ताप्लेजुङ:  सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।  स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छो...

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले बिहीबार राप्तीसोनारी गाउँपालिका –१ स्थित राप्ती नदीमा छोड्नुभयो ।    सो अवसरमा बोल्दै मन्त्री केसीले सिमसार क्षेत्रको पुनर्स्थापना आजको प्रमुख आवश्यकता भएको जनाउँदै सोही उद्देश्यले राप्ती नदीमा १० वटा घडियाल छाडिएको बताउनुभयो । यसबाट प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा यसले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जनाउँदै उहाँले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताउनुभयो ।    उहाँले भन्नुभयो, ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।    मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय  निकुञ्जले जनाएको छ ।    निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् ।    घडियाल राप्ती नदीमा छोड्ने कार्यक्रममा निकुञ्जका प्रमुख श्याम साह, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकृतलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।    यसअघि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा आजको आवश्यकता सिमसारको पुनः स्थापन भन्ने नारासहित एक अन्तरक्रिया पनि आयोजना गरिएको निकुञ्जले जनाएको छ । सहरी प्रदूषण र अतिक्रमण, गिटी–बालुवाजस्ता प्राकृतिक स्रोत–साधनको तीव्र दोहन र मानवीय जीवनचर्याको अति निर्भरताका कारण सिमसार क्षेत्र मासिँदै गएको छ । 

काठमाडौं: अखिल नेपाल फुटबल (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफपी) को सदस्य पदमा निर्वाचित हुनुभएको छ । बहराइनमा बुधबार अबेर सम्पन्न एएफसीको ३३औं कंग्रेसबाट नेम्वाङ सदस्य पदमा निर्वाचित हुनुभएको हो ।   नेम्वाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित हुनुभएको एन्फाले जनाएको छ ।  दक्षिण एसियाली क्षेत्रबाट भुटानका युगेन सेचत एएफसीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।   यस क्षेत्रबाट अर्को सदस्यमा माल्दिभ्सका बसम अदेल जालिल निर्वाचित हुनुभएको छ । एएफसीको अध्यक्षमा बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा पुन: निर्वाचित हुनुभएको छ ।   खालिफाको यो तेस्रो कार्यकाल हो । नेपालबाट एफसीमा यसअघि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सदस्य हुँदै उपाध्यक्षसम्म बनेर एएफसीमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटार आज (बिहीबार) भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराउनुभएको थियो । भेटपछि महासचिव अधिकारीले भन्नुभयो, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।”   नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टैछुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उहाँहरुलाई जानकारी गराउनुभएको थियो ।   भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनुभएको थियो । अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।   भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ । 

काठमाडौँ:  ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्यान्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए ।   ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।  श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यो बर्ष ‘मिस्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।   फब्रुअरी २ (आज)देखि १२ तारिकसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कला संस्कृति सहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।   श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाई पछि पार्दै उपाधि चुमेका थिए । ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । 

काठमाडाैँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् ।    आज ललितकला गुठी काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभई ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरूप ग्रहण गरेकोमा खुसी व्यक्त गरे ।    प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौती भए लिखित रूपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने बताए । 

काठमाडौँ:  दोलखाका समानुपातिक सांसद ईश्वरबहादुर रिजालले कालिञ्चोक गाउँपालिका वडा नं. ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न माग गरेका छन् । सांसद रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा मानवीय क्षति नभएपनि ९ घर जलेर नष्ट भएको तथा घरमा र डेरामा व्यापार गर्ने १५ परिवारको पसल एवं पशुधनसमेत जलेको बताएका छन् ।    ‘क्षतिको एकिन विवरण आइनसके तापनि करिब १६,१७ करोडको नोक्सान भएको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरीहरू गई आगलागी नियन्त्रणमा लिने कार्य भएको छ’, रिजालले विज्ञप्तिमा भनेका छन्, ‘तत्काल राहत तथा उद्धारका लागि नेपाल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत सरोकारवाला सबै संघ सस्थाको ध्यानाकर्षण गर्दछु ।’  

काठमाडौँ:  वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।    समितिमा प्रथम उपाध्यक्ष सोनाम याङजी शेर्पा, द्वितीय आङदोर्जी शेर्पा, महासचिव आङपेम्वा शेर्पा, मिङमा डोमा शेर्पा कोषाध्यक्ष नुर्वु छिरिङ लामा, सह–कोषाध्यक्ष तिलक थापामगर रहनुभएको छ ।   यता सदस्यहरुमा ङिमा वाङ्छु, दावा जङबु शेर्पा, ङवाङ डोमा, वङ्छु शेर्पा, सवितकुमार लामा, रुजन न्यौपाने र प्रीति राई सदस्य रहनुभएको छ । 

वीरेन्द्रनगर:  कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान थालेको प्रहरीले जनाएको छ।   सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेट भित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने,  गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउनेलगायतका कुराहरू जानकारी गराउने गर्दछन्।    कर्णाली प्रदेश गर्ने मुख्यद्वार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी तथा सुचना अधिकारी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसँग सामूहिक रुपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए।    प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनीकरण गर्न सुरक्षा सचेतना कार्यक्रम गरेको जनाईएको छ। प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।

जनकपुरधाम: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन्। लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोदकुमार शर्मा पक्राउ परेका हुन्।   उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।   पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्मा नै हिरासत फोड्ने योजनाकार हुन्। हिरासतमा सबै भन्दा बढी १८ दिनदेखि शर्मा नै थिए। उनैले फोड्ने सुरुवात गरेरपछि अन्य थुनुवाको साथ पाए र पछि फोड्न सफल भएर ६ जना एक साथ फरार भएका थिए।   शर्मासँगै फरार ६ जनामध्ये ४ जना पक्राउ परिसकेका छन्। मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको हो। अन्य दुई थुनुवाको खोजी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।