काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘‘प्रतियोगितामा विद्यार्थीहरले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’ –संयोजक ढुंगानाले बताए । महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचय पत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघक िमहासचिव जानुका पराजुली, द्धितीय उपाध्यक्ष विक्रम कर्माचार्य, एन प्याब्सनका केन्द्रीय सदस्य शिवदत्त तिवारी, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, युनिप्स नेपालकी अध्यक्ष शान्ता गुरुङ्ग लगायतले बोलेका थिए ।  

पोखरा:  आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ ।   नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे ।    उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए ।     हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गरे ।    ‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’, उनले भने ।    नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएको जानकारी दिए । तर, नेपालले आफ्नो लक्ष्य पूरा गरेपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।   ठुला मुलुकले कार्बन उत्सर्जन नरोकेसम्म नेपाल प्रभावित भइरहने उनले बताए ।  ‘हामीले जुन क्षति व्यहोरेका छौं । त्यो क्षतिका लागि तपाईहरु जिम्मेवार हुनुहोस्’, अन्तर्राष्ट्रिय समुदायसमक्ष उनको अनुरोध छ ।  जलवायु परिवर्तनकै कारण नेपालले बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेकोमा उनको चिन्ता छ ।   बेमौसमी बाढी पहिरोले विकासको लागत बढाइरहेको उनले सुनाए । त्यसको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने महतको जिकिर छ ।     गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्र्सजनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको दोहो¥याए ।    ‘हाम्रा हिमालमा जति हिउँ पर्नुपर्ने हो, जति समयसम्म रहनुपर्ने हो त्यो नभएर उजाड बन्दै गइरहेको छ । बाढी पहिरोले हिमालभन्दा मुनि बस्ने जनताको जीवनमा धेरै प्रभाव पारेको छ’, मन्त्री थापाले चिन्ता जनाए ।  हिमालमा देखिएको असरले पर्यटकको संख्यामासमेत कमी आएको उनको भनाइ छ ।    नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरुले जलवायु परिवर्तनको असर ठुयाक्कै कुन हिमालमा परिरहेको छ यकिन गर्नुपर्ने आवश्यकता औल्याए । जलवायु परिवर्तनको विषयमा सेचत गराउन युएईको कोप–२८ सम्मेलनमा सहभागी हुन जानु पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालापत्थरमा लगेको उनको भनाइ छ ।    ‘झण्डोत्तलन गर्नुको अर्थ के थियो भने हामीले हल्ला मात्रै गरेको होइन जलवायु परिवर्तनको असरमा हिमालमा परेको छ । हिमाल कहाँ छ ? नेपालमा,  कुन ठाउँमा भन्दा यो ठाउँमा भनेर विश्वको ध्यान आकर्षित गराउन खोजेका हौं’, उनले भने । व्यवस्थापनमा चूनौति थपिएकाले हिमालमा भइरहेको फोहोरमा पनि कम गर्न उनको जोड थियो ।    पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।    उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो । किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने न्यौपानेले बताइन् ।   महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको तस्वीरसमेत प्रदर्शनी छन् ।    महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नेछन् ।    आठौं संस्करणको पर्वतीय महोत्सवमा पहिलो पटक ‘टग अफ वार’ समेटिएको छ । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, दोहोरी गीतको रौनक महोत्सवमा छ ।  २८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश छ ।    

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् ।  प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन । भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । साथै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत  विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते  किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए । इजरायली सेना र तेलअविवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन । यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

काठमाडौं:    गए राति दुबाईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका चन्द्र घले १४ किलो सुनसहित प्रकाउ परेका छन् ।  प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले सुनसहित घलेलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन । घले फ्लाई दुबाईको फ्लाइटबाट काठमाडौं उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई थप कारवाहीका लागि भन्सार विभाग बुझाइएको छ । शरिरमा लुकाएर ल्याएको अवस्थामा  घले पक्राउ परेको थियो । केही समय अघि ठूलो परिमाणमा भएको सुन तस्करीको चर्चा सेलाउन नपाउँदै फेरि अर्को सुन तस्करीको प्रकरण थपिएको छ ।।

गोरखा:  गोरखामा एक महिलाको शव फेला परेको छ। पालुङटार नगरपालिका वडाा नम्बर ६ कुमालटारीस्थित गोरेटो बाटोमा बिहीबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी गोरखाका अनुसार गोरेटोको छेउमा करिब २४२५ वर्षीया महिलाको शव फेला परेको हो। प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन् । 

स्याङ्जा:     स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।  दुर्घटना ट्रक चालक तानसेन नगरपालिका वडा नम्बर ७ धोबीघाट पाल्पाका ३२ वर्षीय केशव घिमिरे गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । सिद्धार्थ राजमार्गमा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको लु २ ख ५७५५ नम्बरको मिनी ट्रक सडकबाट दुई सय मिटर तल खसेको हो ।  घाइते चालक घिमिरेलको ढाड र बायाँ खुट्टा, टाउको लगायतका ठाउँमा चोट लागेको  छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  

काठमाडौं:    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो । “सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । “नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।” मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तक्र्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताउनुभयो । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उहाँको भनाइ थियो । “यसअघि ससाना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो । योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उहाँले जानकारी दिनुभयो । आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उहाँको भनाइ थियो ।

काठमाडौं:     सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन । समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई÷दुई जनाको गर्ने निर्णय भएको हो । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो । पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ । समितिका सभापति जबराले आज उहाँविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उहाँको सुनुवाइ भोलि ९शुक्रबार० २ः३० बजेका लागि तय भएको जानकारी दिनुभयो । बैठकमा मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्र्ने माग गर्नुभएको थियो । सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राख्नुभयो । उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिनुभयो ।

काठमाडौं:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तह सहित पार्टीको सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।  बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    उहाँका अनुसार बैठकले इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न  पार्टीका उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाडौँमा बस्ने छ ।