पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

 पोखरा:  लामो समय देखि खोज पत्रकारिता तथा अनुसन्धान मुलक पत्रकारीता गर्दै आएका पोखराका पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारीता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्। सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारालाई पत्रकार महासंघ गण्डकीका सचिव यवम सूचनाको हकका लागि जिल्ला  सञ्जाल  कास्कीका अध्यक्ष्य समेत रहेका बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारीता शुरुवात गरेका थिए। शुसासनका लागि नागरिक समाज(सुनास) कास्कीले ई स्व लेख बहादुर गुरुङले स्थापना गरेका  अक्षयकोषबाट  सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बर का दिन प्रदान गरिँदै आयको छ। यस  वर्ष  ९ डिसेम्बर(मंसिर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सु ना स कास्की का अधक्ष्य रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्र र नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए। सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्र कृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अधक्ष्य विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बन्जारालाई छनोट गरेका थिए उक्त पुरस्कारबाट दीपक परियार अर्जुन गिरी बासुदेव मिश्र यस अघि सम्मानित भइसकेका छन्।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।  समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी.तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनः निर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताए ।

पोखरा:  पोखरा महानगरपालिका वडा नं ३३ ठुलढुङ्गाचोक, गण्डकीवेसी प्रधान कार्यालय भएको एग्रो टुरिजम सहकारी संस्था लिमिटेडले आजदेखि विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।      सेवा केन्द्रको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा मन्त्री बुढाले आर्थिक समृद्धिका लागि उत्पादनसँग जोडिनु बर्तमानको  आवश्यकता भएको बताउँदै सहकारीले कृषि र पर्यटनलाई जोड्ने लक्ष्यका साथ अघि बढाएको योजनाको सफलताको कामना गर्नुभयो ।      सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीले उत्पादनसँग जोडिदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताउनुभयो । सहकारीले कृषि एम्बुलेन्स सञ्चालनको लक्ष्य लिएको बताउँदै उहाँले एक सहकारी एक उत्पादनको योजना अनुसार उत्पादित बस्तुको बजारीकरणमा पनि जोड दिइएको बताउनुभयो । उहाँका अनुसार संस्थाको सुरुको पूँजी चार करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा शेयर सदस्य संख्या ४६७ जना रहेको छ । सहकारीका उपाध्यक्ष टीकाराम पौडेलले आँफूहरूको यो अभियान उत्पादन र पर्यटनलाई जोड्नु भएको बताउँदै यसबाट समृद्धि हासिल हुने विश्वास लिइएको बताउनुभयो् । उहाँले संस्थाले सहकारी नमुना ग्राम निर्माणको दीर्घकालीन लक्ष्य लिएको जानकारी गराउनुभयो ।      कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष राधिका शाही योगी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका रजनी कोइराला, निरा पोखरेल लगायतले बोल्नुभएको थियो ।  

 पोखरा:  नवनिर्वाचित नेकपा एमालेकी प्रतिनिधिसभा सांसद विद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मक बनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताईन् । उनले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मक भएपनि पुर्ण रुपमा व्यवहारमा लागु गर्नका लागि राज्यका नीतिनियमहरु बन्नुपर्नेमा उनले जोड दिईन् । कार्यक्रममा ग्लोवल एक्सन नेपालका विके श्रेष्ठले महिलाहरुको शैक्षिक प्रगति, महिलाको स्वास्थ्य प्रजनन प्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वन गरिनुका साथै नितिनियममा ध्यान दिनु आवश्यक रहेको बताए । त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा डब्ल्यु डब्ल्यु जे गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका वाहानामा भएका दुव्र्यव्हारलाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने निति रहेको जानकारी दिईन् । उनले राज्यबाट यस विषयमा कानुनी निति बनाएपनि महिनावारीका विषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्न गरिन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामा महिलाहरु माथी भएका दुव्र्यव्हारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताईन् ।  उनले सुदुरपश्चिममा हुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुन निर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चारमाध्यम मार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताईन । कार्यक्रममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका करिव ५० जना भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिती रहेको थियो ।  

पोखरा:  ​बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११औं साधारण सभा सम्पन्न भएको छ । बिहिवार लेकसाइडको खहरेमा रहेको पेमा ढेचेलिङ गुम्बामा साधरणसभा सम्पन्न भएको हो। साधारण सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङ्कले पनि तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए । अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रमहरु गर्दै आएको बताए । उनले समाजका युवाहरुलाई समय परिस्थिति अनुकुल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृती लगाएतका अन्य पक्षहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ र नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगाएतले बोलेका थिए । कार्यक्रममा सचिव निमा तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने दुबै प्रतिवेदन पारित गरिएको थियो । यसका साथै भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा सात सदस्यीय तम्बा टोलि गठन गरिएको छ ।  

काठमाडौं:  प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा समयानुकूल सुधार गर्दै जानुपर्ने बताएका छन्। त्रिविको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै कुलपतिसमेत रहेका देउवाले सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित स्रोत र साधन उपलब्ध गराए पनि त्यसअनुसार प्रतिफल भने नदेखिएको बताए। ‘उच्च शिक्षामा समयानुकूल सुधार गर्नै जानुपर्छ। सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित साधन र स्रोत उपलब्ध गराएको छ। तर लगानीको तुलनामा शिक्षा क्षेत्रमा प्रतिफल आउन सकेको छैन,’ उनले भने। विश्वविद्यालयहरूमा सैद्धान्तिक र औपचारिक शिक्षामा जोड दिइएकोमा अब व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिइनुपर्ने उनले बताए।

गलेश्वर: खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो । यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताए । प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरुले बताए । बेनी नगरपालिका(९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ । धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पुर्‍याउने गर्दछन् । कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताउनुभयो । यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् । तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए । टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताए। गत वर्ष टिमुर बिक्री गरेर रु ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उनले उल्लेख गरे । जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सघाइरहेको बताए। यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उनले जानकारी दिए । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताए । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उनको भनाइ थियो । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ । गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिक रुपले खेती विस्तार भइरहेको छ ।

काठमाडौं:  राष्ट्रिय सहकारी महासंघले ऋण लिएर नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न विभागसँग माग गरेको छ । शुक्रबार महासंघसहितको विषयगत केन्द्रीय संघका प्रतिनिधि तथा सहकारी अभियन्ताहरुले सो माग राख्दै विभागका रजिस्ट्रार रुद्रप्रसाद  पण्डितलाई भेटी ५ बुँदे सुझावपत्र बुझाएका हुन् ।  मुख्यतः अहिलेको असहज परिस्थिति आउनुमा सहकारीले सदस्यहरूमा लगानी गरेको कर्जा नउठ्नु र नयाँ बचत नआउनु नै रहेको महासंघको निष्कर्ष छ । यसका लागि पनि कर्जा लगानी असुलीलाई विशेष प्राथमिकता दिनुपर्ने महासंघको भनाइ छ ।  सहकारीको विग्रँदो साखलाई पुनर्जीवित पार्न पनि कर्जा असुलीलाई प्राथमिकता दिनुपर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका महासंघका सञ्चालक केबी उप्रेतीले बताए । ‘अहिलेको सहकारीको मुख्य समस्याको जड भनेको नै कर्जा लगानी र असुलीको हो । यसलाई कडाईका साथ नियन्त्रण गर्ने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुन्छ’ उप्रेतीले भने– ‘हामीले त्यसको थालनी गरिसकेका छौं । पहिलो चरणमा सञ्चालक ऋणीबाटै असुलीको अभियान थाल्छौ र क्रमशः साना सदस्य ऋणीमा जान्छौं । तर यसका लागि विभागले सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने हाम्रो माग हो’ उनले भने ।  खासगरी सहकारी सदस्य ऋणीहरूलाई पनि बैंक तथा वित्तीय संस्थाहरूले जस्तै कालोसूचीमा नाम निकाल्ने व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।  यसो गर्दा ऋणीहरूमा केही हदसम्म भने पनि त्रास हुने र सहकारीको लगानी फिर्ता हुने बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेलको भनाइ छ ।  अहिलेको समस्याबाट सहकारीलाई बचाउन महासंघले विभागलाई ५ बुँदे सुझाव दिएको छ ।  यस्ता छन् सुझावहरू १. बजारअनुरुप सहकारी ब्याजदरलाई स्वचालित बनाउनुपर्ने २. सम्पत्ति रोक्का, कालोसूचीमा समावेश लगायतका व्यवस्थामार्फत सहकारीको खराब कर्जा असुलीको व्यवस्था गर्ने  ३.सरकारका विभिन्न कोषमा रहेका पैसा सहकारी बैँकमार्फत बजारमा प्रवाह गर्ने ४.ऐनमा भएको व्यवस्था बमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने र  ५.सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने रहेका छन् ।  प्रतिउत्तरमा विभागका रजिस्ट्रार पण्डितले ज्ञापनपत्र बुझ्दै सहकारी क्षेत्रको समस्या निराकरणका गर्दै सबलीकरण गर्न आफू अभियानसँगै लाग्ने बताए । सकारात्मक उर्जाका लागि अहिले नै लाग्न रजिष्ट्रार पण्डितले सबै अभियन्ताहरुलाई आग्रह गरे ।

काठमाडौं:  रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका लागि नगरपालिकाले रु सात लाख ९८ हजार छ सय ६६ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि  जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।