:  सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।  तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।  कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ ।  उहाँले भन्नुभयो, “आयोजनाको काम  अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”  आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक ९इन्टरनेसनल फन्डिङ एजेन्सी० को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।  सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।  भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उहाँको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् ।  आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 

काठमाडौं:    माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो  फुरुरु, हिउँ पर्‍यो फुरुरु,                                  प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,                                 हा..हा..हा..मन रुन्छ धुरुरु...।      बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् ।      हिमाली भेगैमा हिउँ पर्‍यो  फुरुरु..राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे ।          यस वर्ष पुस सकियो । माघ पनि सकिनै लाग्यो तर हिउँ पर्ने छाँटकाँट देखिएन । यी गीतका टुक्कामा बनेका टिकटक भिडियो आउन छाडे । हिउँ पर्दो हो त अचेल धेरै मान्छे हिउँसँग खेल्थे, अनि हिउँसँगै खेल्दै रमाएका भिडियोहरूबाट अरुले पनि आनन्द लिन्थे १       यसपटक हिउँदमा हिउँ हराएको छ । यी गीतका भावहरु पनि हाम्रा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । गत वर्षहरु झैँ यस वर्ष पनि हिउँ खेल्न जाने समय कुरिरहनुभएकका काठमाडौँको लाजिम्पाटका शैलेश पाण्डेलाई पनि यस्तै चिन्ता छ ।  “मलाई हिउँ खुब मन पर्छ । हिउँ पर्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो, खेल्न पाइन्छ भनेर”, उहाँ भन्नुहुन्छ, “कहिले चन्द्रगिरि डाँडा, कहिले फुलचोकी, कहिले शिवपुरीको डाँडामा जान्थ्यौँ । ती दिनको खुब याद आउँछ तर यो वर्ष त हिउँ कहिले पर्ला भनेर कुरिरहनु परेको छ ।”      यो वर्ष हिउँ पर्नेबित्तिकै हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ, भक्तपुर लोकन्थलीका अमित तिमल्सेना पनि । “हामी कलेज पढ्दा त पुस लाग्नासाथ हिउँ पथ्र्यो । साथीभाइ मिलेर हिउँ खेल्न जान्थ्यौँ । बर्सेनि हिउँ खेल्न गइन्थ्यो । यो वर्ष त पर्दै परेन १”      धादिङ घर भई कोटेश्वर बस्दै आनुभएकी कल्पना तामाङलाई पनि हिउँले आकर्षित गर्छ । “हिउँ चाहिँ कसलाई मन नपर्ला र ? हिउँ पर्दा पर्दै त्यससँग खेल्दाको आनन्द बेग्लै तर के गर्नु यस वर्ष त हिउँ देख्नै पाइएन !”, उहाँले दुःअ मनाउ गर्नुभयो ।  माथि उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन् । उहाँहरू जस्तै धेरै यस वर्ष हिउँ कहिले पर्ला ? भनेर पर्खिरहेका छन् भने उपत्यकाका डाँडाहरु हिउँले डाकेको हेर्न र तिनै हिउँसँग खेलेर आनन्द लिन चाहने धेरै चिन्तित पनि हुनुहुन्छ ।        चन्द्रागिरिको डाँडामा भालेश्वर मन्दिर छ । मन्दिरका मूल पुजारी हुनुहुन्छ, विदुर न्यौपाने । गत वर्षतिर हिउँसँगै रमाएर बनाइएका उहाँका टिकटकहरु खुब ‘भाइरल’ हुन्थे तर यस वर्ष हालसम्म त्यो अवसर आएको छैन । “यसवर्ष हिउँ परे पो देखिनु । खै ! हालसम्म हिउँ पर्ने छनक नै छैन”, उहाँले भन्नुभयो ।       चन्द्रागिरि हिल्स लिमिटेडका बजार प्रवर्द्धक तथा बिक्री प्रमुख प्रभाकर खड्काले हिउँ खेल्न मात्रै दैनिक २० हजारको हराहारीमा पर्यटक चन्द्रागिरि आउने गरेको स्मरण गर्नुभयो ।   “चन्द्रागिरिमा हिउँ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो हुन्थ्यो । गत वर्ष केबलकार चढ्नेको भीड त्यस्तै थियो, आठ हजारको हाराहारीमा त हिँडेरै चन्द्रागिरि पुग्नुभयो,” उहाँले थप्नुभयो, “हिउँ खेल्नकै लागि चन्द्रागिरि आउने पर्यटनको सङ्ख्या धेरै हुन्थ्यो तर यस वर्ष त हिउँ नै परेको छैन । प¥यो भने त पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्थ्यो नि !”      उपत्यका नजिकको हिउँ पर्ने सुन्दर क्षेत्र चन्द्रगिरि यो पटक सेताम्मे बन्न पाएकै छैन । हिउँ परेपछि चन्द्रागिरि जाने भन्दै उपत्यकावासीको प्रतीक्षाको समय कति लामो जाने हो अझै अनिश्चित छ । चन्द्रगिरि नगरपालिका प्रमुख घनश्याम गिरी हाल र ५० वर्षअघि हिउँ पर्ने अवस्थामा देखिएको अन्तरले चिन्तत बनाएको बताउनुहुन्छ ।  “पहिलापहिला त असोजदेखि नै जाडो लाग्थ्यो । हिउँले डाँडा नै सेताम्मे हुन्थे । जतासुकै हिउँ हुन्थ्यो । आजभोलि यही कुरा नयाँ पुस्तालाई भन्यो भने पत्याउँदैनन् । हिउँ नै देख्न नपाइने भइयो । चिसो पनि पहिलाभन्दा हराउँदै गएको छ”, उहाँले भन्नुभयो ।       पहिलापहिला पुस लाग्नेबित्तिकै पर्ने हिउँ अहिले फागुन लागिसक्दा पनि नपर्दा केही वर्षपछि हिउँ नै नपर्ने हो कि भन्ने चिन्ता छ नगरप्रमुख गिरीलाई । “पहिला त बाहिर राखेको पानी नै जम्थ्यो नि ! हामी स्कुल जाँदा खोल्साखोल्सीको पानी जमेर प्लेटजस्तो बन्थ्यो । त्यतिबेला जमेको पानी खेल्दा खुब रमाइलो लाग्थ्यो”, उहाँ स्मरण गर्नुहुन्छ, “रूखका पातहरु हिउँले भरिएर केही देखिँदैनथ्यो । अहिले त यी सब कुरा सपना झैँ लाग्छन् ।”      चन्द्रागिरिमा मात्रै होइन, हिउँले टलक्क टल्कने हिमालहरु पनि नटल्कँदा आश्चर्यचकित बनाउँछ गिरिलाई ।  उहाँ भन्नुहुन्छ, “अन्नपूर्ण हिमाल बाक्लो हिउँले ढाकेर सेतै देखिन्थ्यो, टलक्क टल्किन्थ्यो । अहिले त कालो देखिन थाल्यो । काठमाडौँमा पुस महिनादेखि हुस्सु लाग्दा वरपरको मानिस पनि देख्न मुस्किल हुन्थ्यो । अचेल पहिलेजस्तो तुसारो पनि लाग्दैन । हुस्सु पनि त्यति देखिँदैन । पहिला धेरै चिसो हुन्थ्यो । अहिले त चिसोको पनि खासै अनुभव हुन छाड्यो ।”           दोलखा जिल्लास्थित कालीञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीलाई पनि आजभोलिको हिउँदमा कालीञ्चोक हिउँविहीन बन्दा अनौठो लागेको छ ।  “पहिला पहिला यस्तो बाक्लो हिउँ पथ्र्यो कि, यहाँ चार महिनासम्म नै हिउँ रहन्थ्यो । कालीञ्चोक सेताम्मे हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हिउँ नै हराउँदै गयो । पछिपछि त यहाँका मानिसले हिउँ नै देख्न नपाउलान् कि भन्ने चिन्ता पो छ !”      यस वर्ष हिउँ नपर्दा आन्तरिक पर्यटकहरु पनि घटेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय हिउँ खेल्नका लागि काठमाडौँदेखि नै मानिसहरु आउँदा लाखको हाराहारीमा पर्यटन हुन्थे । यसपटक त हिउँ नपर्दा आन्तरिक पर्यटन नै कम आए”, अध्यक्ष सिवाकोटीले भन्नुभयो ।  जलवायु परिवर्तनका कारण हिउँ नपर्ने समस्या मात्रै होइन पछिल्लो समय कालीञ्चोकमा सुन्तलाखेती नै हुन छोडेको उहाँ बताउनुहुन्छ ।       गोदावारी नगरपालिका–३ का वडाध्यक्ष सानुराज घिमिरेले आजभोलि फुलचोकी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ज्यादै न्यून रहेको बताउनुभयो ।  “फुलचोकी पहिला हिउँले सेताम्मे हुन्थ्यो । त्यो हेर्न पनि धेरै मानिस आउँथे । आजभोलि त यहाँ हिउँ नै पर्दैन । हिउँ परे पो पर्यटक आउँथे होलान् । हिउँ नै परेन भने पर्यटन विकासमा समेत असर पर्दो रहेछ ।”  घिमिरेले जलवायु परितर्वनका कारण हिउँ पर्न छाडेको र यसले कृषिमा असर गर्ने, पानीको मुहान सुक्ने र  पर्यटकीय विकासमा ह्रास आउनेजस्ता समस्या उत्पन्न हुँदै गएका भन्दै जलवायुले स्थानीयस्तरमा पारेका यस्ता समस्याबारे सरकारले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो ।        अन्तरराष्ट्रिय सहयोगको अपेक्षा       सरकारले आगामी जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणासहित यतिबेला तयारीमा जुटेको छ । पर्वतीय मुलुकहरुले सामना गरिरहेको जलवायु परिवर्तनका सङ्कट समाधानका लागि संवादमा पनि अन्तरराष्ट्रिय समुदायलाई घच्घचाउने बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकाल ।       “जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्बन उत्सर्जन गराउन नेपालको नगन्य भूमिका छ तर अन्तरराष्ट्रिय समुदायले गरेको औद्योगिक विकाससँगै कार्बन उत्सर्जन बढेको र यसले गराएको जलवायु परिवर्तनको असर हामीले भोगेका छौँ । नखाएको विष लाग्यो,” उहाँ भन्नुहुन्छ, “अहिले नै हिमालमा हिउँ छैन । हाम्रा हिमाली क्षेत्रमा हिउँ पर्न छाड्यो । यस्ता जलवायु सङ्कटका उदाहरण दिएर अन्तरराष्ट्रिय सहयोगका लागि आग्रह गर्छौं । पर्वतीय क्षेत्रमा जलवायुले पारेको प्रभाव न्यूनीकरणका लागि सहकार्य बढाउने छौँ ।”      ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अन्तरसरकारी समूह (आइपिसिसी) को छैटौँ प्रतिवेदनले जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम पहाडी क्षेत्र, त्यसमा पनि हिमाली क्षेत्र र अझै नेपालका पर्वतीय क्षेत्रहरुमा रहेको देखाएकाले जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । जलवायुले हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि अन्तरराष्ट्रिय जलवायु वित्त सहयोग आवश्यक पर्ने भन्दै जलवायु वित्त बढाउन नेपालले पैरवी गरिरहेको उहाँको भनाइ छ ।      न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने      जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक हिमाली क्षेत्रका केही भागमा मात्रै हिमपात भएको र हिउँद सुक्खा हुँदा अन्य क्षेत्रमा हिउँ पर्न सकेको छैन । वर्षा हुन नसक्दा हिउँदमा हिउँ नपरेको विभागले जनाएको छ ।  यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण भएको बताउनुहुन्छ, विभागका महानिर्देशक कमलराम जोशी । विभागले गत मङ्सिर १५ गतेदेखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ ।        विभागको प्रक्षेपणले अधिकतमसँगै न्यूनतम् तापक्रम पनि औसतभन्दा धेरै हुने समेत देखाएको छ । प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र  प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिउँदमा कम पानी पर्ने बताउनुहुन्छ, विभागकी प्रवक्ता विभूति पोखरेल ।  हिउँदको जनवरी–फेब्रुअरीमा अझ सुक्खा बढ्ने विभागले प्रक्षेपण गरेको छ । विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ ।           यसैगरी विभागलेगत गत मङ्सिरमा सार्वजनिक गरेको हावापानी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीको अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो । गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेशको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने विभागको आकलन छ । आगामी १६ फागुनसम्मको अवधिलाई हिउँद मान्दा यस पटकको हिउँद सुक्खा हुँदा हिउँदे खडेरी पर्ने सम्भवना देखिएको छ ।       तापमान बढ्दा हिउँ घट्ने खतरा       जलवायु परिवर्तनका कारण विश्वको तापमान बढ्दा हिमालका हिउँ पग्लने र विस्तारै हिउँ पर्न छाड्ने खतरा बढ्नसक्ने बताउनुहुन्छ जलवायुविद् मञ्जित ढकाल ।  “तापमान बढ्दा हिमालको हिउँ पग्लने खतरा बढ्छ । अन्तरराष्ट्रिय मञ्चहरुमा समेत हामीले पर्वत जोगाउने विषयमा केन्द्रित रही हिमालका मुद्दा उठाएका छौँ,” उहाँले भन्नुभयो, “जलवायुजन्य जोखिमबाट हिमाल र हिउँ जोगाउन यी मुद्दाहरुलाई निरन्तर रुपमा उठाउनुपर्छ ।”      विभिन्न अध्ययनहरूले विश्वव्यापी रुपमा नै जलवायुजन्य सङ्कटको चाप बढिरहेको देखाएका छन् । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् २०२४ को गत जनवरीदेखि सेप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघिभन्दा १.५४ (०.१३) सेल्सियसले बढी भएको देखाएको छ ।       सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १।३ डिग्री सेल्सियस मानव सिर्जित रुपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ ।  समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ । सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता गरेको छ ।              एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४।७७ मिमी बढेको छ । यसैगरी, २०२३ मा ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको प्रतिवेदनमा उल्लेख छ ।       अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।       अबको आवश्यकता (जलवायु अनुकूलन)      जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती समुन्द्री सतहको तापक्रममा आएको परिवर्तन तथा त्यसका कारण कम वर्षा र कम हिमपात भएको भन्दै अब जलवायु अनुकूलनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ ।  “हिउँद सकिन लाग्दा पनि यस वर्ष यस अवधिमा नौ दशमलव दुई प्रतिशत मात्रै वर्षा भएको छ जबकि ६० प्रतिशत हारहारीमा वर्षा हुनुपथ्र्यो”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समुन्द्री सतहमा तापक्रम वृद्धि भई कम वर्षा र कम हिमपात भएको हो । अब समस्याको समाधानका उपाय खोज्न र अनुकूलनलाई प्राथमिकता दिन आवश्यक छ ।”      हिमपात कम हुँदा पानीको स्रोत कम हुने भन्दै सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिने, वन्यजन्तुलाई पानी उपलब्ध गराउनका लागि ठाउँठाउँमा पोखरी निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्नेमा उप्रेतीको जोड छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस दु्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिनुभएको छ ।           प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो ।             छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो ।  प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुने विश्वास व्यक्त गर्नुभयो । सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उहाँले आग्रह गर्नुभयो ।           उक्त द्रुतमार्ग कूल ७० दशमलव ९७ किलोमिटर रहेको छ । रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जङ्गी अड्डाले जनाएको छ ।

पोखरा:   कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए ।  मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक गुरुङले बताए ।  ‘सबै मौसममा पर्यटन भन्ने नारालाई आत्मसाथ गर्दै घान्द्रुक पर्यटन महोत्सव फागनु ७ देखि १० गतेसम्म सञ्चालन गर्दै छौं’, संयोजक गुरुङले भने, ‘४ दिनसम्म सञ्चालन हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, खुल्ला बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलोसँगै दैनिक सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ ।’ संयोजक गुरुङले खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदलाई जोडिएको बताए । ‘खेलकुद पनि पर्यटनसँग जोडिएको छ, पर्यटन महोत्सवमा खेलकुदलाई जोड्दा खेलाडी र पर्यटकीय क्षेत्रलाई दुवैलाई फाइदा छ, उनले भने, ‘ढुङ्गेनी गाउँले परिचित घान्द्रुकलाई जोड्न खेलकुदले पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत लिएका छौं । उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक गुरुङले जानकारी दिए ।  उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६/६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०/१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।   यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । ‘घान्द्रुकमा हामीले एकैदिन २५ सय पर्यटकलाई राख्न सक्ने होटल तथा होमस्टे सञ्चालनमा छन्, अध्यक्ष गुरुङले भने, ‘हामीले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई २० प्रतिशत छुट र खेलाडीलाई ८ सय रुपैयाँको प्याकेज उपलब्ध गराउँछौं ।’ पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।  घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।   

भक्तपुर:    नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको हो ।      अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिनुभएको थियो । उहाँले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।       प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उहाँले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।      अधिराजकुमारी सोफियाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गर्नुभयो ।       प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफियाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गर्नुभयो ।       अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताउनुभयो ।       मन्त्रालयका स्वस्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताउनुभयो ।      अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सेवा दिइरहेको बताउँदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस उपकरण सञ्चालनमा ल्याउन सके उपचारमा सहजता हुने बताउनुभयो ।      अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफियालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्‍याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर ९सेभहाउस० मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताउनुभयो ।       अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गर्नुभयो । सोफियासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गर्नुभएको अस्पताल स्रोतले जनाएको छ ।      मङ्गलबार नेपाल आउनुभएकी अधिराजकुमारी सोफिय काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको छ ।