मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

भक्तपुर:   भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।   प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।   उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।   उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

चितवन:    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।  भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ ।  काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो ।  यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताउनुभयो ।  साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताउनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । 

बलेवा:    बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो । पानी, दूध, तेललगायतका पदार्थको आधारभूत परीक्षण गर्न मिल्ने प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । प्रयोगशाला स्थापनापछि आधारभूत खाद्य पदार्थको नियमन सहज हुने उहाँको धारणा छ ।  प्रयोगशालाको अभावमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कारबाही गर्न कठिन भएको उपप्रमुख खड्काले बताउनुभयो । चिनीको मूल्य घटेको भए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै तत्काल मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योग वाणिज्य संघमार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्यान्नको कक्षको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने बैठकले निर्णय गरेको छ । 

पोखरा:    पोखरामा सुनको सिक्री चोरी गरेको आरोपमा सुमन परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।  सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले सुमनलाई बुधबार सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका–२७ बस्ने हेमन्त पुनले घाटीमा लगाएको सुनको सिक्री सुमनले महेन्द्रपुलबाट चोरी गरेर फरार भएका थिए । सुनको सिक्री चोरी भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र महेन्द्रपुल प्रहरी बिटबाट खटिएको प्रहरीको टोलीले सुमनलाई पोखरा ४ सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो ।  प्रकाउ परेका सुमनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  पोखरामा धाराको टुटी चोरी गरेको आरोपमा प्रहरीले सुरज थापा मगरलाई प्रकाउ गरेको छ । धाराको टुटी चोरी भएको खवरपछि अनुसन्धानको क्रममा शंस्कापद अवस्थामा भेटिएका सुरज थापा मगरलाई चोरी भएको धाराको टुटी सहित हिजो प्रकाउ गरेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।  पोखरा महानगरपालिका–२५ हेम्जास्थित नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धारा चोरी भएको खवरपछि शंस्कापद अवस्थामा भेटिएको सुरजले भिरेको झोलाबाट २८ थान धाराको टुटी, रेगुलेटर ३ थान र टिकाको थाली ३ थान फेला पारेको छ ।  नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धाराको ६० थान धाराको टुटी र रेगुलेटरको भल्भ १८ थान चोरी भएपछि समितिले प्रहरीलाई खवर गरेको थियो ।  धाराको टुटी चोरी गरेको आरोपमा प्रकाउ परेका सुरजलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा म्याद थप गरेको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका वडा नं। १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी छन् । अधिकारी भनि ०७९ साल कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतले बताए अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो । शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मिसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपियाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए । माछापोखरी एरियामा तीन जनाको भेट भएपश्चात् दुई/तीन घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए । शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुङ्गा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र नगद छ÷सात सय रुपियाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार भएका थिए । आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुस ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पोखरा:    पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थीत अभियान युवा क्लबको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १४औं साधारण सभा तथा पाँचौ अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा जिवन आचार्य, सहसचिवमा द्रवेश बोहरा, सहकोषाध्यक्षमा अमृत गुरुङ सर्वसम्मत निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, अशोक थापा, समिता अधिकारी र सिर्जना श्रेष्ठ निर्वाचित बनेका छन् । अधिवेशन अघिको साधारण सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मानिसलाई सामाजिक बनाउन क्लब, आमा समूह जस्ता संस्थाहरुले भूमिका खेल्ने बताए । वडा ५ मा कुनै पनि सामाजिक तथा विकासका कार्यमा हातेमालो गर्दै अगाडी बढ्न वडा कार्यालय सदैब तयार रहेको उनको भनाई थियो । वडा ५ मा विकासको कार्य अगाडी बढीरहेको जानकारी दिँदै वडाध्यक्ष बरालले वडा क्षेत्रमा देखिएको समस्या सुनाएको थिए । कार्यक्रममा बाराही माविका प्रधानाध्यापक, नारी जागरण अभियानकी संयोजक अञ्जु केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष बसन्त गिरी, सुर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, क्लबका संस्थापक सल्लाहकार उज्वल खत्री, अभियान महिला समूहकी उपाध्यक्ष टिका केसी लगाएतले क्लबको कार्यक्रम निश्चित क्षेत्रमा मात्र नगरि बृहत गर्नुपर्ने भनाई राखे । क्लबका कार्यक्रम थोरै गर्ने, राम्रो गर्ने र त्यसलाई निरन्तरता दिन पनि उनीहरुले सुझाए । सभामा क्लबले भलिबल प्रशिक्षक रमेशकुरमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित समेत सभाले गरेको छ । क्लबका अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा क्लबका निवर्तमान अध्यक्ष मोहन बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मुक्त गिरीले गरेका थिए ।

काठमाडौं:    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेशसभा सदस्य ५४९ जना कायम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ जना मतदाता रहनेछन् । प्रवक्ता पौडेलले स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाई ५४९ जना कायम गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कुल मतदाता एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी जना आठ जनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन कार्यक्रम बमोजिम मिति २०८०र०९र२० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल मतभार ५७ हजार ५५९ छ । आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ हुने आयोगले जनाएको छ ।

पोखरा:  पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँच गर्नेमा प्रहरीले पोखरा पोखरा महानगरपालिका-३० पावरहाउसबाट एक बालकलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।  वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले पोखरा-३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा एक जना नाबालकलाई सोमबार लागूऔषधसहित प्रकाउ गरेको हो ।  प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिका-८ बस्ने १७ वर्षीय बालकको साथबाट डाईजापाम ८० एम्पुल, फेनारगन ७२ एम्पुल, नुर्फिन ७७ एम्पुल,नाईट्रोभ्याट ५ सय ७० चक्की, १ हजार नगद र एक थान मोबाइल बरामद गरेको हो ।  लागूऔषधसहित प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।