चरिकोट: प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो । उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ । उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ । करिब १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् । यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो, झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ । काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो । प्रचारप्रसार होस् भनेर पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो । यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् । वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो ।
पोखरा: दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउन सांसदहरुले आग्रह गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दोलन र आरक्षण नीति विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले दलित आन्दोलनलाई आफुले दलभन्दा माथि उठेर सुरुदेखी नै अगालेको बताए । उनले आफु मुख्यमन्त्री भएपश्चात धेरै काम गर्न बाँकी रहेको सुनाउँदै दलित हक हित र अधिकारका लागि गर्नुपर्ने आवश्यक कामहरुको निर्देशन र सुझाव दिन अनुरोध समेत गरे । आफु मुख्यमन्त्री हुने अवस्था नरहँदा राजनैतिक घटनाका कारण नचोको भएको र मुख्यमन्त्री हुँदै गर्दा गोष्ठीबाट आउने हरेक शब्दको सम्बोधन गर्ने बताए । राणा शासन अन्त्यका लागि लड्दै गर्दा मृत्यु दण्डको सजाय भोगेको व्यक्ति भएकाले पार्टीभन्दा पनि नागरिक प्यारो भएको उनको भनाइ छ । उनले संविधान बनाउँदा समेत समस्या रहेकाले अधिकारको प्रत्याभुत अहिलेसम्म हुन नसकेको सुनाए । उनले धार्मिक ग्रन्थमा कुनै जातिय विभेद नभएको तर विश्वमाा जसले राम्रो काम ग¥यो उसैलाई दलित भनि हेपिएको बताए । ‘यो बहसलाई रचनात्मक र सिर्जनात्मक बनाऔं । हामीले उपभोग गर्ने हरेक सामान बनाउने कला भएका महान व्यक्तिहरु दलित कहलिए’ उनले भने,‘मेरो प्राथमिकतामा यो आन्दोलन पर्छ । दलभन्दा माथि उठेर यो आन्दोलमा साथ हिजो पनि दिए आजपनि दिन्छु र भोलि पनि ।’ सोेही क्रममा बोल्दै उनले गण्डकी प्रदेशकै जिल्ला जानका लागि अन्य प्रदेशबाट जान बाध्य भएको र अब आफ्नै प्रदेशको बाटो प्रयोग गर्ने सुनाए । उनले गण्डकीका दलित सहिदको सपनालाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यस्तै गण्डकीका अर्थमन्त्री सिताकुमारी सुन्दासले सुन्दासले दलितहरु अब नेतृत्वदायि भूूमिकामा आउने काम गर्नुपर्ने बताएकी छिन् । उनले प्रदेशमा आफुहरुले सिमित स्रोत साधनका बाबजुुत नयाँ कामको थलानी गरेको र थोरै बजेटमा धेरै काम गर्न बाध्य भएको बताइन् । अहिले दलितपनि नीति निमार्ण गर्ने स्थानमा रहेको र अब प्रशासनिक क्षेत्रमा समेत दलित उपस्थिति हुन जरुरी रहेको भनाइ राखिन् । ‘हामी नीति निमार्ण गर्ने ठाउँमा पुुगेका छौं । निष्ठाले लाग्न जुरुरी छ । हिजो हाम्रा शहिदले देखेको सपना र खेलेको भूमिकालाई सफल बनाउन हामी असल र सभ्य भएर लाग्नुपर्ने छ’ उनले भनिन्, ‘ अब प्रेरणाको काम गर्नुपर्ने बेला भएको छ । राजनितिमा दलितको मुक्तिका लागि लड्नुुपर्छ । लेखनबाट समेत एक ठाउँमा उभ्एिर काम गरौं ।’ उनले समानातामा आधारित समाज सिर्जनाका लागि काम गर्न जुरुरी रहेको स्पष्ट पारिन् । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले पँहुचको आधारमा अन्य जातले स्थान पाउँदा दलित भएकै कारण क्षमता भएरपनि मिडिया क्षेत्रमा उचित ठाउँ नपाएको गुनासो पोखे । ‘दलितले क्षमताको आधारमा पनि ठाउँ पाएनन् । पहुँचको आधारमा आफ्नो जातिको मानिसलाई मात्र स्थान दिइयो । मिडिया क्षेत्रमा समेत क्षमता भएका दलित जातिका व्यक्तिहरुले उचित ठाउँ पाउन सकेनन्’ उनले भने,‘ सात दशक पुगेको नेपाल पत्रकार महासंघका दलित कोटा भन्दा बाहिरको निष्पक्ष भएर दलित कहिले आउन सक्छ रु कोटाको विषयमा बेलाबेलामा आउने बहस प्रति सबै एक भएर बहस गर्न आवश्यक छ ।’ उनले अब रानीतिक दलमा विद्रोह गर्न आवश्यक रहेको सुनाए । संविधानसभा सदस्य परशुराम रम्तेलले दलितका मुद्धाहरुलाई कसरी अगाडि बढाउने र दलित भन्ने वित्तिकै मनोबल घटाउने काम गरिदै आएको बताए । उनले दलितप्रति स्पष्ट कानुन निर्माण नहुँदा समस्या आएको सुनाए । उनले सुरक्षित राजनैतिक प्रणाली लागु गर्नुपर्ने समेत बताए । ‘दलित जाति प्रत्यक्ष निर्वाचित बनाउँदा जनसंख्या बढी भएको स्थानमा जुनसुकै पार्टीले पनि सुरक्षित राजैनैतिक प्रणाली लागु गर्नुपर्छ ।’ उनले भने । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु नेपाली, नेपाली कांग्रेस केन्द्रिय नेता गुरु बराल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विक लगायतले आफ्नो भनाइ रोखका थिए । कार्यक्रम संचालन दलित पत्रकास संघका केन्द्रिय उपाध्यक्ष दिपक परियारले संचालन गरेका थए ।
हेटौँडा: हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नयाँ भवन निर्माणसँगै थप सेवा र सुविधा विस्तार गरेको जनाएको छ । सङ्घीय सरकार अन्तर्गत जिल्ला अस्पतालका रुपमा रहेको हेटौँडा अस्पताल देश सङ्घीय संरचनामा गएसँगै बागमती प्रदेश सरकार मातहत रहनेगरी हस्तान्तरण गरिएको थियो । अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य उत्सव चौलागाईँले अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढेपछि नवनिर्मित भवनबाट यसअघि सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । नयाँ भवन मूल्य अभिवृद्धि करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । अस्पतालको नवनिर्मित भवन, विकास समितिको ६० र नेपाल सरकारको ५० शैया गरी झण्डै दुई सय शैया रहेको छ । प्रदेश सरकारले पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेको यस अस्पतालबाट नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दैआएको अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताउनुभयो । प्रतिष्ठानका कुलपति प्रा.डा. विश्वराज जोशीले अस्पताललाई अध्ययन, अनुसन्धान र उपचार केन्द्रको रुपमा विकास गरिने जानकारी दिनुभयो । अस्पतालको नवनिर्मित भवन राष्ट्रपति भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम तय भएसँगै अस्पतालको आसपासको क्षेत्रको सरसफाइ, अस्पताल परिसरका सडकको अस्थायी निर्माणमा तिव्रता दिइएको छ ।
काठमाडौँ: ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरे । प्रमुख आयुक्त थपलियाले भने, “आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ, निर्वाचन कानूनको अवज्ञा क्षम्य हुँदैन ।” उनले अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । प्रमुख थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको बताए । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताए । मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उनको भनाइ थियो । आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । उक्त अवसरमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका आयोगका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा उपसचिव (कानुन) लक्ष्मी शर्मा, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने, कम्प्युटर इन्जिनियर अर्जुन पौडेल, नायब सुब्बा गोविन्दप्रसाद भट्टराई, नायब सुब्बा राजेन्द्र मरासिनी, कम्प्युटर अपरेटर सुमेश श्रेष्ठ, खरिदार पूर्णकली थापा, हलुका सवारी चालक भीमबहादुर श्रेष्ठ, नायब सुब्बा श्री दिव्यधरी जोशी (भोजपुर), कम्प्युटर अपरेटर प्रेमप्रसाद न्यौपाने (झापा), हालुका सवारी चालक इन्दल हजरा दुसाद (बारा) रहेका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा (पर्सा), जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्की (चितवन), लेखापाल कृष्णप्रसाद पन्थी (भक्तपुर), नायब सुब्बा जिवाखर शर्मा (लमजुङ), कम्प्युटर अपरेटर अनन्त सुवेदी (मनाङ), कम्प्युटर अपरेटर गेहेन्द्र कुँवर (दाङ), नायब सुब्बा इन्दिरा अधिकारी आचार्य (रोल्पा), कम्प्युटर अपरेटर तेजेन्दकुमार चन्द (सल्यान), नायब सुब्बा श्यामबहादुर राना (हुम्ला), जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामी (दार्चुला) र कार्यालय सहयोगी टेकबहादुर चन्द (कैलाली) पनि पुरस्कृत भएका छन् ।
काठमाडौं: गुल्मीमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु भएको छ। इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्रीले जानकारी दिए। घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले बताए। पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको छ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ११ मा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।स्वागत मन्तव्य नेपाली विषय विभागीय प्रमुख शिक्षिका सावित्री शर्माले राख्नु भएको थियो। कार्यक्रममा विभिन्न बिधाका खेलकूद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै शैक्षिक सत्र ०७८ को शैक्षिक पुरस्कार समेत प्रदान गरिएको थियो। विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नु हुँदै उज्ज्वल भविष्यका लागि शिक्षा नै पहिलो खुड्किलो भएकाले लगनशील भएर पढाइमा लाग्न शुभकामना समेत दिनुभएको थियो। गत वर्षको वार्षिक परीक्षामा कक्षा पाँच सम्मका विद्यार्थीहरूमा सर्वाधिक अङ्क ल्याउने कक्षा एकको अभिशेक गुरुङ र कक्षा दस सम्मका विद्यार्थीहरूमा कक्षा आठकी रिनाशा शर्मा सर्वाधिक अङ्क प्राप्त गरी पुरस्कृत भएका थिए।विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले मन्तव्यका क्रममा आगामी योजनाहरू समेत प्रस्तुत गर्नुभएको थियो।उक्त अवसरमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरेका थिए। विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए।
काठमाडौं: राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् । राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो । संस्थापक अध्यक्ष रामराज पौड्याल रहनुभएको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो । विसं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले गत साउन १ गतेदेखि ‘श्रव्यदृश्य’ सेवा पनि सुरु गरेको छ । यसले नेपाली, अंग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायतका सामग्री प्रदान गरिरहेको छ ।
सुर्खेत: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतल निवासमा कांग्रेसकै नेतृत्व देखिने उहाँको दाबी छ । निर्वाचनको समयमा रहेको गठबन्धन बमोजिमकै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेस उम्मेदवार नै राष्ट्रपति हुने उहाँको आशय छ । पुस १० गते अघिकै गठबन्धन ब्युँतिने सङ्केत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पदमा कांग्रेस अग्रसर हुनु स्वाभाविक रहेको बताउनुभयो । गठबन्धन ब्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्नेगरी भए पनि काङ्ग्रेसले सहमति जनाउन सक्ने उहाँले बताउनुभयो । ‘कांग्रेसले आफू प्रधानमन्त्री हुनेभन्दा पनि संविधानको रक्षा र प्रणालीलाई सफल बनाउन पाँच वर्ष पूरै कार्यकाल वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै दिन सकिन्छ ।’ उहाँले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रूपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा छ ।
दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढालाले नांगो बिजुलीको तारमा छुँदा टिप्पर चालकको मृत्यु भएको हो। टिप्परको ढाला बिजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्